प्रियजनको नाउँमा खुलापत्र

मेरा आदरणीय र आत्मीय प्रियजनहरू न्यानो अभिवादन ! मेरो गिरफ्तारी, जेलजीवन, रिहाइको अपिल र मेरो स्वास्थ्यप्रति गम्भीर चासो, चिन्ता, ऐक्यबद्धता, वर्गप्रेम, सहानुभूति सामाजिक सञ्जाल, विभिन्न अखबार हरूमार्फत व्यक्त गर्नुहुने विभिन्न पेसा र राजनीतिक दल सम्बद्ध मेरा आदरणीय, आत्मीय, सम्पूर्ण प्रियजनहरूप्रति फलामे ढोकाभित्रको बन्द पर्खालको बन्दी जीवनका तर्फबाट हार्दिक न्यानो अभिवादन पेस गर्दै हृदयको गहिराइदेखि नमन […]

बन्दी मन

कहिले खुल्छ खुसीको आकाश यो बन्द पर्खालमा कहिले फुल्छ पूर्णेको जून यो बन्दी जीवनमा । काँडेतारभरि करेन्ट कुद्छ पर्खाल त्यसै अग्लो पर्खालमाथि बर्दी र बन्दुक सङ्गीन झनै अग्लो । वल्लो छेउ गयो, पल्लो छेउ गयो साँघुरो आँगन जेडजोडले चल्छ आँधी र हुरी बन्दीको मनमा । बिहान उही, साँझमा उही उही छ जीवन साथी–सँगिनी, प्यारीको यादमा […]

प्यारो पीडित तिम्रो साथी किन थुनियो ?

प्यारो केएल पीडित भावनाको भेललाई विचारमा रूपान्तर गर म थुनिएकोमा चिन्ता नगर तिम्रो साथी किन थुनियो ? चिन्तन–मनन गर चुपचाप रहेर नबस तिम्रा कमरेडहरूको चलखेल र जालझेललाई तिम्रो तीखो साहित्यिक कलमले धुजाधुजा पार प्यारो केएल पीडित म तिम्रो भावनाको सम्मान गर्छु भावनाबाटै विचारको उत्पत्ति हुन्छ । विचारबाटै भावना आउँछ विचार प्रधान बनाएर भावनाको सागरमा पौडिनुपर्दछ […]

स्रष्टा/संस्कृतिकर्मीको गिरफ्तारी र सिर्जनाको चिरहरण

आफ्नै जन्मथलोमा युद्ध र कलासम्बन्धी नमुना सङ्ग्रहालय निर्माण गर्ने मेरो स्वप्नयोजना (ड्रिम प्लान) साकार पार्न हल निर्माण गरिरहेको समयमा अप्रिय खबर सुनियो ः अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्षसमेत रहेका नेकपाका केन्द्रीय सदस्य एवम् उपत्यका विशेष ब्युरोका इन्चार्ज कमरेड माइला लामालाई जनताको घरमा सेल्टर (सुरक्षित आवास) लिइरहेकै स्थानमा मध्यरातमा रामबहादुर थापा गृहप्रशासनले घर घेरा हाली गिरफ्तार […]

नेकपाको सांस्कृतिक महासंघका महासचिव थपलिया गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियालाई प्रहरीले गिरफ्तार गरेको छ । थपलियालाई शनिबार बागबजारस्थित उनकै कोठाबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले गिरफ्तार गरेको हो ।  सरकारले नेकपालाई प्रतिबन्ध लगाएयता नेकपा निकट कवि, कलाकार, लेखक, पत्रकार लगायत नेकपाप्रति आस्था राख्नेहरुलाई प्रहरीले धमाधम पक्राउ गर्दै मुद्दा चलाउदै […]

एकीकृत जनक्रान्ति हाम्रो

यो हो मुक्ति–अभियान हाम्रो यो हो सहिदको सान हाम्रो यो नेपाली पहिचान हाम्रो सच्चा कम्युनिस्ट बनिरहनु राम्रो उच्च विचार, सादा जीवन नै राम्रो राष्ट्रको रक्षक बनिरहनु अति राम्रो जनताको सेवक त झनै कति राम्रो शान्ति, समानताको चाहना नै राम्रो स्वाधीन अनि समृद्ध बिहान राम्रो दासताभन्दा बलिदान अधिक राम्रो अनमोल जीवन त झनै कति राम्रो । […]

क्रान्तिको सुनामी

उनीहरू आँधीलाई पिँजडामा कैद गर्ने दुष्प्रयास गरिरहेछन् उनीहरू उदाउँदो सूर्यलाई हत्केलाले छेक्ने दिवासपना बुनिरहेछन् न आँधी–पिँजडामा कैद गर्न सक्छौँ न सूर्यलाई हत्केलाले छेक्न सक्छौ महाशय माइला लामा त्यस्तै आँधी हो हो, माइला लामा त्यस्तै प्रज्वलित सूर्य हो उसको आँखामा बाँधेर कालो कानुनकै काला पट्टीहरू उसको हातमा लगाएर प्रतिबन्धको एक थान हत्कडी ठोकेर उसका खुट्टाहरूमा फासिवादी […]

कला, साहित्य र संवेदना

वर्गीय समाजमा साहित्य र कला विचारधारात्मक सङ्घर्षका रूपहरू हुन्छन् । त्यसैले मानवीय संवेदना पनि वर्गीय मापदण्ड, मूल्य र मनोविज्ञानमा आधारित रहन्छ । मानवप्रेम, अरूको पीडाबाट आहत हुनु, सहानुभूति पैदा हुनु, अर्को व्यक्ति या पक्षसँगै दुःख र पीडाबाट आहत भई त्यसबाट मुक्ति पाउन सामूहिक प्रयास गर्नु, सहानुभूति दर्शाउनु, उद्वेलित हुनु, असन्तुष्ट हुनु, मनमा हुण्डरी चल्नु र […]

कसका लागि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र

केहो प्रजान्त्र, लोकतन्त्र के हो गणतन्त्र बुझ्न गर्होछ यहाँ । सत्ताधारी दलले आफ्ना स्वार्थमा सुरक्षा अङ्ग लादि रहेछन जहाँ ।। सोझा—साझा जनताहरुलाई कहाँ के हुने हो थाहा छैन । दिन दिनै सड्कमा मारिएका छन जनता गोली चलाईन्छ जहाँ ।। सुरक्षाको अङ्गले सानोनितो आन्दोलनमा जनता मथि गोली चलाउ छन । प्रजानन्त्र र गणतन्त्रको उल्घन गरी सोझा […]

प्रतीक्षाको पल

प्रिय सखा खै किन हो हिजोआज बेचैनीको चुलेसीले छियाछिया पारेजस्तै लाग्छ हृदय पर्खाइमा फुलेका फूलहरूलाई सुनामी आएर हुत्याइदिएजस्तो लाग्छ जुन दिनदेखि मेरो हृदयको आँगनीबाट वैरीहरूले उठाएर लगे तिमीलाई (जसरी लगिरहेछन् अरूहरूलाई पनि) त्यही दिनबाट परेली ओभाएका छैनन् न त सुकेको छ सिरानी हराएको छ चैन बढेको छ बेचैनी रात निदाउँदा पनि म जागा बसेकी छु […]