कस्मिरमा हिन्दु अतिवादी हस्तक्षेप

श्रीनगर विमानस्थलमा सीताराम यचुरी र डी राजा पक्राउ लकफ्र्युकै बीचमा झडप/चीन, टर्की र साउदी पाकिस्तानका पक्षमा भाजपा सरकारले संविधानको धारा ३७० खारेज गर्नुभन्दा केही दिनअघिदेखि जम्मु–कस्मिरमा रहस्यमय घटनाहरू देखिन्थे । भारत सरकारले अन्य प्रयोजनका लागि आतङ्कवादी हमलाको सूचना आएको हुनाले नागरिकलाई मानसरोवर यात्रा नगर्न र बाटोमा भए उक्त क्षेत्र छिटो छोड्न सूचना जारी गर्यो । […]

जनअसन्तोष र सरकारको भविष्य

यथास्थितिमा असन्तोष मानवीय स्वभाव हो । यही स्वभावका कारण नै समाजमा प्रगति र परिवर्तन सुनिश्चित हुनछ । तर जनअसन्तोषलाई प्रायः नकारात्मक रूपमा हेर्ने सरकारको चारित्रिक विशेषता हो सायद यही कारणले सरकार र सत्तामा परिवर्तन अनिवार्य हुन्छ । यो समाज विज्ञानको नियम अहिले सरकारमाथि लागू होला कि नहोला ? वा सरकारले आफ्नो बचाउका लागि झन् दमनात्मक […]

थपलियालाई तत्काल रिहा गर – विष्ट

काठमाडौं : नेपाल पत्रकार महासंघले पत्रकार तथा लेखक खेम थपलियालाई तत्काल रिहा गर्न माग गरेको छ । महासंघका केन्द्रीय महासचिब रमेश बिष्टले बिहीबार एक विज्ञप्ति जारी गर्दै पत्रकार खेम थपलियालाई पक्राउ गरिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउदै तत्काल रिहा गरी उहाँको कार्यालयबाट लगिएका कम्प्युटर, पुस्तकलगायतका सामग्रीहरु फिर्ता गर्न माग गरेका छन् । महासचिव रमेश […]

नेकपाका जिल्ला सेक्रेटरीसहित ६ जना गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पूर्वी रुकुम जिल्ला सेक्रेटरी देवीलाल पुनसहित ६ जना जिल्ला स्तरीय नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरूलाई  मंगलबार प्रहरीले गिरफ्तार  गरेकाे हाे । पक्राउ पर्नेहरूमा लिलाराम बुढा, मोहनलाल सार्की, हिका बुढा, कुमार बुढा भनिने रामकुमार बुढा, राजु थापा भनिने धनबहादुर विक रहेका छन् ।  २०७६ साउन ३० गते बिहीबार प्रकाशित

पूर्वको चम्कीलो तारा कमरेड प्रशान्त

दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पका रूपमा वैज्ञानिक समाजवादी सत्ता स्थापनार्थ जारी एकीकृत जनक्रान्तिको बलिदानीपूर्ण प्रक्रियामा हामीले होनहार प्रिय योद्धा कमरेडहरूलाई गुमाउन पुगेका छौँ । कमरेड कुमार, राजु, निरन्तर, प्रज्वल, दीपेन्द्र, रामकुमार, राजेश, महान, सनराइजलगायत कमरेडहरूको गौरवपूर्ण बलिदान हुँदै आउने क्रममा गत असार २५ गते हामीले एक होनहार क्रान्तिकारी, जनताका प्रिय पात्र, जनमुक्ति आन्दोलनमा एउटा आशाका […]

सांस्कृतिक क्षेत्रमाथि हमला : सरकारको अन्तिम छट्पटी

समानताको हाम्रो बिहान पक्कै उदाउनेछ धर्तीभरि न्यानो–न्यानो खुसी सजाउनेछ एक दिन जेलका काला पर्खाल सबै ढालिनेछन् अत्याचारका खुनी जन्जिर सबै फालिनेछन् ।   -माइला लामा नेपाली समाजमा केही अकाट्य र घतलाग्दा उखान–टुक्काहरू छन् जो अहिलेको कपी वली सरकारका क्रियाकलापसँग दुरुस्तै मिल्छन् । प्रायः सबैलाई कमिलाको प्वाँख कतिबेला पलाउँछ ? गोरुले कतिबेला भीर खोज्छ ? भन्ने […]

स्रष्टा/संस्कृतिकर्मीको गिरफ्तारी र सिर्जनाको चिरहरण

आफ्नै जन्मथलोमा युद्ध र कलासम्बन्धी नमुना सङ्ग्रहालय निर्माण गर्ने मेरो स्वप्नयोजना (ड्रिम प्लान) साकार पार्न हल निर्माण गरिरहेको समयमा अप्रिय खबर सुनियो ः अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्षसमेत रहेका नेकपाका केन्द्रीय सदस्य एवम् उपत्यका विशेष ब्युरोका इन्चार्ज कमरेड माइला लामालाई जनताको घरमा सेल्टर (सुरक्षित आवास) लिइरहेकै स्थानमा मध्यरातमा रामबहादुर थापा गृहप्रशासनले घर घेरा हाली गिरफ्तार […]

प्रतिरोध सङ्घर्षमा उत्रिने नेकपा भेरी–कर्णाली ब्युरोको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी भेरी–कर्णाली ब्युरोले पार्टीको भेरी–कर्णाली ब्युरो सदस्य एवम् बर्दिया जिल्ला सेक्रेटरी गणेश ढकाल ‘कमल’ लाई केपी–बादल सरकारले पार्टी कामको सिलसिलामा बर्दिया जिल्लाको गुलरियाबाट साउन २६ गते गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । गिरफ्तार गरी हिरासतमा राखिएका नेता–कार्यकर्तालाई बिनासर्त तत्काल रिहा नगरिए प्रतिरोध सङ्घर्षमा उत्रिने चेतावनी पनि ब्युरोले विज्ञप्ति […]

नेकपा नेता सुदर्शनका विषयमा भ्रामक र षड्यन्त्रपूर्ण समाचारको खण्डन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले हाल नख्खु कारागारमा रहेका उक्त पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ का बारेमा केही सञ्चारमाध्यममा प्रकाशित र प्रसारित समाचार भ्रामक, नियोजित र षड्यन्त्रपूर्ण भएको भन्दै उक्त झूट्टा प्रचारको खण्डन गरेको छ । साथै प्रतिधु्रवीय तत्वहरूले उक्त सुनियोजित षड्यन्त्र गरेको नेकपाको ठहर छ । नेकपाको केन्द्रीय कार्यालयका तर्फबाट सुशीलले सोमबार […]

नेकपा रोल्पाका नेता ओली अदालतबाट चौथोपटक गिरफ्तार

  काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी रोल्पाका स्थानीय नेता तथा राप्ती ब्युरो सदस्य लालबहादुर ओली ‘विश्व’ लाई चौथो पटक गिरफ्तार गरिएको छ । ओलीलाई रिहा गर्न सर्वोच्च अदालतले तेस्रो पटक आदेश दिएको थियो तर सर्बोच्चको आदेशसँगै प्रहरीले जिल्ला अदालत प्युठानबाटै गिरफ्तार गरि अर्घाखाँची जिल्लाको सन्धिखर्क लगिएको छ । ओलीको गिरफ्तारी पछि तेस्रो पटक दायर गरेको […]