मात्रृकाले रातोखबर लुटे

काठमाडौं / भदौ ६ : नेकपा (माओवादी केन्द्र)का नेता मातृकाप्रसाद यादवले धनुषा, बर्मझियामा रातो खबर साप्ताहिक लुटेका छन् । ‘हाम्रो विरोध गर्ने यही पत्रिका होइन’ भन्दै खोसेर मात्रृका यादव र माधव यादवको समूहले पत्रिका खोसेर र नहरमा फालेका थिए । रातो खबर प्रकाशन गृहका निर्देशक अनिल शर्माले २ गते भएको सो घटनाको निन्दा गर्नुभएको छ […]

सरकारी गठबन्धनको विजयी

काठमाडौं / भदौ ६ : नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनबाट सरकारी गठबन्धनका अध्यक्ष गोविन्द आचार्यको समूह विजयी भएको छ । सोमबार भएको निर्वाचनमा आचार्य प्रेस चौतारी र प्रेस सेन्टर गठबन्धनका उम्मेदवार थिए । कांग्रेस र माओवादी केन्द्र निकट सो गठबन्धनले एमाले निकट प्रेस चौतारी गटठबन्धनका तीर्थ कोइरालालाई १०५ मतले पराजित गरी विजयी भएको हो । […]

बझाङमा एकाविहानै भूकम्प गयो

काठमाडौं / भदौ ६ : बझाङमा एकाविहानै भूकम्पको कडा धक्का हुने वितिकै सर्वसाधारण भागाभाग भएका छन् । मंगलबार विहान ६ बजेर ३५ मिनेटमा बझाङको कोइरालाकोटको दक्षिणपूर्व ६ किलोमिटरको दूरीमा केन्द्र विन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको कडा धक्का महसुस भएपछी सर्बसाधारणहरू कराउदै घर बाहिर निस्किएका थिए […]

कैलालीमा यात्रुवाहक साधन दुर्घटना / २ को मृत्यु २१ घाइते

काठमाडौं / भदौ ५ :  कैलाली, खानीडाँडामा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २१ घाइते भएका छन् । धनगढीबाट डोटीको विपीनगर जाँदै गरेको कर्णाली रिभर यातायातको ना ४ ख ५६३५ नम्बरको यात्रुवाहक साधन सोमबार दिउँसो १ बजेतिर चुरे गापा–५ खानीडाँडामा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव […]

कसले जित्ला पत्रकार महासंघमा

काठमाडौं / भदौ ५ : सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र निकट प्रेस युनियन र प्रेस सेन्टरबीचको गठबन्धनको एउटा पक्ष छ भने विपक्षमा एमाले समर्थित प्रेस चौतारीको पक्ष बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार सुरु २५ औं महाधिवेशन व्यावसायिक पत्रकारको नेतृत्व चयन हुँदैछ । कांग्रेस समर्थित पत्रकारहरूको संस्था नेपाल प्रेस युनियन र […]

कंगोमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २ सय पुग्यो

काठमाडौ / भदौ ४ : कंगोमा भीषण बाढी पहिरोमा परेर शनिबारसम्म कम्तीमा पनि २ सय जनाको मृत्यु भएको समाचार छ भने हजारौं घर परिवार विस्थापित भएका छन् । गएको बिहीबार कंगोको इतुरी प्रान्तमा पहिरो गएको थियो । पहिरो शुक्रबारसम्म पनि बगिरहेको थियो । शनिबार उक्त पहिरोस्थलबाट २ सय जनाको शव निकालिएको बताइएको छ । कंगोका […]

बाढि पीडितलाई राहत देऊ – जनअधिकार अभियान नेपाल

काठमाडौं/भदौ  ३ः जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले शुक्रबार एक विज्ञप्ति प्रकासित गर्दै हालै मोरङ, सुनसरी, सिरहा, रौतहट, महोत्तरी, धनुषा, सिन्धुली, बारा, पर्सा, दाङ, बाँके, बर्दियालगायत देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी एकसयभन्दा बढीको मृत्यु भएको, दर्जनौं हराइरहेको, कैयौं घाइते भएको, कैयौं घरबारविहीन भएको, हजारौंको धनसम्पत्ति नास भएकोलगायतका घटनाहरुप्रति जनअधिकार […]

राष्ट्रिय युवा जनस्वयंसेवक लमजुङको भेला सुरु

काठमाडौं/भदौ ३ः नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवक लमजुङको प्रथम जिल्ला भेला सुरु भएको छ । भेलाको पूर्व सन्ध्यामा निकालिएको र्‍यालीले लमजुङ बजार परिक्रमा गरेको थियो भने र्‍यालीमा संगठनका केन्द्रिय महासचिव विवस, पार्टीका गञ्डक ब्युरो इञ्चार्ज आस्था, जिल्ला इन्चार्ज निरु थापा, जिल्ला सेक्रेटरी सन्तोष कोइरालालगायतको उपस्थिति रहेकोे जनाइएको छ । २०७४ भदौ ३ […]

चितवका गैंडा भारतमा

काठमाडौं / भदौ ३ : गत बिहिबारदेखि आएको भिषण वर्षपछि जनधनको मात्र होइन वन्यजन्तुको पनि ठूलो नोक्सानी भएको छ । बाढिका कारण विश्वमा नेपालमा मात्र पाइने लोपोन्मुख एकसिंगे गैंडा पनि क्षतिमा परेको छ । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैंडा मरेको छ । १ वटा गैंडा बाढिले बगाएर विहारको बक्राहा पुगेको छ भने दुईवटा गैंडा बाल्मिकी […]

सर्पदंशको खतरा बढ्यो

काठमाडौं / भदौ ३ : तराई र भित्री मधेसमा वर्षेनी सर्पदंशका कारण दर्जानौंको ज्यान जाने गरेको छ । यसवर्ष तराईमा आएको भीषण बाढी र कटानले सर्पको प्राकृतिक बासस्थान नष्ट भएको छ । सर्प र अजिङ्गरका बासस्थानहरु प्वाल, टोड्का, र गुफाहरुमा पानी पसेको छ । बासस्थानबाट बाहिर निस्केका ती जलचर तथा उभयचरहरु बगेर यत्रतत्र छरिएका छन् […]