नैतिक धरापमा खनियाँ

काठमाडौंः त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँ झनपछिझन फस्दैछन् । बिहिबार माओवादी केन्द्रका सांसद श्याम श्रेष्ठ र नेपाली काँग्रेसका सांसद गगन थापाले संसदमा काठमाडौं नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन खारेज गर्न माग गर्दै सदनमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएपछि खनियाँ थप फस्दै गएका हुन् । सम्बन्धन काण्ड चर्किंदै गएपछि सांसदहरुले चिकित्सा विधेयक पारित नभएसम्म सम्बन्धन नदिन […]

भारतको भाषा नरम, हस्तक्षेप यथावत

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जारी संविधानलाई देउवाको भारत भ्रमणमा पनि स्विकार गरेनन् । मोदीले “नेपालले संविधानको सहलतापूर्वक कार्यन्वयन गर्न सक्नेमा मलाई पूर्व विश्वास छ’’ भनेका छन् । ठाडो हस्तक्षेप र भनाइबाट प्रत्युत्पादक भएपछि भारतले घुमाउरो शैली प्रयोग गरेको हो । मोदीले “हाम्रो सुरक्षा हित पनि एकअर्कामा निर्भर छ र एकअर्कासँग जोडिएको छ’’ […]

तराईमा बढ्यो सर्पदंश

काठमाडौं : तराई र भित्री मधेसमा वर्षेनी सर्पदंशका कारण दर्जानौंको ज्यान जाने गरेको छ । यसवर्ष तराईमा आएको भीषण बाढी र कटानले सर्पको प्राकृतिक बासस्थान नष्ट भएको छ । सर्प र अजिङ्गरका बासस्थानहरु प्वाल, टोड्का, र गुफाहरुमा पानी पसेको छ । बासस्थानबाट बाहिर निस्केका ती जलचर तथा उभयचरहरु बगेर यत्रतत्र छरिएका छन् । उनीहरु आत्तिएको, […]

बधाई तथा शुभकामना

रातो खबर साप्ताहिकका प्रबन्ध निर्देशक चिन्तामणि घिमिरे पत्रकारिता क्षेत्रबाट अवकाश लिएर राजनीतिक क्षेत्रमा प्रवेश गर्नुभएको छ । उहाँलाई बधाईसहित सफलताको कामना गर्दछौं । रातो खबर साप्ताहिक परिवार   २०७४ भदौ ८ गते ९ : ४२ मा प्रकाशित

चोरीका आरोपी खनियाँद्वारा डा. गोविन्द केसीलाई भड्काउँदै

काठमाडौंः त्रिभुवन विश्वविद्यायलका उपकूलपति तीर्थराज खनियाँले प्रा.डा. गोविन्द केसीलाई भड्काउने हर्कत गरिरहेका छन् । खनियाँ चितवन, रनपा निवासी काँग्रेसी कार्यकर्ता हुन् । उनलाई चितवनमा उपकूलपतिभन्दा काँग्रेसी कार्यकर्ताका रुपमा धेरैले चिन्छन् । संविधानसभा–२ मा उनले सांसदको टिकट पाउने हल्ला भएपनि अन्ततः काशीनाथ अधिकारीले पड्काएका थिए । काठमाडौं घट्टेकुलोमा २०६९ सालमा व्यापारिक प्रयोजनका लागि बसरुद्धिन अन्सारीले बनाएको […]

थवाङबाट सेना फक्र्यो

काठमाडौं : विप्लव नेतृत्वको नेकपाले सामुदायिक भवन निर्माण गर्न थालेपछि हतारहतार कलेज (उच्च मावि) बनाउन भन्दै थवाङ पुगेको नेपाली सेनाको रोल्पास्थित खड्गदल गणको ४० सदस्यीय टोली काम सकेर फर्केको छ । सो टोली जेठ ८ गते वीर बलभद्र मा.वि.को भवन निर्माण गर्न भन्दै थवाङ पुगेको थियो । सेनाले थवाङको सो कलेज (उमावि) को दुई कोठे, दुई […]

मन्त्री थप्दै/मुलुक लुट्दै गठबन्धन

काठमाडौं/भदौ–७ः गठबन्धन टिकाउन प्रम देउवाले इतिहासकै जम्बो मन्त्रीमण्डल गठन गरेका छन् । २०५२ सालमा सरकार टिकाउन देउवाले ४८ सदस्यीय मन्त्रीमण्डल बनाएका थिए । त्यसलाई क्रमभङ्ग गर्दै डा. बाबुराम भट्टराईले ४९ सदस्यीय मन्त्रीमण्डल बनाएका थिए । इतिहासका सबै नकारात्मक नजिर तोड्दै देउवाले मंगलबारसम्म ५० सदस्यीय मन्त्रीमण्डल गठन गरेका देउवासँग अझै ४ मन्त्री रहेका कारण निकट भविष्यमा […]

बाढीले माइती नै लग्यो के–को तीज बरीलै

रातो खबर संवाददाता / काठमाडौं : खासगरी सहरी क्षेत्रमा तीजको रमझम सुरु भएको छ । रातो पहिरनमा महिलाहरू बजार र सडकमा देखिएका छन् । भोजभतेर र नाचगान सुरु भएको छ तर देशको अर्को भाग तराईमा भने तीज जति नजिक आउँदैछ, त्यति नै हृदय क्षतविक्षत हुँदै गइरहेको छ । बाढी, डुबान र कटानले सयौंको ज्यान गएको, […]

बाढी र डोक्लामको भारी बोकेर दिल्ली प्रस्थान

रातो खबर संवाददाता/काठमाडौं : आज प्रधानमन्त्री शेरबहादुर देउवा चार दिने भारत भ्रमणमा निस्केका छन् । देउवा भ्रमण किन ? औचित्य के ? भन्ने प्रश्नको पारदर्शी उत्तर कसैले पाउन सकेका छैनन् । बरु थप राष्ट्रघाती तथा असमान सन्धि थपिने हुन् कि भन्ने सन्त्रास थपिएको छ । अर्कोतिर त्योभन्दा बढी भारत–चीन डोक्लाम तनावमा नेपालको तटस्थ विदेश नीति […]

९ दलले देउवालाई दियो यस्तो कडा चेतावनी

काठमाडौंः नेपालका ९ दलले मंगलबार अपारान्ह एक संयुक्त विज्ञप्ति जारी गरी बुधबारबाट भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रहित विपरीत कुनै सम्झौता नगर्न संयुक्त रुपमा कडा चेतावनी दिएका छन् । नेकपा, नेकपा (क्रान्तिकारी माओवादी),  नेकपा (मसाल)लगायतका ९ दलहरुले संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “नेपाल र भारत प्राचीन कालदेखि निकट मैत्री सम्बन्ध भएका मुलुकहरु […]