दमन नरोके सशक्त प्रतिरोध गर्ने – विप्लव (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युस्टि पार्टीका महासचिव विप्लवले यदि सरकारले आफ्नो पार्टी र जनवर्गीय संगठनमाथि लगाएको प्रतिबन्ध नहटाउने र नेता, कार्यकर्ताको गिरफ्तारी नरोक्ने हो भने सरकारको कार्वाही विरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् । यही बैशाख ७ गते ढिलो गरि निकालिएको वक्तव्यमा भनिएको छ, “सामाजिक फासिवादी केपी—प्रचण्डको सरकारले हाम्रो पार्टी र जनवर्गीय संगठनमाथि उसैले भन्दै […]

वैशाख ५ गते नेपाल बन्द गर्न नेकपाको अपिल, सरकारको फासिवादी दमनको प्रतिरोध गरौँ

काठमाडौँ : वैशाख ५ गते बिहीबार नेपाल बन्दको आह्वान गरेको नेपाल कम्युनिस्ट पार्टीले देशभक्त, गणतन्त्रवादी र सच्चा लोकतन्त्रवादीहरूलाई बन्द सफल पार्न सहयोग गर्न अपिल गरेको छ । उक्त पार्टीको केन्द्रीय कार्यालयद्वारा प्रकाशित अपिलमा भनिएको छ, ‘केपी सरकारको अति अत्याचार सहन नसकेर उसको प्रतिबन्ध, सुदर्शन कमरेडलगायतको रिहाइ, झूट्टा मुद्दा खारेजी, सारा भ्रष्टाचार, तस्करी, राष्ट्रघातका विरुद्ध बाध्य भई […]

नेकपाका महासचिव विप्लवद्वारा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले ओली सरकारको प्रतिबन्धबिरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।  नेकपा महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् । ओली सरकारको प्रतिबन्धलाई महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचारबाजी […]

राष्ट्रिय स्वाधीनताको सोचमा पतन

नयाँ जनवादी–वैज्ञानिक समाजवादी क्रान्ति कुनै न कुनै रूपले राष्ट्रिय मुक्ति आन्दोलनसँग सम्बन्धित हुन्छ । हाम्रो जस्तो देश जो साम्राज्यवादीहरूको नवउपनिवेशमा रहेको छ, को सन्दर्भमा क्रान्ति झनै राष्ट्रिय स्वाधीनतासँग प्रत्यक्ष जोडिएको हुन्छ । कम्तिमा साम्राज्यवादी–उत्तर साम्राज्यवादी विश्व कायम हुँदासम्म कुनै पनि देशको क्रान्ति स्वाधीनतासँग नजोडिएर पूरा हुन सक्नेछैन । यो विषय पेरिस कम्युन, अक्टोबर क्रान्ति र […]

नेकपाका नेता सुदर्शनलाई तीन दिनभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई तीन दिनभत्रि सर्वोच्च अदालतमा उपस्थित गराउन सरकारलाई निर्देशन दिएको छ । सुदर्शनलाई गैर न्यायीक तरिकाले प्रहरीले थुनामा राखिएको भन्दै छोरी विपना ओलीले बुधबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन । रिटमा प्रारम्भिक सुुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको […]

नेकपाको बन्द फिर्ता

काठमाडौँ : यही चैत १६ गते घोषणा गरेको आमहडताल सहितको नेपाल बन्दलाई नेपाल कम्युनिस्ट पार्टीले माध्यमिक शिक्षा परीक्षा परेको र नेपाल बार एसोसिएशनको निर्वाचन परेकाले फिर्ता लिएको घोषणा गरेको उक्त पार्टीका महासचिव विप्लवले प्रेस विज्ञप्ति निकाल्दै भनेका छन् “केपी—प्रचण्ड सरकारले हाम्रो पार्टीका गतिविधिलाई लिएर प्रतिबन्ध घोषणा गर्नुका साथै स्थायी समितिका सदस्य कमरेड सुदर्शन लगायतका सयौंको […]

नेताहरूको गिरफ्तारीविरुद्ध चैत १६ गते नेपाल बन्द,शान्तिपूर्ण कार्यक्रम गर्न नदिइए केपी वलीका कार्यक्रममाथि नै प्रतिबन्ध लगाउँछौँ : विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित आफ्ना नेता र कार्यकर्ताहरूको गिरफ्तारीका विरुद्ध १६ गते शनिबार नेपाल बन्दको घोषणा गरेको छ । उक्त पार्टीका महासचिव विप्लवले चैत ११ गते विज्ञप्ति प्रकाशित गरी उक्त जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘केपी—प्रचण्डको सामाजिक दलाल सरकार दिनप्रतिदिन नेपाली श्रमिक जनतामाझ अलोकप्रिय, असफल […]

नेकपाका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनसहित ९ जना गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन) गिरफ्तार हुनुभएको छ ।  जनताको घरमा बसिरहेका नेता सुदर्शनलाई शुक्रबार राती घर घेरा हाली गिरफ्तार गरेको हो । काभ्रेकाे खानीखाेला गापा ३ स्थित डाँडा गाउँबाट जनतासँग बसेर छलफल गरिरहेका बेला प्रहरीको विशेष ब्युरो र काभ्रे प्रहरीको संयुक्त टोलीले घेरा […]

सशस्त्र सङ्घर्षसम्बन्धी दृष्टिकोण

सशस्त्र सङ्घर्ष राजनीतिक सङ्घर्षको उच्चतम अभिव्यक्ति हो । कम्युनिस्टहरूले पहल र सञ्चालन गर्ने सशस्त्र सङ्घर्ष वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षको उच्चतम् अभिव्यक्ति हो । मालेमावादी दृष्टिकोणमा राजनीतिक क्रान्ति उत्कर्ष पुग्दै गर्दा त्यसले सशस्त्र सङ्घर्षको चरित्र ग्रहण गर्दछ । यो कुनै विद्रोही शक्तिको कारणले नभई पुरानो सत्ताले सञ्चालन गर्ने हिंसात्मक दमनका कारणले पैदा हुन्छ । राज्यको सशस्त्र […]

नेपाल बन्दसहितको आमहडताल प्रतिरोधसहित पूर्ण रूपले सफल : महासचिव विप्लव,नेकपा

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आजका लागि आह्वान गरेको आमहडतालसहितको नेपाल बन्द प्रतिरोधसहित पूर्ण रुपले सफल भएको बताएका छन् । बिहीबार साँझ विज्ञप्ति प्रकाशित गर्दै महासचिव विप्लवले भनेका छन्– ‘दलाल संसदीय व्यवस्थाले प्रतिबन्धका नाममा अर्को अवरोध ल्याउन खोजेको छ । हामीलाई विश्वास छ, यो प्रतिबन्ध पनि पानीको फोकाझैँ फुटेर जानेछ ।’ महासचिव विप्लवले […]