जनयुद्धकालमा कब्जा गरिएका जग्गा जनपरिषद्द्वारा पुनः कब्जा

सल्यान : शान्ति प्रक्रियामा आइसकेपछि कब्जा गरिएका घर जग्गालाई प्रचण्ड–बाबुरामले फिर्ता गरेको भन्दै जनयुद्वकालमा कब्जा गरेका घरजग्गालाई नेपाल कम्युनिस्ट पार्टीले पुनः कब्जा गर्ने जनाएको छ । छत्रेश्वरी गाउँपालिका ६ लान्तीमा रहेको ६ रोपनी खैराबाङ मन्दिरको नामको जग्गालाई मगरात स्वयत्त प्रदेश अन्तरगत जिल्ला जनपरिषद् सल्यानले शनिबार आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । जनपरिषद्ले कालो ब्यानर राखेर […]

सोभियत संशोधनवादी सामाजिक साम्राज्यवाद

सोभियत संशोधनवादी सामाजिक साम्राज्यवाद विश्व साम्राज्यवादको लामबन्दी सामेल सामाजिक साम्राज्यवाद नामबाट समाजवाद तर सार र रूपमा साम्राज्यवाद हो । साम्राज्यवाद लगातार कमजोर हुँदै अन्त्य हुँदै जाने प्रक्रियामा नै बीसौँ शताब्दीको मध्यमा सोभियत सामाजिक साम्राज्यवादको उदय भयो । लेनिन र स्टालिनको मृत्युपछि ख्रुस्चेभ र ब्रेजनेभका गद्दार गुटले एउटा क्रान्तिकारी सत्ता पल्टाएर पार्टी र राज्यसत्तामाथि कब्जा गरे […]

पाकिस्तानले कश्मीरको सीमामा आक्रमण गर्दा भारतीय सैनिकको मृत्यु

श्रीनगर : भारत सरकारले जम्मू कश्मीर राज्यलाई पुनर्गठन गर्ने निर्णय गरेसँगै पाकिस्तान र भारतबीचको सम्बन्ध बिग्रिँदै गएको अवस्थामा पाकिस्तानी सेनाले भारतीय सैनिक चौकीलाई लक्षित गरी आक्रमण गरेको छ । पाकिस्तानी सेनाले कश्मीरस्थित भारतसँगको सीमाक्षेत्र नौसेरास्थित भारतीय सेनाको चौकीमा आक्रमण गर्दा भारतीय सेनाका लेसनायक सन्दीप थापा मारिएका छन् । पाकिस्तानको आक्रमणपछि भारतीय सेनाले गरेको जवाफी कारवाहीमा […]

प्रियजनको नाउँमा खुलापत्र

मेरा आदरणीय र आत्मीय प्रियजनहरू न्यानो अभिवादन ! मेरो गिरफ्तारी, जेलजीवन, रिहाइको अपिल र मेरो स्वास्थ्यप्रति गम्भीर चासो, चिन्ता, ऐक्यबद्धता, वर्गप्रेम, सहानुभूति सामाजिक सञ्जाल, विभिन्न अखबार हरूमार्फत व्यक्त गर्नुहुने विभिन्न पेसा र राजनीतिक दल सम्बद्ध मेरा आदरणीय, आत्मीय, सम्पूर्ण प्रियजनहरूप्रति फलामे ढोकाभित्रको बन्द पर्खालको बन्दी जीवनका तर्फबाट हार्दिक न्यानो अभिवादन पेस गर्दै हृदयको गहिराइदेखि नमन […]

कस्मिरमा हिन्दु अतिवादी हस्तक्षेप

श्रीनगर विमानस्थलमा सीताराम यचुरी र डी राजा पक्राउ लकफ्र्युकै बीचमा झडप/चीन, टर्की र साउदी पाकिस्तानका पक्षमा भाजपा सरकारले संविधानको धारा ३७० खारेज गर्नुभन्दा केही दिनअघिदेखि जम्मु–कस्मिरमा रहस्यमय घटनाहरू देखिन्थे । भारत सरकारले अन्य प्रयोजनका लागि आतङ्कवादी हमलाको सूचना आएको हुनाले नागरिकलाई मानसरोवर यात्रा नगर्न र बाटोमा भए उक्त क्षेत्र छिटो छोड्न सूचना जारी गर्यो । […]

नेवारपानीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १५ घाइते

हेटौंडा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उप–महानगरपालिका–१९ नेवारपानीमा शुक्रबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको बस अनियन्त्रित भई पल्टिएर बिजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । […]

युवा संगठन नेपालद्वारा सुराकी गर्नेलाई कडा कारवाहीकाे चेतावनी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल भेरी कर्णाली व्युरो संयोजक दिपले कार्यकर्ता तथा समर्थक विरुद्ध सुराकी गर्ने र दमन–धरकपड गर्न प्रहरीलाई उक्साउने जस्तो जनघाती कदम बन्द गर्न अनुरोध गरेको छ । भेरी कर्णाली व्युरो संयोजक दिपले बिहीबार एक विज्ञप्ति जारी गरी केपी–प्रचण्डको सरकार कमिसन, दलाली माफियागिरी, राष्ट्रघात–जनघात, भ्रष्टचार र कर आतंक जस्ता […]

बन्दी मन

कहिले खुल्छ खुसीको आकाश यो बन्द पर्खालमा कहिले फुल्छ पूर्णेको जून यो बन्दी जीवनमा । काँडेतारभरि करेन्ट कुद्छ पर्खाल त्यसै अग्लो पर्खालमाथि बर्दी र बन्दुक सङ्गीन झनै अग्लो । वल्लो छेउ गयो, पल्लो छेउ गयो साँघुरो आँगन जेडजोडले चल्छ आँधी र हुरी बन्दीको मनमा । बिहान उही, साँझमा उही उही छ जीवन साथी–सँगिनी, प्यारीको यादमा […]

जनअसन्तोष र सरकारको भविष्य

यथास्थितिमा असन्तोष मानवीय स्वभाव हो । यही स्वभावका कारण नै समाजमा प्रगति र परिवर्तन सुनिश्चित हुनछ । तर जनअसन्तोषलाई प्रायः नकारात्मक रूपमा हेर्ने सरकारको चारित्रिक विशेषता हो सायद यही कारणले सरकार र सत्तामा परिवर्तन अनिवार्य हुन्छ । यो समाज विज्ञानको नियम अहिले सरकारमाथि लागू होला कि नहोला ? वा सरकारले आफ्नो बचाउका लागि झन् दमनात्मक […]

थपलियालाई तत्काल रिहा गर – विष्ट

काठमाडौं : नेपाल पत्रकार महासंघले पत्रकार तथा लेखक खेम थपलियालाई तत्काल रिहा गर्न माग गरेको छ । महासंघका केन्द्रीय महासचिब रमेश बिष्टले बिहीबार एक विज्ञप्ति जारी गर्दै पत्रकार खेम थपलियालाई पक्राउ गरिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउदै तत्काल रिहा गरी उहाँको कार्यालयबाट लगिएका कम्प्युटर, पुस्तकलगायतका सामग्रीहरु फिर्ता गर्न माग गरेका छन् । महासचिव रमेश […]