नेकपाद्वारा साउन ७ गतेदेखि सरकारी गाडी सडकमा गुड्न प्रतिबन्ध (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका मध्य पश्चिम कमाण्ड इन्चार्ज वीरजंगले बुधबार विज्ञप्ति निकाली राज्यको कदमका विरुद्ध साउन ७ गतेदेखि सेतो नम्बर प्लेट (सरकारी गाडी)का सम्पूर्ण गाडीहरु सडकमा गुड्न प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । मध्य पश्चिम कमाण्ड इन्चार्ज वीरजंगले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिको वैज्ञानिक कार्यदिशाको सफल कार्यान्वयनका साथ अगाडि […]

केपी सरकारको हत्याकाण्ड

केपी—बादल सरकारले एक महिनाभित्र भोजपुरमा निहत्था युवा कमरेड तीर्थराज घिमिरे र सर्लाहीमा जिल्ला इन्चार्ज कमरेड कुमार पौडेलको हत्या गरेर मुठभेडमा मारिएको सफेद झूट बोल्न पुगेको छ । यसरी हेर्दा केपी—बादलमाण्डली एक नम्बरको हत्यारा, रक्तपिपासु एवम् ढँटुवा वञ्चक साबित भएको छ । मुठभेड जनयुद्धकालमा फासिस्टहरूले माओवादीहरूविरुद्ध प्रयोग गरेको बदनाम शब्द हो । जल्लादहरूले घरमा बसिरहेका किसान, […]

दलाल पुँजीवादी सत्ताले बिदा लिँदैछ, सहिदहरूको बलिदान खेर जानेछैन – विप्लव

कम्युनिस्ट नाउँकै सरकार छ । सत्तासीन नेकपाको लोकप्रियता घट्दो छ । तपाईंले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले चाहिँ कसरी जनतालाई आकर्षित गर्छ ? जनआकर्षणको सम्बन्ध श्रमिक जनता (किसान, मजदुर, महिला, युवा), देश, देशभक्त शक्ति, लोकतन्त्रवादीहरूका लागि पार्टीले अगाडि बढाउने राजनीतिक विचार, नीति, कार्यक्रमसँग हुन्छ । आज देशको राजनीतिक आर्थिक, सामाजिक राष्ट्रिय अवस्था सङ्कटपूर्ण एवम् विस्फोटक […]

जनयुद्धका बेपत्ता योद्धाको सम्झना, वक्ताहरू भन्छन्, ‘विप्लवलाई प्रतिबन्ध लगाउनु सरकारको फासिवादी कदम’

 काठमाडौँ : राज्यद्वारा बेपत्ता पारिएका ‘बेपत्ता योद्धा परिवार समाज नेपाल’ ले ‘शान्तिप्रक्रिया र वर्तमान राजनीतिक परिस्थिति’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँको प्रज्ञा भवनमा मङ्गलबार सम्पन्न कार्यक्रममा दसबर्से जनयुद्धका क्रममा २०५९ साल असार ३ गते विपीन भण्डारी र दिलबहादुर राईलाई सरकारले गिरफ्तार गरी बेपत्ता पारेको थियो । उक्त घटनाको स्मरणमा आयोजित कार्यक्रममा विभिन्न मानवअधिकारकर्मी, […]

प्रतिबन्ध साम्राज्यवादसामु आत्मसमर्पणको परिणाम – विप्लव (भिडियोसहित)

  काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीमाथि केपी सरकारले लगाएको प्रतिबन्ध, सरकारको प्रतिबन्धविरुद्धको प्रतिरोध, वार्ता र पार्टीका आगामी कार्यक्रमका बारेमा आफ्नो पार्टीको धारणा सार्वजनिक गरेका छन् । उनले रातो खबर अनलाइन टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा आफ्नो पार्टीमाथि सरकारले प्रतिबन्ध लगाउनुको कारण उल्लेख गर्दै भनेका छन्, ‘प्रतिबन्ध दलाल पुँजीवादी शक्तिको साम्राज्यवादीका सामु आत्मसमर्पणको परिणति […]

कुरा हिंसा–हत्याको होइन, क्रान्तिको हो – विप्लव

सरकारले तपाईंहरूमाथि प्रतिबन्ध लगायो । यो प्रतिबन्धप्रति तपाईंको पार्टीको धारणा के हो ? हो, हामीमाथि सरकारले प्रतिबन्ध लगाएको छ । देशको अर्बौं रुपैयाँ ठग्ने एनसेलमाथि कारबाही गरेपछि यो घोषित प्रतिबन्ध लगाइयो । तर यो बहाना मात्र हो । सारमा प्रतिबन्ध भनेको वर्ग स्वार्थ र वर्ग हितसँग जोडिएको विषय हो । प्रतिबन्धले वर्ग विचार र हितको […]

पाँच पार्टीद्वारा शान्तिवाटीकामा प्रतिबन्ध खारेज गर्न विरोधसभा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध खारेज गर्न माग गर्दै सरकारकोे विरोधमा पाँच पार्टीले शुक्रबार विरोधसभा गरेका छन् । विरोधसभामा बोल्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले सरकारको फाँसीवादी कदमकै कारण देशमा लडाइँ हुने बताएका छन् । नेता गजुरेलले जनयुद्धलाई धोका दिएर अहिले संसदीय व्यवस्थाका ठेकेदार भएर बसेका प्रचण्ड र बादलहरुको भ्रष्ट […]

शुक्रबार पाँच पार्टीको संयुक्त विरोध सभा हुँदै

काठमाडौं : केपी नेतृत्वको सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको भन्दै तुरुन्त खारेजीको माग गर्दै शुक्रबार पाँच राजनीतिक दलहरुले संयुक्त रुपमा विरोध र्यालीसहित विरोधसभा आयोजना गर्दैछन् । सरकारको निर्णयले राजनीतिक स्वतन्त्र र नागरिक अधिकारको संवैधानिक व्यवस्थाको उल्लंघन गरेको भन्दै प्रतिबन्ध खारेज गर्नुपर्ने माग राख्दै नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माओवादी केन्द्र), ऋषि कट्टेल […]

नेकपामाथिको प्रतिबन्ध फुकुवा माग गर्दै आन्दोलन, पाँच पार्टीबीच कार्यगत एकता

काठमाडौँ : केपी शर्मा वलीको सरकारले विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध, नागरिकता, भ्रष्टाचार र हत्यालाई लिएर पाँच पार्टीले १० गते बुधबार संयुक्त वक्तव्य निकाली आन्दोलनको घोषणा गरेका छन् । वक्तव्यमा भनिएको छ, ‘केपी शर्मा वली नेतृत्वको सरकारले देश र जनताका विरुद्ध गरेका गम्भीर राष्ट्रघात र जनघातले नेपाली समाज आक्रान्त छ । यस परिस्थितिमाथि […]

नेकपा स्थायी समिति सदस्य सुदर्शन जेल चलान , ६ जनालाई नै नक्खु कारागार पठाइयो, जबर्जस्ती फसाउन खोजियो : सुदर्शन

काठमाडौँ : जिल्ला अदालत ललितपुरले नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अदालतले मङ्गलबार यस्तो आदेश दिएसँगै नेता सुदर्शनसहित ६ जनालाई नक्खु कारागार पठाउने तयारी भइरहेको स्रोतले बताएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गत चैत ९ गते नेता सुदर्शनलगायतलाई काभ्रेबाट गिरफ्तार […]