जोसुकैले कहाँ सक्छन् अन्धकारभित्र रातो सूर्योदय नियाल्न !

उल्टो घुमेको इतिहासको रथको पाङ्ग्रा लिकमा ल्याउन निरन्तर विद्रोह, युद्ध र क्रान्तिहरू हुने गरेका छन् । कार्ल माक्र्सको शब्दमा आजसम्मको मानवजातिको इतिहास वर्गसङ्घर्षको इतिहास हो । त्यसैले मानवजातिको मुक्तिको नयाँ इतिहास निर्माण गर्न वर्गसङ्घर्षहरू निरन्तर भइरहनुपर्छ । नयाँनयाँ सङ्घर्षहरू निर्माण गर्दै त्यसैमा हेलिनुपर्छ । नयाँ बाटाहरू निर्माण गर्दा काँडाले घोच्छ । ढुङ्गामा ठक्कर लाग्छ । […]

क्रान्तिशृङ्खला

गला निमोठिन्छ आवाज बन्द गर्न आँखा फुटाइन्छ नजर बन्द गर्न मस्तिष्क चिथोरिन्छ विचार बन्द गर्न तर यिनीहरू यो पनि बुझ्दछन्– एक गला निमोठे अर्को तीखो आवाज बुलन्द हुन्छ एक आँखा फुटाए अर्को घातक नजर देखा पर्छ एक मस्तिष्क चिथोरे अर्को धारिलो विचार जन्मन्छ जारी छ– क्रान्तिशृङ्खला ! २०७६ वैशाख २८ गते शनिबार प्रकाशित

प्रतिबन्धविरुद्ध सिर्जनात्मक प्रतिरोध

यस्तो पनि सरकार कम्युनिस्टको हुन्छ त यो त साह्रै बेइज्जत भो, यो त सारै सरम भो देश बेच्नु हुन्न भन्दा गोली चलाउने भ्रष्टाचार भयो भन्दा जेल पठाउने तस्करी बढ्यो भन्दा अतिवादी देख्ने बलात्कारको विरोध गर्दा उग्रवादी देख्ने मुलुकमा कम्युनिस्ट नामधारीहरूको दुर्गन्धित र बदनाम शासन छ । कम्युनिस्टको मुखुन्डो लगाएर उनीहरू कम्युनिस्टमाथि नै दमन गरिरहेका छन् […]

सूर्योदय नियाल्दै

हामी पहाडको टुप्पोबाट पूर्वको सूर्योदय नियालिरहेका छौँ केही पलमै सुनौला देखिए अग्ला हिमचुचुराहरू हराभरा देखियो तराईको फाँट निर्भीक, स्वच्छ र हरियाली छ पहाड अब कुनै काला धर्साहरू बाँकी छैनन् आँखा¬अगाडि छ्याङ्ग खुलेको छ क्षितिज कस्तो अनौठो, वैभवका अहंकार पाक्ने सिसमहलहरूमा आलस्य छाएको छ हामी नै हौँ सर्वश्रेष्ठ भनेर दम्भ भर्ने मालिकहरू निम्छरा देखिन्छन् हरदम संसद्मा […]

कुरूप डोगडीले दायर गरेको मुद्दा

 कविता उपियाँ र उडुसले चुसेर लखतरान भएका जिन्दगीहरूमा हेमोग्लोबिन र ग्लुकोज चढाउँदै निद्राको चक्की ख्वाएर बेहोस बनाएका मानिसहरूलाई सपनाबाट विपनामा ल्याउँदै युगको धाराप्रवाहप्रति जागरुक बनाउन अघि बढिरहेको एउटा चेतनावाहक दस्तालाई कुरूप डोगडीले बन्दुक तेस्र्यायो र सिङ्गो यात्रा रोकेको ठान्यो । उनीहरूलाई कुरूप मार्तडीमा पेस ग¥यो र सुन्दर डोगडीका आँखामा पर्दा हालेर कुरूप मार्तडीको आदेशमा विस्फोटक […]

