उद्योग वाणिज्य महासङ्घको राष्ट्रिय सम्मेलन

   चितवन : उद्योग वाणिज्य महासङ्घ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको छ । सम्मेलनले श्रीकृष्ण बस्नेतको नेतृत्वमा ३१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । नेकपाका पोलिटब्युरो सदस्य तथा जनवर्गीय सङ्गठनका इन्चार्ज मोहन कार्की ‘जीवन्त’ र चितवन इन्चार्ज लालबहादुर बीसीको उपस्थितिमा उक्त सम्मेलन सम्पन्न भएको हो । मङ्गलबार सम्पन्न सम्मेलनका वक्ताहरूले अब हुने […]

थारू मुक्ति मोर्चा कैलालीको सम्मेलन हुने

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट थारू राष्ट्रिय मुक्ति मोर्चा कैलाली जिल्लाको प्रथम सम्मेलन हुने भएको छ । ‘आत्मनिर्णयके अधिकारसहित जातीय स्वशासन ! थारूवान गणराज्य प्राप्तिके लाग पहिल जिल्ला सम्मेलन !!’ भन्ने नारासहित फागुन एक गते हुने सम्मेलनले थारू मुक्तिमोर्चा कैलालीको नयाँ जिल्ला कार्यसमिति गठन गर्ने जनाइएको छ । महान् तथा गौरवशाली जनयुद्धको वार्षिक उत्सवका […]

एनसेलको करछलीविरुद्ध क्रान्तिकारीको प्रदर्शन

काठमाडाैँ : एनसेलको ७२ अर्ब करछलीविरुद्ध अखिल (क्रान्तिकारी) ले काठमाठौँमा विरोध प्रदर्शनपछि सभा गरेको छ । सभालाई अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिव प्रकाश शाही र युवा सब्गठनका अनुप शर्माले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन लोकेन्द्र बिष्टले गरेका थिए । क्रान्तिकारीको उपत्यका, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र सीटीईभीटीको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको […]

‘पुँजीवाद बारे तिनीहरूले नभनेको २३ कुरा’

  ह्या जुन चाङ दक्षिण कोरियन हुन् । अहिले इङ्ग्ल्यान्डको क्याम्ब्रिज विश्वविद्यालयमा पढाउँछन् । उनको विशेषज्ञता भनेको संरक्षण र राज्य औद्योगिक नीति हो । उदाहरणका लागि परम्परागत अर्थतन्त्रले गर्न सकिँदैन भनिन्छ । तिनीहरू सक्छन् भन्ने उसको आफ्नै जमिन स्पष्ट प्रमाण हो र यो उनको परम्परागत अर्थतन्त्रको त्रुटिपूर्ण ज्ञानलाई प्रदर्शित गर्ने सुरुआत मात्र हो । ह्या […]

मेचीमा नेकपाको अभियान घनीभूत बन्दै, साम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध सङ्घर्ष उत्कर्षमा : पुन

इलाम : नेकपाले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान मेचीमा भव्य रूपमा चलिरहेको छ । अभियानको १४ औँ दिन इलामको फाकफोक थुम वार्ड नम्बर ४ आमचोक बजारमा ठूलो जनसभा सम्पन्न भएको छ । जनसभामा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारका कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् ।       सभालाई सम्बोधन गर्दै […]

रोल्पामा विद्यार्थी र दलित मोर्चाको सम्मेलन

रोल्पा : अखिल (क्रान्तिकारी) रोल्पाको २२ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सयौँ विद्यार्थीको सहभागितामा सम्पन्न सम्मेलनले शोभाराम रानाको अध्यक्षतामा जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्ष प्रदीप कुँवर, सचिव सिजकुमार घर्तीमगर, सहसचिव लीला बाठा, कोषाध्यक्ष गोविन्द पुनलगायत सदस्यहरू चयन भएका छन् । सम्मेलनमा अखिल (क्रान्तिकारी) का महासचिव प्रकाश शाही, दलित मुक्ति मोर्चाका […]

अब गाउँपालिका र नगरपालिकाले जनसत्तालाई हिसाब दिनुपर्छ -पुन

सल्यान :नेपाल कम्युनिस्ट पार्टीको संगठन सुदृढीकरण तथा विस्तार अभियान २ सल्यानको सल्लिबजारमा घनिभूत तरिकाले विसाल सभा सम्पन्न भएकोछ । सो सभाको अध्यक्षता बनगाड कुपेन्डेका पार्टी इन्चार्ज सुर्य हुनुहुन्थ्यो भने प्रमुख अतिथिमा पार्टीका केन्द्रीय सदस्य चिरन पुन हुनुहुन्थ्यो । कार्यक्रमलाई चिरन पुन, सल्यान जिल्ला इन्चार्ज विश्व र दैलेख जिल्ला इन्चार्ज विवेकले सम्बोधन गर्नु भयको थियो र […]

तेह्र सय बढी युवाहरुबाट करोडौं रकम असुलेर म्यानपावर सञ्चालक फरार

काठमाडौं : युवाहरुलाई उत्कृष्ट रोजगारीकालागि टर्की पठाएर जनही ३ लाखदेखि ४ लाख ५० हजार असुल गर्ने ५ वटा म्यानपावर सञ्चालक फरार भएका छन् । फरार हुनेमा डेल्टा इन्प्लोइमेन्ट सर्विस प्रा.लि., युरो नेपाल ओभरसिज प्रा.लि., स्वीप्ट नेपाल म्यानपावर प्रा.लि. र मास्र्टर जव प्रा.लि.का सञ्चालकहरु फरार भएका हुन् । ती म्यानपावरहरुले सम्झौता अवधि भनेर पठाएका १३ सय […]

जनकपुरमा संगठन सुदृढिकरण तथा विस्तार अभियान घनिभूत बन्दै

सिन्धुली : नेपाल कम्युनिस्ट पार्टीको संगठन सुदृढिकरण तथा विस्तार अभियान २ जनकपुर ब्युरोमा घनिभूत तरिकाले अघि बढिरहेको छ । जनकपुरमा परिचालित अभियान टोलीको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीकी पोलीट ब्युरो सदस्य उमा भुजेल ‘शिलु’ले गरिरहेकी छिन् । सो ब्युरो अन्तर्गत सिन्धुलीमा मात्र ५ वटा अभियान टोली परिचालित छन् । जस अन्तर्गत १ नम्बर टोलीको नयन, २ […]

विद्यार्थीको भविस्यमा खेलवाड गर्ने विरुद्ध क्रान्तिकारीको विरोध

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले सर्लाहीको सुकेपोखरीमा रहेको श्री चतुरभूजेश्वर जनता मा.वि.मा ताला लगाएको छ । क्रान्तिकारीले उक्त विद्यालयको प्रशासन र प्राधानाध्यापकको कार्यकक्षमा ताला लगाएको हो । आइतबार अखिल (क्रान्तिकारी)का चतुरभूजेश्वर जनता मा.वि. इकाई समितिका अध्यक्ष सुमन अधिकारीले प्रेस विज्ञप्ति प्रकाशित गरी केही सिमित ब्यक्तिहरुले आफनो निहित स्वार्थको लागि विद्यार्थीको भविश्यमा खेलवाड […]