बाढी प्रभावित क्षेत्रमा महामारी

काठमाडौं / भदौ २ : निम्न चापीय वायु उत्तरबाट क्रमशः दक्षिणतिर सर्दै गएअनुसार नेपालमा बाढीको दुश्प्रभाव पनि घट्दै गएको छ । बाढीले चौपाया, पंक्षी (पोल्ट्री उत्पादन) र माछा बगाएर यत्रतत्र छरिएका र ती दुर्गन्धित हुन थालेका छन् । त्यसमा सडेगलेका अन्नपात थपिएका छन् । ढल र चर्पी फुटेर खानेपानीको मुहानमा मिसिन पुगेका छन् । खानेपानीको […]

नेपाली बुलेट अझै भारतमा अलपत्र

काठमाडौं / भदौ  १  : नेपालमा खाना पकाउने एल.पी. ग्याँस भारतीय बुलेटले ढुवानी गर्दै आएका छन् । त्यसबाट ठूलो रकम भारत जाने गरेको छ । नेपाल सरकारले गतवर्ष आफ्नो बुलेटमा सो इन्धन खरिद गर्ने निर्णय लिएको थियो । त्यसअनुसार ४ सयवटा बुलेट नेपाल सरकारले खरिद ग¥यो । तर भारत सरकारको असहयोगका कारण नेपाली बुलेट भारतमा […]

गैरसरकारी संस्थाहरू अक्रोशित

काठमाडौं / भदौ १ : सरकारले राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई बाढी पीडितलाई राहत वितरण गर्न रोक लगाएको छ । बहुद्वार प्रणालीबाट वितरण हुँदा सुगम क्षेत्रमा सबै संस्थाहरू केन्द्रीत हुने र दुर्गममा कोही नपुग्ने समस्या समाधान गर्न एकद्वार प्रणालीअनुसार सरकारले नै त्यसको संयोजन गर्ने गृह मन्त्रालयले जनाएको छ । भूकम्पको समयमा व्यक्ति, संस्था, प्रहरी, सेना र गैरसरकारी […]

भावपूर्ण श्रद्धाञ्जली

सिन्धुपाल्चोक जिल्ला समितिका सदस्य लिसंखु गाउँपालिका पेट्कु निवासी नरेश तामाङको श्रीमती मिठु तामाङको यही साउन २८ गतेका दिन ३५ वर्षको अल्पायुमै दुःखद निधन भएकोले उहाँप्रति हार्दिक श्रद्धाञ्जली साथै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।  – नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति, सिन्धुपाल्चोक २०७४ भदौ १ गते ६ : ३६ मा प्रकाशित

बाढीले अकल्पनीय जनधनको क्षति

सरकार र व्यवस्थाको लापरवाहीले ठूलो क्षति भयो : प्रकाण्ड, प्रवक्ता – नेकपा सरकारको चेत खुलेको छ : जनाद्र्धन शर्मा, गृहमन्त्री – नेपाल सरकार  कोशी बाँधको ढोका नखोलिएकोले समस्या भयो – नेकपा (एमाले) गरिबलाई सरकारले त हेर्दै हेर्दैन, भगवानले पनि हेर्दा रहेनछन् : देवकुमार सदा, बाढी पीडित, तिलाठी, सप्तरी रातो खबर संवाददाता / काठमाडौ, साउन ३२ : […]

जनसरकारले राहत बाँड्यो

भीमबहादुर खड्का/चितवन, साउन ३१ः बुढीराप्तीको बाढीबाट डुबानमा परेको रनपा–५, रमाइलोबस्ती, बाघमाराको सुकुमबासी बस्तीमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवनले राहत सामाग्री वितरण गरेको छ । २१ पीडित परिवारलाई प्रतिपरिवार एकएक बोरा चामल, दाल, नुन–तेल, भुजा, चिउरा र जीवनजलसहित प्राथमिक उपचारका औषधीसमेत वितरण गरिएको हो । नेकपा, चितवन इन्चार्ज लालबहादुर बीसी र जनसरकार प्रमुख मिनप्रसाद सापकोटाको नेतृत्वमा […]

मोरङमा यात्रुवाहक साधन दुर्घटना / १ को मृत्य, ६ जनाको अवस्था गम्भीर

काठमाडौं / साउन ३१ :  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे–१०,स्थित जिरिखिम्तीे डास खोलामा बसले मोटरसाइकललाई ठक्कर दिंदा अनियन्त्रित भई यात्रुवाहक साधन पल्टिंदा १ बालकको घटना स्थलमै मृत्यु भएको छ भने २२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । मे ३ प ६७५५ नं. को मोटरसाइकललाई ठक्कर दिई को […]

रङ्गुना किनारमा भिमदत्तको जनसेना

विहान सबेरै उठेर साथी दिपक र म जोगबुढाको यात्राका लागि तयार थियौं । दैजिबाट जोगबुढासम्मको यात्राका लागि विहान जिप लाग्दो रहेछ । सानो जिप धेरै यात्रुहरु भरिएकाले हामी जिपमा अट्नै सकेनौं । जिप छुटेपछि अन्य यातायातको साधन नभएकाले यात्रा स्थगित हुने चिन्ता बढ्दै थियो । दिपकले साथीहरुसंग अनुरोध गरेर एउटा मुन्द्रे यातायातको व्यवस्था गरेछन् । […]

बर्दिबास र बुटवलमा सरकारी कलेज खोल्ने

काठमाडौं  /  साउन ३० :   डा. गोविन्द केसीको दबावपछि सरकारको निर्देशनमा त्रिभुवन विश्वविद्यालयले महोत्तरी जिल्लाको बर्दिबास र रुपन्देहीको आंगिक (सरकारी लगानीको कलेज) मेडिकल कलेज खोल्ने निर्णय गरेको छ । डा. केसीलाई प्रमुख मागहरु मध्ये हरेक प्रदेशमा कम्तिमा एक–एक वटा आंगिक मेडिकल कलेज खोल्नु पर्ने छन् । त्रिवि उपकुलपति शेरबहादुर देउवाको अध्यक्षतामा आइबार बसेको त्रिवि […]

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ७४ पुग्यो / ५० बेपत्ता, ३४ हजार घर डुबानमा

काठमाडौं / साउन ३० : लगातार वर्षाका कारण बाढी, पहिरोबाट ज्यान गुमाउनेको संख्या दिनानु दिन बढ्दै गइरहेको छ । त्यसैक्रममा बाढी, पहिरोबाट ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ भने ५० जना  भन्दा बढी बेपत्ता भएका छन् । सरकारी तथ्याङक अनुसार सुनसरीमा ८ जना, रौतहटमा ७ जना,  मोरङमा ७ जना, मकवानपरमा ६ जना,  झापामा ४ जना […]