भारतीय प्रहरी र नेपालीबीच झडप

पशुपतिनगर, रातोखवर सम्वाददाता  इलाम, पशुपतिनगर ५ स्थित चित्रे गाउँमा बिहिवार मध्यान्ह १२ बजे भारतीय सिमा सुरक्षा बलका प्रहरी प्रवेशगरी ज्यादती गरेपछि स्थानीय नेपाली गाउँले र भारतीय प्रहरीबीच झडप भएको छ । स्थानीय समाजसेवी त्रिलोचन भट्टराइले पशुपतिनगरबाट दिनु भएको जानकारी अनुसार स्थानीयको प्रतिकारपछि ३ जवान भागेर भारततिर गएका र हवल्दार रमेश कुमारलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका […]

शीतयुद्धको स्थितिमा छिमेकी

रातो खबर संवाददाता  काठमाडौँ भारतको गलत विदेश नीतिका कारण नेपालमा मात्र होइन, दक्षिणएसियामा नै उसको सम्बन्ध बिग्रेको छ । नेपालसँग पनि उसको सम्बन्ध सहज छैन । गत वर्षको नाकाबन्दीपछि त सिङ्गो नेपाल भारतविरोधीजस्तो बन्न गयो । विद्यालय, क्याम्पस अध्ययन गर्दै गरेको नयाँ पुस्ता जो राष्ट्रियताका विषयमा तटस्थ वा सरोकारविहीनजस्तो थियो, त्यही पुस्ता भारतीय व्यवहारका विरुद्ध सडकमा […]

सरकारबाट माथिल्लो कर्णालीमा भएको राष्ट्रघात र जनताको जीबनमरणको संघर्ष –धर्मेन्द्र बास्तोला

धर्मेन्द्र बास्तोलाभारतीय कम्पनी जीएमआर मार्फत नेपालका शाशकहरुबाट भारतीय शाशकहरुमा समर्पण गरीएको माथिल्लो कर्णाली परियोजनाबाट हुने तथाकथित फाईदाका बारेमा नेपालका भारतीय दलालहरुको दलिल अहिले ठिक त्यहि प्रतित हुन्छ, जुन प्रकारले केपी ओली र उनको पार्टीले त्यतिबेला महाकाली नदीको टनकपुर परियोजनामा हुने राष्ट्रघातको समयमा गर्थे । अहिलेका प्रधानमंत्री केपी ओलीले त्यो समयमा पनि टुक्कादार भाषामा भत्रे गर्थे, […]

कोशी बाँध र आईएसबारे माओवादी ,हल्ला नेपालमाथि दमन बढाउने षड्यन्त्र ः धर्मेन्द्र बास्तोला

भारत, बिहार राज्य, सुपौल जिल्लाका मजिस्ट्रेट (म्ः) बैजनाथ यादवले साउन ३ गते सुनसरी र सप्तरीका नेपाली समकक्षी प्रमुख जिल्ला अधिकारीलाई औपचारिक पत्र लेखेर आईएसआईले कोसी बाँध भत्काउने धम्की दिएको जानकारी गराएका छन् । भारतीय उक्त पत्रचारपछि नेपाली पक्षले सुरक्षाव्यवस्था कडा पारेको छ । आईएसआईले कोसी बाँध भत्काउन चाहेको भए पूर्व जानकारी दिने थिएन । त्यसो […]

तिलाठीबाट भारतीयहरू लखेटिए

भारतले अन्तर्राष्ट्रिय कानुन, प्रचलन, परम्परा र मानवीय संवेदनाको बेवास्ता गर्दै दसगजाआसपासमा बाँध बाँधेर नदीको प्राकृतिक बहाव रोक्दै आएको छ । यसको कारण देशभरिका सिमानाका नेपाली भूभाग डुबानमा पर्ने र विस्थापित क्रम बढिरहेको छ । त्यसको पछिल्लो घटना हो सप्तरीको तिलाठी गाविस । आजभन्दा १५ वर्षअघि भारतले खाँडो नदीमा तिलाठी क्षेत्रको दसगजाभित्रै बाँध बाँधेर नेपाली भूमि […]

प्रचण्डसँग भिड्न वामदेवको शर्तः दलको नेता देऊ

१६ साउन, काठमाडौं । कांग्रेस माओवादी ‘उम्मेदवार’ प्रचण्डसँग प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्ने कि उम्मेवार नै नदिने भन्ने टुंगो नलाग्दा एमालेभित्र सम्भावित दुई प्रत्याशीका रुपमा वामदेव गौतम र सुवास नेम्वाङ चर्चामा छन् । पार्टीमा वामदेव बरिष्ठ उपाध्यक्ष हुन् भने नेम्वाङ संसदीय दलका उपनेता । यसैबीच गौतम पक्षले प्रधानमन्त्रीमा प्रचण्डसँग वामदेवलाई प्रतिस्पर्धामा उतार्ने हो भने पहिले संसदीय दलको […]

झापाका विस्थापित परिवार घर फर्किन थाले

५ साउन, झापा । करिब एक सातादेखि झापामा परेको अविरल वर्षाको क्रम बुधबारदेखि सामान्य भएपछि केही क्षेत्रका विस्थापित परिवार घर फर्किएका छन् । आफ्नो घर जलमग्न भएपछि सुरक्षितमा सारिएका कतिपय विस्थापित परिवारहरु पानीको सतह घटेपछि घर फर्किन थालेको नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा झापाले जनाएको हो । झापाको महाभरा-४, चकचकी ८ र ४, घेराबारी-३, कनकाई-५, […]

बाढीपहिरो प्रभावितको उद्धार गर्न गएको टोली नै अलपत्र

१५ साउन, बागलुङ ।  जिल्लाको पश्चिम भेगका बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि गएकोे टोली बीचैमा अलपत्र परेको छ । ठाउँठाउँमा सडक अवरुद्ध हुँदा हिँडेको तीन दिनमा पनि टोली घटनास्थल पुग्न सकेको छैन् । नेपाली सेना, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन, रेडक्रस, उद्योग वाणिज्य सङ्घलगायतको उद्धार टोली बिहीबार सदरमुकामबाट हिँडेको थियो । टोलीमा संलग्न जिल्ला प्रशासन […]

भारतले बाँध बनाएको बिरोधमा क्रान्तिकारी विद्यार्थीको प्रदर्शन

१५ साउन, काठमाडौं । नेपाल भारत सीमा दशगजा क्षेत्रअन्तर्गत सप्तरीको तिलाठीमा भएको घटनाको विरोधमा माओवादी केन्द्र समर्थित विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले प्रदर्शन गरेको छ । राजधानीको माइतीघर मण्डलामा शनिबार विहान क्रान्तिकारी विद्यार्थीहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले तिलाठीका स्थानीले भारतले एकतफिर्रुपमा निर्माण गरेको बाधँ भत्कार प्रतिरोध गरेको प्रति सम्मान व्यक्त गरेको प्लेकार्डहरु प्रदर्शन […]