टुक्रिएको मुटु

सुन्दर सपनाका लक्ष्यहरू यथार्थमा चिनारी दिन अदम्य साहसका साथ दृढसङ्कल्प गरेका मनहरू अचानक तिखा वाणरूपी शब्दहरूले हृदयको क्यानभासमा चोट पु¥याउँछ एक्कासि वियोगका वचनहरू सुनिरहन बाध्य भएँ वास्तविकता हो वा असत्य यथार्थको धरातलमा सत्य खोज्न लोचनको दीप निभाएर निद्राबाट ब्युँझिएर तरङ्गित नसानसामा स्थिरता ल्याउन असाधारण क्षणलाई संयमतामा बदल्ने आँट गरेँ मुटु दुख्ने कल्पनालाई अन्तरहृदयबाट टाढा फ्याँक्न […]

नेपालको इतिहास : एक माक्र्सवादी दृष्टिकोण

ऐतिहासीक भौतिकवाद भन्छ– इतिहासका निर्माता जनता हुन् तर नेपालमा इतिहास लेखनको प्रक्रिया ऐतिहासीक भौतिकवादी दृष्टिले लेख्ने प्रक्रिया त परै जाओस्, सामन्ती राष्ट्रवादको दृष्टिले समेत निकै कमजोर छ । इतिहास लेखनको आधार र स्रोत विदेशी अध्येता र स्रोत–सन्दर्भलाई बनाइएको छ । जसले पश्चिमी चस्माले नेपाललाई हेरेका छन् र उनीहरूको स्वार्थ तथा मनोविज्ञानले कलम जोत्ने गरेका छन् […]

सत्ता–डेङ्ग

देशभर फैलिएका छन् सत्ता–डेङ्गुका प्युसाहरू अर्थात् थरीथरी नाम, थर र पेसाका खतरनाक विषाणुयुक्त डेङ्गु बोकेका ‘लामखुट्टे’ हरू सङ्क्रमित छ सिङ्गै देश र बनेको छ पूरै मुलुक डेङ्गु सङ्क्रमितहरू थुपार्ने अस्पताल । हो, थरीथरी र किसिमकिसिमका छन् डेङ्गुका कीटाणु एकथरी डेङ्गुले केही दिनअघि मात्र ढालेछ केही डाक्टर र नर्सहरूलाई र ढालेछ पुरानो सत्ताका एक थान मन्त्रीलाई […]

स्मृतिमा सुरेश वाग्ले

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पोलिटब्युरो सदस्य कमरेड सुरेश वाग्ले ‘वासु’ ले २०५६ साल भदौ २३ गते सहादात प्राप्त गर्नुभएको थियो । उहाँको सहादतको दिन जतिजति टाढा हुँदै गइरहेका छन् वासुका योगदानका सन्दर्भहरू पनि टाढिँदै गएका छन् । यो साँच्चै राम्रो कुरा होइन । वासुले महान् जनयुद्धको तयारी, त्यसको सुरुआत र विकास हुँदै जाँदा […]

हिरासत र जेल बसाइ : क्रान्तिमा थपिएको पाइन

म कार्यक्षेत्र रामेछापबाट पारिवारिक भेटघाट र व्यक्तिगत कामले काठमाडौँ आएको थिएँ । त्यो दिन वैशाख २७ गते थियो । आदरणीय महासचिव कमरेड विप्लवले नेतृत्व गर्नुभएको हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई फागुन २८ गते दलाल संसदीय व्यवस्थाका मतियार पीके एन्ड बादल कम्पनीले प्रतिबन्ध लगाएको थियो । हाम्रो पार्टीमाथि लगाइएको प्रतिबन्धको विरोधस्वरूप रत्नपार्क शान्तिवाटिकामा […]

हृदयको तार छुटिएको कुरा

जिन्दगी भनेको भेटिनु हो छुटिनु पनि कयौँ जिन्दगी छुटिँदै–छुटिँदै चलिरहेको छ स्कुल पढ्दापढ्दै छुटियो यात्रामा जुटियो क्रान्तिकारी भैयो त्यो कम्पायमान युद्धमा आँखाअघि चिहान खनेर सहिद साथीसँग छुटियो अनि छुटिनु नियति बन्यो गोरखाबाट अछामबाट प्युठानबाट अर्घाखाँचीबाट भोजपुरबाट छुटिरह्यौँ छुटिरह्यौँ हामी शान्तियात्रामा आएपछि रगतसँग जोडिएको सम्बन्ध छुट्यो रगतसँग साटिएको हतियारसँगको सम्बन्ध छुट्यो सत्तासँगको सम्बन्ध छुट्यो जीवनसङ्गिनीसँगको साथ […]

सहिदको समाधिमा जनक्रान्तिको कासन

एकखाले मानिसहरू जनयुद्धका क्रममा, युद्धमैदान र अनुभूतिको चापका बीचमा गरिएका सिर्जनालाई दुत्कार्ने प्रयास गरिरहेका थिए तर हामी भने बम र बारुदसँगै जन्मिएको सुन्दर सहित्य र त्यसका सर्जकहरूलाई खोज्दै सम्मान गर्दै दौडाहामा लागेका थियौँ अभियान बनाएर । जनयुद्धलाई नै दुत्कार्नेहरूलाई टीका लगाएर चोखिएकाहरूका लागि, जस्केलाबाट छिरेकाहरूका लागि जनयुद्ध र त्यस महासमरमा युद्ध लड्दालड्दै बमबारुद र रगतबाट […]

एक बिहान मसँग

चिसोचिसो समीरका नानीहरूसँगै पहाड फोरी मैदान बनाएका राता, उत्सावद्र्धक कोसेली बोकेर मेरी जलजला बहिनी माइती घरको दैलो टेक्न आइपुगिन् एक बिहान मसँग । खोरियाहरू फोरी खेत बनाइरहेका काँडाघारीहरू फोडी पथ बनाइरहेका निहत्था प्राणीहरूको हत्यासँग भोक मेटाइरहेका भुसतिघ्रे चितुवा र भालुहरू झुसिलो डकारसँगै भोको बिरालोले मुसा खेलाएझैँ खेलाएर सुतेरै अवसानका घण्टी बजाएका जोशवद्र्धक खुसीका राता कोसेली […]

साथी म बन्दी छु

फलामे ढोका पर्खालभित्र साथी म बन्दी छु न्यायको गीत गाउँदै हिँड्दा साथी म बन्दी छु । विदेश हैन, युवाको पौरख देशभित्रै पोख्न देऊ प्यारीको साथमा पसिनाधारा माटोमा रोप्न देऊ दिदी र बहिनी पराईको देशमा बेचिन नदेऊ भनेर युवा आवाज बोल्दा साथी म बन्दी छु । ढुकुटीमाथि त्यो लामो हात, देश भो बर्बाद मटोको माया गर्छु […]

प्रगतिशील विचार र पृथक स्वादको तीज गीत

दाजुभाइ विदेशतिर शून्य छ है गाउँघर के रमाइलो छ र यहाँ तीज बरी लै … संस्कृतिको नाममा यहाँ भित्रिँदैछ विकृति सभ्यता नाङ्गिएर बिजोक बरी लै कामको खोजीमा युवा पलायनले देश रित्तिइरहेको समयमा लक्ष्मी गौतमको तीजको गीतले युवाहरूलाई अरूको भर नपरी देश फर्कन र संस्कार जोगाउन आह्वान गरेको छ । तीजको नाममा जेठ– असारदेखि नै समाजमा […]