नेकपाका नेता कार्यकर्तालाई हिरासतमा चरम यातना

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई गिरफतार गरी चरम यातना दिने गरेको पाईएको छ । प्रहरीले नियन्त्रणमा लिएका नेकपाका नेता कार्यकर्तालाई चरम शारीरिक र मानसिक यातना दिनुका साथै विप्लव नेतृत्वको पार्टी नेकपा छोडन दबाब दिने गरेको छ । यसैबीच गत साउन २० गते झापाको दमक स्थित बेलडाँगीबाट पक्राउ परेका नेकपाका दमक सेक्रेटरी सुवास राई […]

पत्रकारद्वारा थपलियाको रिहाइको माग

काठमाडौं : संविधानले दिएको मौलिक अधिकारसमेत कुण्ठित हुने गरी सरकारले प्रेस स्वतन्त्रताविरोधी गतिविधि गरेको जनपत्रकार सङ्गठनको ठहर छ । विचार र आस्थाकै आधारमा सरकारले पत्रकार र लेखकमाथि विभिन्न तरिकाले दुःख दिने गरेको भन्दै त्यसैको सिलसिलामा लेखक खेम थपलियालाई गिरफतार गरिएको सङ्गठनको भनाइ छ । उक्त सङ्गठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम बिष्टले विज्ञप्ति जारी गर्दै […]

नागरिकता बेच्नेलाई कारबाही

झापा : जिल्लाको बिर्तामोड नगरपालिका वडा नं. ७, ८ र ९ का वडा कार्यालयमा सोमबार बिहानै विस्फोट भएको छ । घटनाको कारण र जिम्मा यो समाचार तयार पार्दासम्म कसैले नलिएको भए पनि केही दिनयता झापाका विभिन्न स्थानमा विदेशीलाई नेपाली नागरिकता वितरण गर्ने कार्य तीव्र भैरहेको बेला यो घटना भएको हो । भारतीय, तिब्बती र भुटानी […]

क्रान्तिकारी माओवादीले उपनिर्वाचन बहिस्कार गर्ने

  काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी मंसिर १४ गते प्रतिनिधिसभा–१, प्रदेशसभाका ३ र स्थानीय तह समेत जम्मा ३६ जिल्लाका ५० स्थानमा रिक्त भएका पदहरुको पूर्ति गर्नका लागि हुन लागेको उपनिर्वाचन सक्रिय रुपमा बहिस्कार गर्ने निर्णय गरेको छ । वर्तमान संसदीय व्यवस्था बदनाम हुँदै गएकोले यही अवस्थामा निर्वाचनको उपयोग गरेर भन्दा बहिस्कार गरेर संसदवादको भण्डाफोर […]

गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

कपिलवस्तु : कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेका छन् । गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले गएराती आगजनी गरेका हुन् ।  शनिबार राति सदरमुकाम तौलिहवामा रहेको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०.५० बजेतिर आगजनी भएको हो ।  आगजनीका कारण गाडी जलेर पूर्ण […]

गाउपालिका अध्यक्ष ओलीको गाडि जल्यो

दाङ : दाङको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीकाे गाडी अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट रा १ झ १५२ नम्बरको गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको जनाइएकाे छ। बङ्गलाचुली गाउँपालिका–५ मुर्कुटीको कार्यालयमा परिसरमा पार्किङ गरी राखिएको अवस्थामा अज्ञात समूहले गाडीमा आगजनी गरिएकाे हो । यस्तै यता धादिङमा स्थानीयवासीले ३ वडा डोजर जलाईदिएका छन् । अनियमित ढंगले […]

बहसमा उच्च कोसी बाँध

नेपाल र भारतका जलस्रोतसम्बन्धी विज्ञ समूह (जेटीई) को संयुक्त बैठक साउन ९ र १० गते दिल्लीमा बसेको चर्चासँगै कोसी उच्च बाँधसम्बन्धी बहस विज्ञ तहमा चुलिएको छ र स्थानीय जनतामा त्रास र चिन्ता बढेको छ । यहाँ उच्च बाँध र विकासको अन्तरसम्बन्धका विषयमा बहस उठान गरिनेछ । विश्व बाँध आयोगका अनुसार ५ मिटरदेखि १५ मिटरभन्दा माथिका […]

दर्लामी र सिङ्जालीलाई तत्काल रिहा गर – सागर

स्याङ्जा : नेपाल कम्युनिस्ट पार्टी स्याङ्जा जिल्लाले पार्टी सदस्य शिव दर्लामी र महाेन सिङ्जालीलाई पार्टी कामको सिलसिलामा विभिन्न ठाउँबाट केपी–बादल गृह प्रशासनले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । स्याङ्जा जिल्ला सेक्रेटरी सागरले शनिबार विज्ञप्ति जारी गरी कम्युनिस्ट नामधारी दुई तिहाइको सरकार भनेर घमण्ड गर्ने भ्रष्टाचारी, बलात्कारी, तस्करहरूको पक्षपोषण गर्दै नेकपा […]

नेकपाद्वारा सन्तोष परियार ‘परिवर्तन’लाई कारवाही (विज्ञप्तिसहित)

कास्की : नेपाल कम्युनिस्ट पार्टी कास्की जिल्लाले जिल्ला कमिटी सदस्य एवंम अन्नपूर्ण गाउँपालिका इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’लाई कारबाही गरेको छ । कास्की जिल्ला इन्चार्ज रुपेशले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी पार्टी नीति विपरीत विभिन्न लोभलालचमा फसेर वा केही आफ्नो विचारमा टिक्न नसकेर गल्ने, कागज गर्ने, सरकारी मान्छेहरुलाई अनुनयविनय गर्ने, आत्मसमर्पण गर्ने, कुरा खोल्ने, बसेको […]

अखिल (क्रान्तिकारी) गुल्मीद्वारा चरणबद्ध संघर्षको कार्यक्रम घोषणा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)का गुल्मी जिल्ला अध्यक्ष विकल्पले शुक्रबार विज्ञप्ति निकाली कम्युनिस्ट विद्यार्थी अभियान–२ २०७६ उद्घाटन गर्ने शिलशिलामा तम्घासबाट संगठनका जिल्ला सचिव विष्णु विक र जिल्ला सदस्य राज खड्कालाई बिहीबार साँझ जिल्ला प्रशासन गुल्मी तम्घासबाट रिहा लगत्तै पुनः गिरफ्तार गरेकोप्रति घोर भत्र्सना गर्दै सात दिनभित्र रिहाइ नगरे भदौ १ गतेदेखि […]