ब्राजिलमा कैदी बन्दीबीच झडप : कम्तिमा ५२ जनाको मृत्यु

काठमाडौं : ब्राजिलको पारा राज्यको अल्टामिरा जेलमा करिब पाँच घण्टासम्म कैदी बन्दीबीच झडप हुँदा कम्तिमा ५२ जनाको मृत्यु भएको छ भने १६ जनाको शीर छेदन गरिएको छ । स्थानीय समयअनुसार बिहान ७ बजेबाट सुरु भएको झडप दिउँसोमात्र नियन्त्रणमा लिइएको थियो । स्थानीय मिडियाहरुका अनुसार जेलको एकातर्फ रहेका कैदीहरु अर्कोतर्फ बसेका कैदीहरुको समूहमा पुगेपछि सुरु भएको […]

नेकपा निकट नेपाली जनप्रगतिशील मोर्चा कतारले अगस्तमा सातौं अधिवेशन आयोजना गर्दै

कतार : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशील मोर्चा कतारले ‘बेरोजगार युवा बेच्दै जिम्मेवारी नलिने मेनपावरमाथि निर्मम बनौ, राज्य आतंकको भण्डाफोर गर्दै सातौं अधिवेशन भव्यरुपले सफल पारौं’ भन्ने मुल नाराका साथ सातौं अधिवेशन ह्वाइट हाउस रेष्टुरेन्ट, प्लाजा सनैयामा सन् २०१९ अगस्त २३ तारिख (शुक्रबार)का दिन बिहान ११ः३० बजेको समयमा आयोजना गर्ने भएको छ । सम्पूर्ण […]

साम्राज्यवादको परजीवी प्रकृति

राष्ट्रिय अर्थव्यवस्थाको सैन्यीकरणले सामाजिक उत्पादनको शक्तिलाई भित्रैदेखि खोक्रो बनाउने गर्दछ । राष्ट्रिय अर्थव्यवस्थाको सैन्यीकरणले उसलाई त्यस्तो अन्धकार गल्लीमा पुर्याइदिन्छ जहाँ अन्ततः पुग्नका लागि साम्राज्यवादी आर्थिक विकास अभिशाप हुने गर्दछ । वस्तुतः त्यो पुँजीवादको अन्तरनिहित अन्तरविरोधहरूको विकासको एउटा अपरिहार्य परिणाम हो र साथै यो साम्राज्यवादको अधिकाधिक सहनशील भइरहेको प्रकृतिको एउटा ठोस अभिव्यक्ति पनि हो । पुँजीवादी […]

अफ्रिका कप अफ् नेसन्सको उपाधि अल्जेरियालाई

काठमाडौं : अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाले जितेको छ । इजिप्टको कायरोमा शुक्रबार राति भएको फाइनल खेलमा सेनेगललाई १–० गोलको अन्तरले हराउदै अल्जेरिया च्याम्पियन बनेको हो । अल्जेरियाले यसअघि सन् १९९० को संस्करणको उपाधि जितेको थियो । सन् २००२ मा उपविजेता बनेको सेनेगल यस पटक पनि अभागी रह्यो । सेनेगल त्यसबेला पनि पेनाल्टीमा पराजित […]

पौडेलको सम्झनामा नेपाली जनप्रगतिशील मोर्चा साउदीद्वारा श्रद्धाञ्जलीसभा सम्पन्न

साउदी : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशील मोर्चा साउदीको क्षेत्रीय समितिले सहिद कुमार पौडेलको सम्झनामा श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ । असार ५ गते दलाल सामाजिक फासिवादी राज्यद्वारा पार्टी कामको सिलसिलामा हिडिरहेको बेला सर्लाहीको लखन्ती खोलामा गिरफ्तार पश्चात सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या गरेको थियो । उक्त हत्याकाण्डको घोर भ्रत्र्सना गर्दै नेपाली जनप्रगतिशील मोर्चा […]

लिवियाको शरणार्थी शिविरमा आक्रमण हुँदा एक नेपालीको मृत्यु

काठमाडाैं : लिबियाको राजधानी त्रिपोलीनजिकै रहेको आप्रवासी बन्दी गृहमा लक्षित बम विस्फोटमा परी एक जना नेपालीको मृत्यु भएको छ । मंगलबार राती बम विस्फोटमा परि २७ वर्षका सन्तोष श्रेष्ठको मृत्यु भएको इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले जनाएको छ । ४० जनाभन्दा बढीको मृत्यु हुने गरी भएको आक्रमणमा घाइते भएका श्रेष्ठको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको राजदूताबासद्वारा […]

सांस्कृतिक क्रान्ति र विश्वदृष्टिकोण

  विश्व साम्यवादी आन्दोलनको मूल समस्या भनेको विश्वदृष्टिकोणको समस्या हो । विश्वदृष्टिकोणको समस्याले गर्दा नै सोभियत सङ्घ, पूर्वीयुरोप र पूर्वीएसियामा प्रतिक्रान्ति भएको हो । यही कारणले गर्दा नै टर्की, फिलिपिन्स, चिली, इन्डोनेसिया, निकारागुवा, पेरू र नेपालमा विजयको सन्निकट पुगेका क्रान्तिहरू असफल भएका हुन् । माक्र्सवाद भनेको कुनै जीवनहीन जडसूत्र होइन, बरु यो परिस्थितिको विकाससहित जीवनशैलीमा […]

चीन–अमेरिका टक्करको अन्तर्य

चीन र अमेरिकाको बीचमा व्यापार युद्ध चर्किंदै गएको छ । विश्वको पहिलो र दोस्रो ठूला आर्थिक शक्तिहरूबीचमा व्यापार युद्ध चर्केर गएको कारण विश्वभर चिन्ता गरिएको छ । चीन र अमेरिका दुवै देशको नागरिक जीवन पनि प्रभावित भएको छ । त्यसको पछाडि टार्नै नसकिने आर्थिक कारणहरू रहेका छन् । २०७५ पुस २७ गते बेइजिङमा भएको केन्द्रीय […]

ब्राजिल समूह विजेता बन्दै कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

काठमाडौं : कोपा अमेरिका फुटबलको आयोजक राष्ट्र ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको समूह ‘ए’ को अन्तिम खेलमा पेरुलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो । ब्राजिलको जितमा कासीमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले समान १–१ गोल गरे । समूह चरणको तीन खेलमा ब्राजिलले […]

कुमार पौडेलको हत्याप्रति जनप्रगतिशील मोर्चा कतारको भत्र्सना, नेपाल बन्दको समर्थन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी आबद्ध जनप्रगतिशील मोर्चा कतारले नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई पक्राउ गरी हत्या गरिएको खबरले मोर्चा मर्माहत भएको जनाएको छ । मोर्चाका कतार संयोजक शिशिर भण्डारीले विज्ञप्ति जारी गर्दै उक्त हत्याको निन्दा र भत्र्सना गरेका हुन् । भण्डारीले विज्ञप्तिमा भनेका छन्, ‘नेकपाका सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई पक्राउ गरी […]