कसले जित्ला पत्रकार महासंघमा

काठमाडौं / भदौ ५ : सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र निकट प्रेस युनियन र प्रेस सेन्टरबीचको गठबन्धनको एउटा पक्ष छ भने विपक्षमा एमाले समर्थित प्रेस चौतारीको पक्ष बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार सुरु २५ औं महाधिवेशन व्यावसायिक पत्रकारको नेतृत्व चयन हुँदैछ । कांग्रेस समर्थित पत्रकारहरूको संस्था नेपाल प्रेस युनियन र […]

कंगोमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २ सय पुग्यो

काठमाडौ / भदौ ४ : कंगोमा भीषण बाढी पहिरोमा परेर शनिबारसम्म कम्तीमा पनि २ सय जनाको मृत्यु भएको समाचार छ भने हजारौं घर परिवार विस्थापित भएका छन् । गएको बिहीबार कंगोको इतुरी प्रान्तमा पहिरो गएको थियो । पहिरो शुक्रबारसम्म पनि बगिरहेको थियो । शनिबार उक्त पहिरोस्थलबाट २ सय जनाको शव निकालिएको बताइएको छ । कंगोका […]

बाढि पीडितलाई राहत देऊ – जनअधिकार अभियान नेपाल

काठमाडौं/भदौ  ३ः जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले शुक्रबार एक विज्ञप्ति प्रकासित गर्दै हालै मोरङ, सुनसरी, सिरहा, रौतहट, महोत्तरी, धनुषा, सिन्धुली, बारा, पर्सा, दाङ, बाँके, बर्दियालगायत देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी एकसयभन्दा बढीको मृत्यु भएको, दर्जनौं हराइरहेको, कैयौं घाइते भएको, कैयौं घरबारविहीन भएको, हजारौंको धनसम्पत्ति नास भएकोलगायतका घटनाहरुप्रति जनअधिकार […]

राष्ट्रिय युवा जनस्वयंसेवक लमजुङको भेला सुरु

काठमाडौं/भदौ ३ः नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवक लमजुङको प्रथम जिल्ला भेला सुरु भएको छ । भेलाको पूर्व सन्ध्यामा निकालिएको र्‍यालीले लमजुङ बजार परिक्रमा गरेको थियो भने र्‍यालीमा संगठनका केन्द्रिय महासचिव विवस, पार्टीका गञ्डक ब्युरो इञ्चार्ज आस्था, जिल्ला इन्चार्ज निरु थापा, जिल्ला सेक्रेटरी सन्तोष कोइरालालगायतको उपस्थिति रहेकोे जनाइएको छ । २०७४ भदौ ३ […]

चितवका गैंडा भारतमा

काठमाडौं / भदौ ३ : गत बिहिबारदेखि आएको भिषण वर्षपछि जनधनको मात्र होइन वन्यजन्तुको पनि ठूलो नोक्सानी भएको छ । बाढिका कारण विश्वमा नेपालमा मात्र पाइने लोपोन्मुख एकसिंगे गैंडा पनि क्षतिमा परेको छ । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैंडा मरेको छ । १ वटा गैंडा बाढिले बगाएर विहारको बक्राहा पुगेको छ भने दुईवटा गैंडा बाल्मिकी […]

सर्पदंशको खतरा बढ्यो

काठमाडौं / भदौ ३ : तराई र भित्री मधेसमा वर्षेनी सर्पदंशका कारण दर्जानौंको ज्यान जाने गरेको छ । यसवर्ष तराईमा आएको भीषण बाढी र कटानले सर्पको प्राकृतिक बासस्थान नष्ट भएको छ । सर्प र अजिङ्गरका बासस्थानहरु प्वाल, टोड्का, र गुफाहरुमा पानी पसेको छ । बासस्थानबाट बाहिर निस्केका ती जलचर तथा उभयचरहरु बगेर यत्रतत्र छरिएका छन् […]

बाढी प्रभावित क्षेत्रमा महामारी

काठमाडौं / भदौ २ : निम्न चापीय वायु उत्तरबाट क्रमशः दक्षिणतिर सर्दै गएअनुसार नेपालमा बाढीको दुश्प्रभाव पनि घट्दै गएको छ । बाढीले चौपाया, पंक्षी (पोल्ट्री उत्पादन) र माछा बगाएर यत्रतत्र छरिएका र ती दुर्गन्धित हुन थालेका छन् । त्यसमा सडेगलेका अन्नपात थपिएका छन् । ढल र चर्पी फुटेर खानेपानीको मुहानमा मिसिन पुगेका छन् । खानेपानीको […]

नेपाली बुलेट अझै भारतमा अलपत्र

काठमाडौं / भदौ  १  : नेपालमा खाना पकाउने एल.पी. ग्याँस भारतीय बुलेटले ढुवानी गर्दै आएका छन् । त्यसबाट ठूलो रकम भारत जाने गरेको छ । नेपाल सरकारले गतवर्ष आफ्नो बुलेटमा सो इन्धन खरिद गर्ने निर्णय लिएको थियो । त्यसअनुसार ४ सयवटा बुलेट नेपाल सरकारले खरिद ग¥यो । तर भारत सरकारको असहयोगका कारण नेपाली बुलेट भारतमा […]

गैरसरकारी संस्थाहरू अक्रोशित

काठमाडौं / भदौ १ : सरकारले राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई बाढी पीडितलाई राहत वितरण गर्न रोक लगाएको छ । बहुद्वार प्रणालीबाट वितरण हुँदा सुगम क्षेत्रमा सबै संस्थाहरू केन्द्रीत हुने र दुर्गममा कोही नपुग्ने समस्या समाधान गर्न एकद्वार प्रणालीअनुसार सरकारले नै त्यसको संयोजन गर्ने गृह मन्त्रालयले जनाएको छ । भूकम्पको समयमा व्यक्ति, संस्था, प्रहरी, सेना र गैरसरकारी […]

भावपूर्ण श्रद्धाञ्जली

सिन्धुपाल्चोक जिल्ला समितिका सदस्य लिसंखु गाउँपालिका पेट्कु निवासी नरेश तामाङको श्रीमती मिठु तामाङको यही साउन २८ गतेका दिन ३५ वर्षको अल्पायुमै दुःखद निधन भएकोले उहाँप्रति हार्दिक श्रद्धाञ्जली साथै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।  – नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति, सिन्धुपाल्चोक २०७४ भदौ १ गते ६ : ३६ मा प्रकाशित