जनपत्रकार संगठन नेपालद्वारा आधारभुत पत्रकारिता तालिम सुरु

काठमाडौँ : जनपत्रकार संगठन नेपाल सेती–महाकाली क्षेत्रीय समन्वय समितिको आयोजनामा बुधबार देखि ५ दिने जनपक्षीय आधारभुत पत्रकारिता तालिम सुरु गरिएको छ । तालिमको उदघाटन् गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं सेती–महाकाली ब्युरो ईन्चार्ज ओमप्रकाश पुनले जनताका पक्षमा निर्भीकतापुर्वक कलम चलाउन जनपत्रकारहरुलाई आग्रह गरेका छन् । नेता पुनले उत्पीडित जनताका पक्षमा कलम चलाउनु जनपत्रकारको दायित्व हुने […]

बाग्लुङमा जिप दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौँ : अर्घाखाँचीमा बस दुर्घटनामा परी १९ जनाको ज्यान गएको एक साता नबित्दै मङ्गलबार बाग्लुङको भीमगिठेमा जिप दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ । गुल्मी सदरमुकाम तम्घासबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जिप सडकबाट खोलामा खसेको थियो । घटनामा परी ३ जना घाइते भएका छन् भने एकजना हराइरहेका छन् । […]

भारतीय हस्तक्षेप विरुद्ध काठमाडौँमा प्रदर्शन

काठमाडौँ : नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्चले भारतीय हस्तक्षेपका विरुद्ध काठमाडौँमा जुलुुस प्रदर्शन गरेको छ । भारतले नेपालीभूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो नक्सामा पारेपछि नेकपाको केन्द्रीय कार्यक्रम अनुसार मन्चले काठमाडौँको सामाखुसीमा जुलुस निकालेको हो । जुलुसको नेतृत्व जनगणतान्त्रीक सम्पर्क मञ्चका केन्द्रिय सदस्य खेम प्रधानले गरेका थिए । जुलुस प्रदर्शनपछि आयोजीत कोण सभामा बोल्दै मन्चका […]

दक्षिण एसियाली खेलकुदको महाकुम्भ १३ औं सागको भव्य उद्घाटन

काठमाडौँ : दक्षिण एसियाली खेलकुदको महाकुम्भ १३ औं दक्षिण एसियाली खेलकुद (साग) को भब्य उद्घाटन गरिएको छ । आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १३ औं सागको औपचारिक उद्घाटन भएको घोषणा गरिन् । ३ घण्टा भन्दा बढी समय चलेको उद्घाटन समारोहमा नेपाली मौलिक संस्कृति झल्कने हिमाल, पहाड, तराई लगायत दक्षिण एशियाकै संस्कृती र पहिचान […]

नेकपाका सर्लाही इन्चार्ज तामाङ गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज लालबहादुर तामाङलाई प्रहरीले गिरफ्तार गरेको छ । जनकपुर ब्युरो इन्चार्ज अरुणले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी सङ्गठनको कामको सिलसिलामा जनभेटघाटमा रहेको बेला आफ्नो पार्टीका ब्युरो सदस्य तथा सर्लाही जिल्ला इञ्चार्ज लालबहादुर तामाङलाई प्रहरीले अमानवीय र गैरकानुनी ढङ्गले सर्लाहीबाट गिरफ्तार गरेको उल्लेख गरेका छन् । विज्ञप्तिमा ब्युरो इन्चार्ज […]

साम्राज्यवाद विरोधी आन्दोलनमा सहभागी हुन युवा संगठनको अपिल

काठमाडौँ : नेकपा निकट युवा संगठन नेपालले भारतीय साम्राज्यवादी नीतिका विरुद्ध  आन्दोलनमा सहभागी हुन सम्पूर्ण देशबासी, राष्ट्रभक्त युवाहरुलाई अपिल गरेको छ । भारतले नेपालीभूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी सुस्ता लगायतका ठाँउमा अतिक्रमण गर्दा पनि सरकार मौन रहेको भन्दै युवा संगठनले साम्राज्यवादी हस्तक्षेपका विरुद्धको आन्दोलनमा एकजुट हुन अपिल गरेको हो । संगठनका केन्द्रीय महासचिव सागरले प्रेस विज्ञप्ती […]

पार्टी पुनस्र्थापना दिवसका अवसरमा भव्य जनसभा

कालीकोट : पार्टी पुनस्र्थापना दिवसका अवसरमा जिल्लामा भव्य जनसभा सम्पन्न भएको छ । सभामा नेकपाका भेरी–कर्णाली ब्युरो सदस्य भीष्म शाही, अखिल क्रान्तिकारीका भेरी–कर्णाली ब्युरो संयोजक पुष्प न्यौपाने, अनेमसङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य शान्ति विक, पार्टीका एरिया इन्चार्ज कञ्चन शाही, जिल्ला सल्लाहकार सदस्य समग्रले बोलेका थिए । पार्टी पुनस्र्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले दलाल संसदीय व्यवस्थाको […]

बढ्दो राजनीतिक जटिलता प्रति बेलैमा सचेत नभए देश द्वन्द्वमा जाने खतरा बढेको अधिकारकर्मीको टिप्पणी

जनपत्रकार संगठन नेपाल लुम्बिनीद्वारा शनिबार नवलपुरको कावासोतिमा आयोजित मानवअधिकार, प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता एवम् वर्तमान राजनीतिक अवस्था र राष्ट्रियता बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले सरकारको कार्यशैलीले देश गम्भीर खतरामा फस्ने भन्दै जिम्मेवार बन्न सरकारलाई सुझाव दिएका छन् । कार्यक्रममा सहभागी वक्ताहरूले बढ्दो राजनीतिक जटिलता र जनआक्रोसलाई बेलैमा गम्भीरतापूर्वक नलिए देश नयाँ अवस्थामा प्रवेश गर्ने चेतावनी […]

भारतीय हस्तक्षेपका विरुद्ध जर्मनीमा प्रदर्शन

काठमाडौँ : नेपाली भुमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नक्सामा समावेश गरेपछि त्यसको विरोधमा जर्मनीमा प्रदर्शन भएको छ । त्यँहा रहेका नेपालीहरुले भारतीय हस्तक्षेपका विरुद्ध त्यहाँस्थित भारतीय दुतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । जर्मनीका विभिन्न शहरमा बस्ने नेपालीहरु भेला भई जर्मनीको फ्रयाङकफर्टमा रहेको भारतीय कन्सुलेट अगाडि प्रदर्शन गरी कन्सुलेटमा विरोध पत्र समेत बुझाएका […]

नेपालमा भएको भारतिय हस्तक्षेपको अमेरिकामा विरोध

काठमाडौँ : भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भु–भाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरेपछि अमेरिकामा बस्ने नेपालीहरुले विरोध गरेका छन् । पन्चशीलको सिद्धान्तको अपहरण गरी भारतले नेपालको स्वतन्त्रता, सार्वभौमिकताको ठाडो र नाङ्गो हस्तक्षेप उनीहरुको ठहर छ । अमेरीकामा रहेको नेपालीहरुको संगठन नेपाल जनप्रतिशील मोर्चा अमेरिकाका अध्यक्ष विश्व बहादुर शाहद्वारा जारी गरिएको प्रेस […]