म ठूलो जेलमा छु कमरेड

तिमी गोलघरमा छौ । म खुला आकाशमा रहेर पनि कैदी तिमी बन्द कोठाको कैदी… फरक यति छ तिमीलाई आफू गुमनाम लाग्छ मलाई म असुरक्षित लाग्छु …. तिमी गोलघरभित्र बन्दी बनेका छौ म खुला आकाशमुनिको प्रतिबन्धित मान्छे तिमीले गोलघरमा भोगेको यातना सुन्छु लाग्छ म बारुद भएर पनि पड्किन सकिनँ तिमी त अर्कैको कब्जामा छौ कमरेड तिमीले […]

सामाजिक दलाल पुँजीवादका नेपाली विशेषताहरू

सर्वविदितै छ– नेपालमा अहिले चलिरहेको सरकारलाई हामीले सामाजिक दलाल पुँजीवादी र फासिवादी भन्ने गरेका छौँ । यो सरकारलाई हामीले किन सामाजिक दलाल पुँजीवादी भन्यौँ ? किन यो फासिवादी हो ? यो भन्नुको पछाडिका सैद्धान्तिक, राजनीतिक एवम् आर्थिक कारणहरू के हुन् ? यसका बारेमा हामी यहाँ चर्चा गर्नेछौँ । सामाजिक दलाल पुँजीवाद भन्नुको कारण के हो […]

बाहुनडाँडामा छापामारसँग

ढुङ्गाले छाएको पुरानो गोठ । गोठको तलामा साँघुरो आँटी । आँटी खचाखच छ र अगाडि झुन्डिएको छ एउटा ह्वाइट बोर्ड । अर्थात् ह्वाइट बोर्डमा लेखिएको छ, ‘माक्र्सवादका तीन सङ्घटक अङ्ग– दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद ।’ ओहो, कस्तो जटिल विषय । तर सकेजति फार्ने पर्नेछ यो विषय । बोर्डमा लेखिएका विषयलाई कमरेडहरूले गुन्द्रीमा बसेर […]

भारतीय हस्तक्षेप विरुद्ध काठमाडौँमा प्रदर्शन

काठमाडौँ : नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्चले भारतीय हस्तक्षेपका विरुद्ध काठमाडौँमा जुलुुस प्रदर्शन गरेको छ । भारतले नेपालीभूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो नक्सामा पारेपछि नेकपाको केन्द्रीय कार्यक्रम अनुसार मन्चले काठमाडौँको सामाखुसीमा जुलुस निकालेको हो । जुलुसको नेतृत्व जनगणतान्त्रीक सम्पर्क मञ्चका केन्द्रिय सदस्य खेम प्रधानले गरेका थिए । जुलुस प्रदर्शनपछि आयोजीत कोण सभामा बोल्दै मन्चका […]

साम्राज्यवादी हस्तक्षेपविरुद्ध सङ्घर्षमा उत्रिएका नेता–कार्यकर्ता रिहा नगरे कडा सङ्घर्ष गर्छौं : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बझाङले भारतीय साम्राज्यवादले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शनमा उत्रिएका र पर्चा, पम्प्लेट टाँस्दै गरेका आफ्नो पार्टीका नेता–कार्यकर्तालाई सरकारले गिरफ्तार गरी झूट्टा मुद्दा लगाएको भन्दै तत्काल बिनासर्त रिहा नगरिए कडा सङ्घर्षमा उत्रिने चेतावनी दिएको छ । पार्टीका जिल्ला इन्चार्ज विराट र सेक्रेटरी हरिलालले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका […]

क्रान्ति र कार्यशैली

क्रान्ति आफैँमा एक पूर्ण शब्द हो जुन शब्दको अन्तर्यमा लुकेको महान् परिभाषा हो– आमूल परिवर्तन अर्थात् सम्पूर्ण रूपले जनअधिकार सुनिश्चित गर्नु । यही युगान्तकारी अभियानमा आजसम्म संसारमा लाखौँ क्रान्तिकारी योद्धाहरूले बलिदान गरिसकेका छन् । समाज विज्ञानका यिनै वीर–वीराङ्गनाको बलिदानले भरिएको छ– मानव समाजको इतिहास । त्यही इतिहासको जगमा उभिएका तिनका समकालीन क्रान्तिकारी उत्तराधिकारीहरूको काँधमा भोलिको […]

दक्षिण एसियाली खेलकुदको महाकुम्भ १३ औं सागको भव्य उद्घाटन

काठमाडौँ : दक्षिण एसियाली खेलकुदको महाकुम्भ १३ औं दक्षिण एसियाली खेलकुद (साग) को भब्य उद्घाटन गरिएको छ । आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १३ औं सागको औपचारिक उद्घाटन भएको घोषणा गरिन् । ३ घण्टा भन्दा बढी समय चलेको उद्घाटन समारोहमा नेपाली मौलिक संस्कृति झल्कने हिमाल, पहाड, तराई लगायत दक्षिण एशियाकै संस्कृती र पहिचान […]

फर्किआऊ साइँला दाइ

फर्किआऊ साइँला दाइ घर–देशमा बिरानोबिरानो लाग्छन् सबै परदेशमा परदेशमै कतिखेर फाल्छौ जवानी के हुन्छ ? प्रियसीसँगै जुनी काट्ने कहानी मातृभूमिले बोलाएको छ अब आउनुपर्छ साङ्लोले कैद छ उसलाई मुक्त गर्नुपर्छ सहनु हुन्न अब अर्काको गुलामी बरु होस् हाम्रो लासको सलामी फर्किआऊ है साइँला दाइ… जहाँ बगेको छ सहिदको रगत नफाल खेर विदेशमा जवानी आऊ यहाँ […]

खतरनाक अमेरिकी चलखेल

काठमाडौँ : अमेरिकाले नेपाललाई भुटानको स्तरमा झार्दै भारतलाई खुसी पार्ने गरी ‘मिलेनियम च्यालेन्ज’ अन्तर्गत दिने भनिएको ५५ अर्ब सहयोगसम्बन्धी विधेयक सदनमा पेस गर्न दबाब दिएको थियो । महरालाई उक्त काम नगरे पद धरापमा पारिदिने धम्की ३ महिनाअगाडि नै दिइएको थियो । निवर्तमान सभामुख महराले गम्भीरतापूर्वक लिएनन् । महराको कमजोर ठाउँ ढुकेर बसेका गुप्तचरहरूले उनलाई यौन […]

पोखराका ठाउँठाउँमा बम भेटिए, कहीँ विस्फोट कहीँ निष्क्रिय

पोखरा : पोखरा महानगरपालिका ९ मा रहेको नवप्रभात माविमा मतदान हुँदै गर्दा बम विस्फोट भएको छ । यसअघि शनिबार बिहान पौने ८ बजे वडा नम्बर १६ मा रहेको शान्ति मावि मतदानकेन्द्रनजिकै बम विस्फोट भएको थियो । मतदानकेन्द्रभन्दा केही टाढा विस्फोट भएको प्रहरीले जनाएको छ । यी दुवै ठाउँमा मानवीय क्षति भने भएको छैन । चुनाव […]