नेपालीको दुर्दशा : गाँस–बास नेपालमा, स्वास्थ्य, शिक्षा र रोजगार भारतमा

धनगढी : कैलाली जिल्लाको कैलारी गाउँपालिकामा यस्तो बस्ती छ जहाँ घर नेपाली भूमिमा छ तर विद्यालय भने भारतीय भूमिमा पर्दछ । कैलारी गाउँपालिका वडा नं. ७ हौसलपुरका बासिन्दा हालसम्म नेपाली किताब नदेखेको बताउँछन् । बस्तीका ४५ वर्षीया कालुराम चौधरी भन्छन्, ‘हामी नेपाली हौँ । हामीसँग नेपालको नगरिकता छ तर नेपाली भाषा बोल्न आउँदैन, बरु हिन्दी […]

मिडिया काउन्सिल विधेयकविरुद्ध सरोकालवालाहरू

    काठमाडौँ : सरकारले हालै ल्याएको मिडिया काउन्सिल विधेयकको राजनीतिकर्मी र सरोकारवालाहरूले आक्रोश व्यक्त गरेका छन् । काठमाडौँस्थित राष्ट्रिय महिला आयोगको भवनमा शनिबार जनपत्रकार सङ्गठन नेपाललगायत ५ वटा पत्रकार सङ्गठनले बनाएको संयुक्त पत्रकार सङ्घर्ष समितिले आयोजना गरेको ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अधिकारको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले विरोध गरेका हुन् । उनीहरूले सरकारले लोकतन्त्र, अभिव्यक्ति […]

महिला नेत्री चन्दलाई मातृशोक, विप्लवद्वारा श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई मातृशोक परेको छ । चन्दकी आमा मनकुमारी शाहको यही वैशाख २७ गते उपचारका क्रममा बाँकेको नेपालगन्जमा मृत्यु भएको हो । उनी लामो समयदेखि खुट्टा भाँचिएर उपचाररत थिइन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मङ्गलबार पार्टीका […]

जिल्ला जनपरिषदका प्रमुख विवेक गिरफ्तार, नेकपा रामेछापको चेतावनी

रामेछाप : रामेछाप जिल्ला जनपरिषदका प्रमुख वीरबहादुर मोक्तान (विवेक)लाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई भक्तपुरबाट वैशाख २७ गते साँझ ५ः३० बजे गिरफ्तार गरेको नेपाल कम्युनिस्ट पार्टी रामेछापले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । नेकपा रामेछापका सेक्रेटरी अभिलाषले वैशाख २९ गते प्रेस विज्ञप्ति जारी गरी विरोध गरेका हुन् । उनले केही महिना अगाडि गिरफ्तार परेका आफ्नो […]

अखिल (क्रान्तिकारी)ले चितवनका शैक्षिक संस्थाहरूमा राख्यो कालो ब्यानर

  चितवन  : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) चितवनले चितवनका निजी शैक्षिक संस्थाहरूमा विरोध स्वरूप कालो ब्यानर राखेको छ ।  सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल गिरफ्तारीको विषय र शुल्क वृद्धिको पनि खारेजी माग गर्दै उक्त संगठनले चरणबद्ध सङ्घर्षका कार्यक्रम अन्तर्गत चितवनमा ब्यानर राखेको हो । अखिल (क्रान्तिकारी)ले जेठ ५ गते आम शैक्षिक हड्तालको घोषणा […]

नेकपाका युवा नेता बस्नेत गिरफ्तार

जनकपुर : नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य तथा युवा सङ्गठनका केन्द्रीय सदस्य राजन बस्नेतलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई सङ्गठनको कामको शिलशिलामा रहेको अवस्थामा वैशाख २५ गते बिहान बर्दिबासबाट गिरफ्तार गरेको नेकपा जनकपुरले जनाएको छ । नेकपा जनकपुर ब्युरो इन्चार्ज अरुणले वैशाख २६ गते प्रेस विज्ञप्ति प्रकाशित गर्दै उक्त गिरफ्तारीको विरोध गरेका छन् । […]

अखिल (क्रान्तिकारी)द्वारा चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा

काठमाडौँ : अखिल (क्रान्तिकारी)ले सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकाल गिरफ्तारीको विषयलाई लिएर चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले जेठ ५ गते आम शैक्षिक हड्तालको घोषणा गरेको छ । सङ्गठनका उपाध्यक्ष रुद्र भट्टराईले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर अध्यक्ष ढकालको रिहाइको लागि सङ्घर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् । भट्टले बैशाख […]

चौतर्फी दबाबपछि गिरफ्तार पत्रकार रिहा भए

काठमाडौँ : जनपत्रकार सङ्गठन, नेपाल काठमाडौँका संयोजक तथा न्हूगु ज्वजलपा वास् पौ साप्ताहिक पत्रिकाका सम्पादक जितेन्द्र महर्जन २२ दिनको हिरासत बसाइपछि रिहा भएका छन् । मङ्गलबार सर्वोच्च अदालतको आदेशपछि उनी रिहा भएका हुन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले दोस्रोपटक दायर गरेको रिटमाथी सुनुवाई गर्दै मङ्गलबार दिपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले […]

विद्यार्थीले दिए शिक्षामन्त्रीलाई ज्ञापनपत्र

  काठमाडौँ : विप्लव नेतृत्वकाे नेकपा निकट अखिल (क्रान्तिकारी)ले विभिन्न मागहरू राख्दै शिक्षामन्त्रीलाई मङ्गलबार सिंहदरबारभित्रै ज्ञापनपत्र बुझाएको छ । ६ बुँदे ज्ञापनपत्रमा निजी शिक्षणसंस्थाहरूले देशव्यापी वृद्धि गरेको ४० प्रतिशतसम्म शुल्क फिर्ता लिन र शुल्कवृद्धि गर्नेहरूलाई कारबाही गर्न, सरकारी सामुदायिक विद्यालयहरूमा नेपाली र अब्ग्रेजी माध्यमबाट अध्यापन गर्ने नाउँमा लिइएको शुल्क तत्काल फिर्ता गरी निःशुल्क अध्ययन गर्ने […]