प्रधानमन्त्रीलाई नयाँ वर्षको शुभकामना

  प्रधानमन्त्री केपी शर्मा वलीज्यू नयाँ वर्षको शुभकामना छ ! जब तपाईंले लाखौँ युवाहरू, आमसर्वसाधारणले देखेभोगेका कटु सत्यहरू र असन्तुष्टिका आवाजलाई नमिलेका प्रश्न वा ‘राजनीतिको आवरणमा हिंसा’ भनेर फेरि पनि आफ्नो अहङ्कारलाई ‘क्यारी ओभर’ गर्नुभयो २०७६ सालको सुरुआतमा, म अरू अपेक्षा राख्दिनँ तर तपाईंकै भाषामा केही प्रश्न गर्न चाहन्छु । भ्रष्टाचारविरुद्धको अभियान बन्यो २०७५ साल […]

चैत २४ को गौरवगाथा

क. पृष्ठभूमि सुगौली सन्धिपछि नेपाल अङ्ग्रेजको सुरक्षा छाताभित्र कैद भएको थियो । भारतबाट अङ्ग्रेज पलायन भएपछि भारतले आफुलाई दक्षिणएसियामा अङ्ग्रेजको उत्तराधिकारी ठान्दै आयो । तर दक्षिणएसियाका देशहरू विश्व लहरसँगै स्वतन्त्र हुन चाहन्थे । सन् १९५० मा भारतले ढल्न लागेको निरीह रनणा सरकारलाई दबाब दिएर तथा उनीहरूको सम्पत्ति, सत्ता साझेदारी र शरण दिने प्रलोभनसमेत दिएर कथित […]

लालताराहरूसँग (सन्दर्भ : सांस्कृतिक प्रतिरोध दिवस)

माफ गर मेरा लालतारा पारेर मुटु गाँठो परेलीका डिलडिलमा डब्डबाएका रोकेर नुनिला आँसुका ढिक्काहरू मैले भन्नैपर्छ चेतना र सभ्यतालाई ज्यूँदै जलाउने दाहसंस्कार गर्न कालरात्रीको १८ वर्ष नलाग्दै तिमीले फायर खोलेको कमान्डरले गरेको छ आत्मसमर्पण झुकाएको छ बन्दुक च्यातेको छ रक्तरञ्जित पोसाक र उठाएको छ दुवै हात ! माफ गर लालतारा माफ गर ! पश्चाताप गरेको […]

सम्झनाका तरेलीमा ती सुन्दर अनुहार (सन्दर्भ : २१ औँ प्रतिरोध सांस्कृतिक दिवस)

जनयुद्धमा बलिदान गर्ने परिचित असङ्ख्य अनुहारहरूमध्ये २०५५ साल चैत ५ गते अनेकोटमा जिउँदै डढाइएका अनुहारहरूको सम्झनामा र सम्मानमा लेख्न लागिरहेको छु । ‘काभ्रेको अनेकोटमा ७ जना संदिग्ध माओवादीहरूको दोहोरो भिडन्तमा हत्या…’, चैत ५ गते राति पौने ९ बजे बीबीसी नेपाली सेवाले समाचार प्रसारण ग¥यो । मृत्युको खबरले मुटुलाई बारम्बार गिजोलिरहेको बेला बीबीसीको समाचारले मुटुलाई झन् […]

आमा (सन्दर्भ : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस)

कविता मध्यरातमा, अगुल्टाको उजेलोमा तीन कोस टाढा सार्कीपँधेरामा पानी खेप्दाखेप्दै तिनले दासविद्रोह सिकिन् र जन्माइन् स्पार्टाकस । दुई कोस टाढा चुकाहामा मेलो गर्दागर्दै लडिन् तिनले मजदुरयुद्ध र जन्माइन् पेरिस कम्युन । तिनले उछित्तो काढिन् धामीझाँक्रीको र धाइन् खाली पेट, नाङ्गै आङ चिसापानी र रामेछापडाँडोका औषधालय पु¥याइन् बोकेर चिचिभुन्टा गुहुमूतले भिज्दै र ती आफैँ बनिन् मदर […]