भ्रष्टहरूलाई कारबाही गरेरै छोड्ने चिकित्सा शिक्षा सङ्घर्ष समितिको घोषणा

काठमाडौँ : चिकित्सा शिक्षा सङ्घर्ष समितिले २०७२/०७३ देखि राज्यले तोकेको शुल्क कायम गरी अतिरिक्त रकम फिर्ता र समायोजन नभएसम्म विद्यार्थीले सबै कार्यक्रम बहिष्कार गर्ने र निरन्तर सङ्घर्ष चर्काउने निर्णय गरेको छ । समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले पत्रकारसम्मेलनपछि सोमबार प्रेसविज्ञप्ति जारी गरी यस्तो जानकारी दिएका हुन् । समितिले डा. गोविन्द केसीले शिक्षा […]

स्वास्थ्य समस्याका कारण आराम गर्दै ओली

काठमाडौँ : बुधबार र बिहीबार गरी दुई पटक मिर्गौलाको ‘डायलासिस’ गराएर निवासमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब नियमीत काम बालुवाटारबाटै गर्ने भएका छन् । डाक्टरको सल्लाह अनुसार धेरै आराम आवश्यक परेपछि ओलीले अन्य भेटघाट र बालुवाटारमै आयोजना हुने कार्यक्रम रोकेका छन् ।  ओलीले शुक्रबार नेकपाका अर्का अध्यक्ष पुुष्पकमल दाहाल र रक्षामन्त्री इश्वर पोखे्रलसँग […]

‘गुण्डा लगाएर विद्यार्थी कुट्ने अन्सारीसँग प्रधानमन्त्रीको साँठगाँठ’

काठमाडौँ : चिकित्सा शिक्षा सङ्घर्ष समितिले कात्तिक ७ गते नेसनल मेडिकल कलेज वीरगन्जमा कलेज सञ्चालक तथा मेडिकल कलेज एसोसिएनका अध्यक्ष बसरुद्दिन अन्सारीले शान्तिपूर्ण आन्दोलन र सङ्घर्षमा उत्रिएका विद्यार्थीमाथि दुव्र्यवहार, कुटपिट र हातपात गरेको भन्दै घटनाको निन्दा तथा विरोध गरेको छ । शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दैै सङ्घर्ष समितिले जायज माग राखी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका […]

चितवन मेडिकल कलेजको घटनाप्रति सङ्घर्ष समितिद्वारा भत्र्सना

चितवन : चिकित्सा शिक्षा सङ्घर्ष समिति तथा चितवन मेडिकल कलेज, विद्यार्थी परिवारले चितवन मेडिकल कलेजमा भएको घटनाको भत्र्सना गरेका छन् । दुवै संस्थाका तर्फबाट चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दले विज्ञप्ति प्रकाशित गरी खेद र भत्र्सना गरेका हुन् । उनको विज्ञप्तिमा राज्यको न्यायिक निकाय, अस्पताल सञ्चालनको माफियामुखी र भ्रष्टाचारमुखी प्रणालीप्रति नागरिकको अविश्वास र राज्य […]

चितवन मेडिकल कलेजले शुल्क फिर्ता नगरेको भन्दै विद्यार्थीद्वारा पुनः आन्दोलन गर्ने चेतावनी

  काठमाडौं : चितवन मेडिकल कलेजले विद्यार्थीहरुसँग लिएको बढी शुल्क फिर्ता गर्न तयार नदेखिएको भन्दै विद्यार्थीहरु पुनः आन्दोलित भएका छन् । कलेजले विद्यार्थीसँग लिएको शुल्क फिर्ता वा समायोजन विषयमा गठित अध्ययन समितिले सोमबारसम्मका लागि समय थप गरेको थियो । तर, यसबीचमा कुनै प्रगति नभएको भन्दै विद्यार्थीहरूले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । चाडपर्वको समय आएकाले आगामी २७ […]

सिएमसी ३० दिनभित्र शुल्क फिर्ता गर्न तयार, विद्यार्थी आन्दोलन फिर्ता

काठमाडौं : जिल्ला प्रशासन कार्यालय चितवनमा शनिबार आन्दोलनरत विद्यार्थी, चितवन मेडिकल कलेज र विद्यार्थीका प्रतिनिधिको त्रिपक्षीय छलफलमा सरकारले तोकेको भन्दा बढी असुल गरेको शुल्क फिर्ता गर्न सिएमसी ३० दिनभित्र फिर्ता गर्न तयार भएपछि विद्यार्थी आन्दोलन फिर्ता भएको छ । सरकारले तोकेकोभन्दा बढी शुल्क असुल गरेको भन्दै विद्यार्थीहरुले तीन हप्तादेखि आन्दोलन थालेका थिए । शुल्कसम्बन्धी अध्ययन […]

चितवन मेडिकल कलेजमा विद्यार्थीको माग पूरा नगरे नेकपाद्वारा हस्तक्षेप गर्ने चेतावनी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले चितवन जिल्लास्थित ‘चितवन मेडिकल कलेज (सिएमसी)’मा अध्ययनरत विद्यार्थीहरुले आफ्ना जायज मागहरु राखेर शान्तिपूर्ण र वैधानिक संघर्ष गर्दै आइरहँदा कलेज प्रशासनले विद्यार्थीका जायज माग सम्बोधन गर्नुको सट्टा समस्यालाई विषयान्तर गर्दै हाम्रो पार्टीसँग जोडेर विद्यार्थीहरुमाथि दमन गरेर आफ्नो कमजोरी र बदमासी ढाकछोप गर्ने षड्यन्त्र गर्दै केही दिनअघि कलेज प्रशासनद्वारा जारी विज्ञप्तिले पुष्टि […]

जनस्वास्थ्यकर्मी महासंघद्वारा प्रकाश चन्दलगायत १५ जनालाई तुरुन्त रिहा गर्न माग

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले केन्द्रीय महासचिव तथा चिकित्सा शिक्षा संघर्ष समितिका केन्द्रीय संयोजक प्रकाश चन्दलगायत १५ जनालाई चितवन प्रहरीले २०७६ भदौ २५ गते विहान ९ बजे चितवन मेडिकल कलेजबाट गिरफ्तार गरेको घटनाको घोर आपत्ति र भत्र्सना गरेको छ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टीकाप्रसाद कडेलले बुधबार एक विज्ञप्ति […]

जनस्वास्थ्यकर्मी तथा चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्द गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका महासचिव तथा चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दलाई प्रहरीले बुधबार गिरफ्तार गरेको छ । चन्दलाई केपी–बादल गृह प्रशासनले बिहान चितवन मेडिकल कलेजबाट गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले चन्दको गिरफ्तारीको पुष्टि गरेका छन् । चितवन मेडिकल कलेजले […]

चिकित्सा शिक्षा सङ्घर्ष समितिको चेतावनी

काठमाडौं : चिकित्सा शिक्षा सङ्घर्ष समितिले आफ्ना मागलाई कमजोर नठान्न सरकारलाई चेतावनी दिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा अन्तरक्रिया गर्दै समितिले चिकित्सा शिक्षा क्षेत्रको अवस्था नाजुक रहेको भन्दै सुधारका लागि आन्दोलन सुरु गरिएको र यसलाई कमजोर नठान्न चेतावनी दिएको हो । अन्तरक्रिया कार्यक्रममा उपस्थित त्रिभुवन विश्वविद्यालयकी कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर सुधा त्रिपाठी, शिक्षा […]