भावपूर्ण श्रद्धाञ्जली

राज्यद्वारा बेपत्ता योद्धा अजय शाहीका आदरणीय बुबा तथा समाजसेवी काठमाडौं जिल्ला पाँगा, धुसी निवासी श्री इन्द्र बहादुर शाहीको यही साउन १६ गतेका दिन ६८ वर्षको उमेरमै दुःखद निधन भएकोले उहाँप्रति हार्दिक श्रद्धाञ्जली साथै उहाँका शोाकाकुल परिवार साथै छोरा विजय शाही र छोरी विद्या शाहीप्रति हार्दिक समवेदना प्रकट गर्दछौं । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाल, केन्द्रीय […]

अविरल वर्षा जारी / बाढी पहिरोबाट ४९ को मृत्यु, १७ जना बेपत्ता

काठमाडौं / साउन २९ : अविरल वर्षाका कारण बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या ४९ पुगेको गृह मन्त्रालयले जनाएको छ भने १७ जना बेपत्ता भएका छन् । सुनसरीमा ८ जनाको मृत्यु भएको छ भने रौतहटमा ७, मोरङमा ७ जना र सिन्धुलीमा ४ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार १३ जना घाइते भएका […]

कल्याण तिमल्सिनाको धन्दा जारी

  रातो खबर संवाददाता / काठमाडौं, साउन २९ :  गते कल्याण तिमल्सिना नेपाल प्रहरीका पूर्वएआईजी हुन् । उनले एआईजी रहँदा नै गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारको मुद्दा खेपेका थिए । अदालतलाई समेत प्रभावमा पारेर उनी पुनः पदमा बहाल भएका थिए । तिमल्सिना सदाबहार मन्त्री विजयकुमार निकट तत्कालीन कांग्रेसका भित्रिया कार्यकर्ता ठानिन्छन् । […]

निर्वाचन प्रभावित पार्दै वाणिज्य दुतावास

काठमाडौं/साउन २९ः वीरगञ्जस्थित भारतीय वाणिज्य दुतावासले प्रदेश नम्बर २ को चुनाव परिणाम प्रभावित गर्ने खेलमा लागेको सर्वत्र चर्चा र आशंका भैरहेको बेला बुधबार संसदको प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले त्यसै प्रकारको आरोप लगाएको थियो । वाणिज्य दुतावासका कर्मचारीले विभिन्न दलका नेताहरु र सम्भावित उम्मेदवारहरुलाई वाणिज्य दुतावास कार्यालयमा बोलाउने, दबाव दिने, उम्मेदवार छनौटमा हस्तक्षेप गर्ने गरिरहेका […]

बारामा सुकुमबासी विमर्श

बारा/साउन २९ः नेपाल भूमिहीन सुकुमबासी संघको आयोजनामा एक अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा संघका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुनको नेतृत्वमा जितपुर सिमरा उपमहानगरपालिका १६ स्थित टाँगिया बस्तीमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । वैकल्पिक व्यवस्था नगरी टाँगिया (सुकुमबासी) बस्ती खाली गर्ने सरकारको षड्यन्त्रका विरुद्ध सुकुमबासी बस्तीमा जनजागरण पैदा गर्न […]

सुर्खेतमा एकै परिवारका ३ जनाको मृत्यु / रत्न राजमार्ग ठप्प

काठमाडौं / साउन २९ : अविरल वर्षापछि गएराति १२ बजेतिर गएको पहिरोले घर बगाउँदा सुर्खेतको वीरेन्द्रनगरबाट पूर्वमा पर्ने गुर्भाकोट नपा–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय छिन्चुले बताएअनुसार पहिरोले घर बगाउँदा गुर्भाकोट–६ का ८३ वर्षीय गुमानसिं बुढा, उनका १४ वर्षीय नाती बिक्रम बुढा र […]

देशभरी अस्वाभाविक वर्षा / ३४ को मृत्यु, ४ बेपत्ता

काठमाडौं / साउन २९ : शुक्रबार रातीदेखि देशभरी भएको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ३४ जनाको ज्यान गएको छ भने ४ जना बेपत्ता भएका छन् । मोरङमा ७, सप्ततरीमा ७ र सिन्धुलीमा ४ जनाको मृत्यु भएको छ । तराई क्षेत्रमा डुबान तथा कटान भएको छ भने पहाडि क्षेत्रमा पहिरो गएको छ । बबई नदीमा […]

अविरल वर्षाले देशैभरीको जनजीवन प्रभावित

अम्बिका चन्द / काठमाडौं, साउन २८ : बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीको जनजीवन नराम्ररी प्रभावित बनेको छ भने तराई क्षेत्रमा धनजनकोसमेत क्षति भइसकेको छ । लगातारको वर्षाको कारण नदिहरुमा पानीको बहाब निकै बढिरहेको छ भने, कोशी, राप्ती र कर्णाली जस्ता ठूला नदिहरुमा पानीको सतह खतराको विन्दुमा पुगेको सरकारी अधिकारीहरुले बताइरहेका छन् । काठमाडौं उपत्यका […]

चितवनमा बाढीका कारण ३ दर्जन गाउँ डुबानमा

भीमबहादुर खड्का / चितवन, साउन २८ : भीषण बर्षाका कारण चितवनको दक्षिण क्षेत्र माडीका ३ दर्जन गाउँहरु डुबानमा परेका छन् भने एउटा पुल बगाएकोे छ । माडीको गटुवा, बनकट्टा, कुन्तीपुर सन्तपुरलगाउतका ठाउँमा करिब ३०/३५ घर डुबानमा परेका छन् । डुबानका कारण माडीको सम्पुर्ण यातायात सेवासमेत अबरुद्ध भएको छ । माडीको बरुवा चिरौली स्थित चिताई खोलाको […]

१५ सय घर डुबानमा / ३ जना बेपत्ता

काठमाडौं / साउन २८ : अविरल वर्षापछिको डुबान र बाढीले मोरङमा हालसम्म झन्डै १५ सय घर डुबानमा परेका छन् भने खोलामा आएको बाढीले बगाएर तीनजना बेपत्ता भएका छन् । वर्षा कारणले विराटनगरका ४, ५, ६, ११ र १२ नम्बर वडा पूर्ण रुपमा डुबेका छन् । डुबानबाट करिव ६ सय घर डुबेको र उनीहरुलाई सुरक्षित स्थानतर्फ […]