चितवनमा शक्ति संघर्ष

रातोखबर सम्बाददाता/चितवनः बैशाख २८, नेकपा (माओवादी केन्द) र नेपाली कांग्रेस गठबन्धन र नेकपा (एमाले) का बीचमा चितवनमा प्रतिस्पर्धा हुने भएको छ । अहिले प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली आ–आफ्नो पक्षमा भोट माग्न चितवनमा छन् । सरकारी गठबन्धन र एमालेका बीचमा कडा प्रतिश्पर्धा भएपनि मतसर्भेक्षणहरुले पूर्वमेयर देवी ज्ञवाली अगाडि रहेको देखाएका छन् […]

चुनाव खारेज अभियान सशक्त बन्दैछ : विप्लव, महासचिव

(नेकपाका महासचिव विप्लवसँग एक घण्टा अगाडि ई–रातो खबरको तर्फबाट रातोखबरका निर्देशक अनिल शर्माले लिएको अन्तर्वार्ताको पूर्ण अंश) »» चुनाव खारेजको अभियान कस्तो भइरहेको छ ? देशैभरी निकै उत्साहका साथ चुुनाव खारेज अभियान चलिरहेको छ । राजनैतिक जागरण, भेटघाट, प्रचारप्रसार, प्रतिरोध चलिरहेको छ । यो विरोधको क्रम वैशाख ३० र जेष्ठ ३० गते नेपाल बन्दसम्म पुग्दैछ […]

लाहानमा विष्फोट

वर्दिवासः बैशाख २८, सिराहाको लाहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयको माथिल्लो तलामा विष्फोट भएको खबर प्राप्त भएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

राईमाथी चर्को यतना

धुर्व खड्का/चितवनः बैशाख २८, नेकपा चितवनका जिल्ला समिति सदस्य तथा मजदुर नेता पुरन राईमाथी चर्को यातना दिइएको र परिवारलाई भेट्नसमेत नदिएको परिवारले बताएका छन् । राईलाई मंगलबार प्रहरीले गिरफ्तार गरेको थियो ।

चुनाव विरोधि गतिविधि तीव्र, ३० गते नेपाल बन्द हुने

 अम्बिका चन्द/काठमाडौं बैशाख २८, विस वर्ष अगाडि नै असफल भइसकेको संसदीय व्यवस्थालाई ब्युँताएर दलाल संसदीय व्यवस्थालाई सस्थागत गर्न घोषित स्थानीय निकायको चुनावको मिति नजिकिँदै गर्दा त्यसको खारेजी र बहिष्कारका गतिविधिहरु देशैभरि तीव्र बनिरहेका छन् । चितवनमा प्रचण्डपुत्री रेणु दाहालले चुनावी प्रचारमा प्रयोग गरेको गाडी जलेर ध्वस्त हुनुको साथै विभिन्न ठाँउमा गरी करिब एक दर्जन […]

मकवानपुरमा बम विष्फोट, घाइतेको उपचार काठमाडौंमा हुँदै

मकवानपुरः बैशाख २८, माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको लगानी रहेको शिवम् सिमेन्टमा आगजनी गरेको १ हप्ता भित्रै नेकपाले बुधवार राती चुनावको विरोधमा हेटौंडामा शक्तिशाली बम विष्फोट गरेका छन् । बिहानै घटनास्थलमा पुगेका प्रहरी टोलीले हेटौंडा १६ हटिया चिसापानीको गुरु दरबार चौर नजिक बम बिस्फोट भएको स्थानमा निरीक्षण गरेका छन् । बम विष्फोटमा परी स्थानीय श्याम […]

संसदवादी खेमामा दर्शन र नैतिकताको मृत्यु

 सरकारी दमनको प्रतिरोध गर्न विप्लवको अपील  नेकपा, वैद्य माओवादी र सर्वसाधारण गरी सयौं गिरफ्तार  रातो खबर संवाददाता/काठमाडौँ  बैशाख २८, संसदीय दलहरुले आफ्नो घोषित मूल्य र नैतिक धरातलको विरुद्ध गएर चुनावी गठबन्धन गरेका छन् । पुँजीवादी प्रजातन्त्रको ठेकेदार दाबी गर्दै आएको कांग्रेस र साम्यवाद तथा सर्वहारा वर्गको गीत गाउँदै गरेको नेकपा (माओवादी केन्द्र) का बीचमा गठबन्धन […]

दोलखा तनावग्रस्त/शवयात्रा सुरु

बुधबार विहान प्रचण्ड समूहका कार्यकर्ताले गौरीशंकर–१, जुगुमा नेकपा (एमाले) का तर्फबाट हुप्पा गाउँका वडा उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुर तामाङ ‘राजेश’ को हत्या गरेपछि दोलखा तनावग्रस्त भएको छ । निलकण्ठेश्वरमा खाना खाइरहेको अवस्थामा नियोजित रुपमा आक्रमण गरी हत्या गरेको नेकपा (एमाले) दोलखाको दावी छ । प्रहरी प्रधान कार्यालय, अनुसन्धान व्यूरोका एसएसपी शेरबहादुर बस्नेतको नेतृत्वमा एक […]

नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्चका महासचिव शाही गिरफ्तार

काठमाडौंः बैशाख २७, नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति, नेपालका महासचिव हिरा शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ । महासचिव शाहीलाई बागबजारस्थित कार्यालय जादै गर्दा बाटोमा हिडिरहेको अवस्थामा प्रहरीले पुतलीसडकबाट गिरफ्तार गरेको हो । त्यसैगरी रसुवाली कविलाई बाटोमा हिडिरहेको अवस्थामा बागबजारबाट प्रहरीले विनाकारण गिरफ्तार गरेको समाचा र प्राप्त भएको छ ।  नेकपाले […]

चुनाव खारेजी अभियान तीव्र

रातो खबर संवाददाता /दाङ, सुर्खेत  विप्लव नेतृत्वको नेकपाले घोषित चुनाव रोक्न रोल्पा, रुकुम, सल्यान, प्यूठान, कालिकोट, जाजरकोटलगायत मध्य पश्चिम र कर्णाली अञ्चलमा सभा, खुला जुलुश र घरदैलो अभियान तीव्र चलाएका छन् । स्थानीय प्रहरीको अवरोध र धरपकडका बावजुद उम्मेदवारको घरमा कालो झण्डा, पर्चा वितरण, पोष्टर टाँस्ने, भित्तेलेखनसमेत गरेका छन् । संसदीय दलाल व्यवस्थालाई सुदृढ गर्ने […]