राजनलाई तत्काल रिहाई नगरे सशक्त प्रतिरोध गर्ने नारायणी व्युरोको चेतावनी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरोले पार्टीका नारायणी व्युरो सदस्य तथा पर्सा जिल्ला इन्चार्ज आतिस मिश्र ‘राजन’लाई केपी–बादल गृह प्रशासनले बीरगञ्जबाट विनाकारण गरिएको गिरफ्तारी र झुठा मुद्दा लगाउने प्रपञ्चको निन्दा र भत्र्सना गरेको छ । ब्युरो इन्चार्ज मिलनले भदौं २६ गते विज्ञप्ति निकाली राजनलाई तत्काल रिहाई नगरे सशक्त प्रतिरोध संघर्षको घोषणा गर्ने चेतावनी दिएका […]

युवा संगठनद्वारा सहिदहरुको सम्झनामा वृक्षारोपण कार्यक्रम सम्पन्न

बाँके : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल, बाँके जिल्ला समितिले एकीकृत जनक्रान्तिका महान् सहिदहरुको सम्झनामा आइतबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बाँके जिल्ला अध्यक्ष दिपकको नेतृत्वमा वडा नं. ८ मा वृक्षारोपण कार्यक्रम गरिएको बताइएको छ । वृक्षारोपण कार्यक्रममा स्थानीय जनतासहितको सहभागिता रहेको थियो । २०७६ भदौ २९ गते आइतबार प्रकाशित

ताम्सालिङ व्युरोद्वारा जमीन र प्रयासलाई पार्टीबाट निस्काशन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ताम्सालिङ व्युरोले पार्टीको नीति विपरीत गतिविधि गरेकोले तत्कालिन रामेछाप जिल्ला इन्चार्ज जमीन र ताम्सालिङ ब्युरो सदस्य प्रयासलाई साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेको छ । ताम्सालिङ व्युरो इन्चार्ज आधारले भदौं २३ गते प्रेस विज्ञप्ति निकाली पार्टीका नाममा व्यक्तिगत फाइदा लिन खोज्ने, संगठन र पार्टीको नीति विपरीत गतिविधिमा संलग्न हुने सांगठनिक […]

चितवनमा युवा संगठन लामाको नेतृत्वमा २५ सदस्यीय आयोजक समिति गठन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल, नारायणी व्युरो अन्तर्गत चितवन जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भरतपुर महानगरपालिकामा शनिबार रेम बोज्रे लामाको संयोजकत्वमा ७ जनाकाे कार्यालय समिति रहने गरी २५ सदस्यीय आयोजक समिति गठन भएको जनाइएको छ । भेलाको प्रमुख अतिथि नारायणी व्युरो संयोजक मदन केसी, अतिथिहरु जिल्ला इन्चार्ज शर्दुल, जिल्ला […]

पुँजीवादी समाजमा धनी र गरिबबीच बढ्दो खाडल

पुँजीपतिले अझै ठूलो परिमाणमा मजदुरहरूको शोषण–उत्पीडन गर्नका निम्ति शुद्ध र सापेक्षित अतिरिक्त मूल्य निचोर्न तथा त्यसलाई पुँजीमा रूपान्तरण गर्नका निम्ति हरसम्भव कोसिस गर्दछ । अतिरिक्त मूल्यलाई पुँजीमा बदल्ने यस प्रक्रियालाई पुँजी सञ्चय भनिन्छ । पुँजी सञ्चयको विश्लेषणबाट हामीले के बुझ्न सक्दछौँ भने किन पुरानो समाजमा पुँजीपति, जसले कहिल्यै श्रम गर्दैनथ्यो, अझै धनी हुँदै जान्थ्यो जब […]

नेकपा निकट युवा संगठन, नेपालकाे विशेष जिल्ला भेला सम्पन्न

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल, भेरी–कर्णाली व्युरो अन्तर्गत विशेष जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । रास्ट्रघाती, जनघाती र फासिवादी राज्यकाविरुद्ध युवाहरुले शसक्त प्रतिरोध गरौं ! एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाकालागि प्रथम भेला सफल पारौं !! भन्ने मुलनाराका साथ भेलाको प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रीय समितिका उपाध्यक्ष दिनेशले वर्तमान […]

रिहा भएलगत्तै पराजुली लगायत ३ जना पुनः गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाका तात्कालीन सेक्रेटरी गोकुल पराजुली लगायत चार जना नेताहरूलाई ठूलो रकम धरौटी माग गर्ने जिल्ला अदालत स्याङ्जाको आदेशलाई उच्च अदालत पोखराले उल्ट्याउँदै साधारण तारेखमा रिहा गर्न आदेश दिएपनि रिहा भएलगत्तै गोकुल लगायत ३ जना पुनः गिरफ्तार परेका छन् भने मिसिरा नेपाली भाग्न सफल भएकि छिन् । जिल्ला अदालत स्याङ्जाले जिल्ला […]

जेल साँघुरो घेरा होइन, समग्र विश्व हो : सुदर्शन

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले क्रान्तिकारीहरूका लागि जेल साँघुरो घेरा मात्र नभई ज्ञान प्राप्त गर्ने समग्र विश्व भएको बताएका छन् । उनले सही तरिकाले ज्ञान प्राप्त गरेको खण्डमा १० औँ वर्षको जेलजीवन पनि दशपन्ध्र दिनमा परिणत हुनसक्ने बताएका छन् । हालै नख्खु कारागारमा भएको एक हाजिरीजबाफ प्रतियोगितामा सम्बोधन गर्दै […]

बर्दिया जिल्ला इन्चार्ज चलाउनेसहित २ जना गिरफ्तार

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी बर्दिया जिल्लाको इन्चार्जसहित दुई जना गिरफ्तार परेका छन् । जिल्ला इन्चार्ज मीना चलाउने र अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य लोकेश जोशीलाई बाँसगढी नगरपालिका ९ माछागढबाट केपी–बादल गृह प्रशासनले गिरफ्तार गरेको छ । पञ्चदेवल विनायक नगरपालिका ४ अछामकी ३८ वर्षीया धामी र जोशीपुर गाउँपालिका १ कैलालीका २३ वर्षीय जोशीलाई बिहीबार साँझ गिरफ्तार […]

कुमाल र भट्ट अदालतको आदेशमा रिहा लगत्तै पुनः गिरफ्तार

काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटेरी कपिल भट्टलाई सर्वाेच्च अदालतको आदेशमा रिह भएलगत्तै केपी–बादल गृह प्रशासनले पुनः गिरफ्तार गरेको छ । बिहिबार सर्वाेच्चको आदेशमा रिहा भएका नेताद्वयलाई कानूनको उपहास हुनेगरी सरकारबाट गिरफ्तार गरिएको आरोप उनीहरुका परिवारले लगाएका छन् । बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश ईश्वरीप्रसाद खतिवडा र टंकबहादुर […]