पहिरो खस्दा १३ घर पुरिए, केही बेपत्ता

काठमाडौँ :  सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदीको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोमा परी ५ वटा घरका मानिस हराइरहेका छन् । ती घरमा कति मानिस थिए भन्ने एकिन हुनसकेको छैन । त्यस ठउँमा अझै धेरै घर उच्च जोखिममा छन् । उक्त ठाउँमा […]

कालीकोटमा नेकपाको प्रशिक्षण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कालीकोटले मेहेलमुडीमा बैठक तथा प्रशिक्षण सम्पन्न गरेको छ । उक्त प्रशिक्षणमा कार्यक्रममा प्रमुख अतिथि जिल्ला इन्चार्ज विराटले प्रचण्डले समाप्त पार्न खोजेको क्रान्तिलाई आफ्नो पार्टीले बचाउँदै त्यसमा विकास गरिरहेको र अबको लडाइँ सुधारवादी अवसरवादी र दलाल प्रवृत्तिसँग भएकाले सचेत भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए । जिल्ला सेक्रेटरी रणदीपले वर्तमान कम्युनिस्ट […]

नेपालमा कोरोनाबाट एकै दिन ८ जनाको मृत्यु

काठमाडौँ : नेपालमा कोरोनाका कारण एकै दिन ८ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण बुधबार मात्र देशका विभिन्न ठाउँमा ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९१ पुगेको छ । बुधबार काठमाडौँ टेकुकी ७८ वर्षकी महिला, धादिङ्का ३२ वर्षीय पुरुष, धनुषा जनकपुरका ७१ […]

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार नाघ्यो, मृत्यु हुनेको सङ्ख्या ९१

काठमाडौँ   : पछिल्लो २४ घन्टामा नेपालमा ४ सय ८४ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमध्ये उपत्यकामा मात्र थप १३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४ सय ८४ जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या […]

खरायो गतिमा कोरोना : ठूलाबडाहरूकै वरिपरि पुग्यो

काठमाडौँ : चीनको वुहानबाट फैलिएको भनिएको कोरोना भाइरस विश्व भ्रमण गरेर नेपाल प्रवेश गरेसँगै नेपाल उच्च जोखिममा रहेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामबारे सरकारले चालेको अव्यावहारिक कदमका कारण कोरोना निकै छोटो समयमै देशका ७७ जिल्लासम्म फैलियो । यो विवरण तयार पार्दासम्म नेपालमा कोरोना भाइरसका कारण ८३ जनाको मृत्यु भैसकेको छ भने मङ्गलबार नेपालमा […]

कोरोना प्रकोप झन् बढ्यो, एकै दिन पाँचजनाको मृत्यु, बिहीबारदेखि राती हिँड्न प्रतिबन्ध

काठमाडौँ : देशका विभिन्न ठाउँमा कोरोना भाइरस महामारी समुदायमा फैलिएपछि र दिन–प्रतिदिन सङ्क्रमितको सङ्ख्या बढेपछि सरकारले बिहीबारदेखि राती हिँड्नप्रतिबन्ध लगाउने निर्णय गरेको छ । बिहीबारदेखि लागू हुने गरी निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू हुनेछ । यस्तै सरकारले राती ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई लक्षित […]

नेपालमा कोरोना संक्रमित हुनेको संख्या २१ हजार नाघ्यो

काठमाडौँ: नेपालमा बुधबार  ३ सय ८१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।  ति मध्ये काठमाडौैँ उपत्यकामा मात्र ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ,भने मृत्यु हुनेको संख्या ६० पुगेको छ । आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १ सय ७४ […]

पार्टी विभाजनको साइत जुराउँदै सत्ताधारी नेकपाका दुई गुट

काठमाडौँ :सत्ताधारी पार्टीका दुई समूह अब मिलेर जान नसकिने निष्कर्ष निकाल्नमा जुटेको स्रोतहरूले बताएका छन् । साउन १३ गते पार्टीका द्वितीय अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा स्थायी समितिको बैठक बसेपछि उक्त पार्टीका दुई अध्यक्ष केपी वली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बोलचालसमेत बन्द रहेको पार्टी स्रोतले जनाएको छ । १३ गतेको बैठकले पार्टीभित्रको समस्या समाधान गर्न […]

सुनकाण्डले प्रहरीलाई विवादित बनायो

काठमाडौँ : सुन बरामद गरेको देखाएको व्यापारीलाई ठग्ने योजनाअनुसार प्रहरीले नै सुन तस्करलाई भगाएको भन्ने घटनाले प्रहरीलाई फेरि विवादित बनाएको छ । काठमाडाैँमा प्रहरीले मङ्गलबार गरेको विशेष अपरेसनमा तस्करले दुईवटा पेस्तोल र झोला फालेर भागेको प्रहरीले बताएको थियो तर झोला कुनै तस्करले फालेको नभई प्रहरीलाई नै दिएको, स्कारपियो गाडी भागेको र प्रहरीकै मिलोमतोमा उक्त घटना […]

अमेरिका–चीन शीतयुद्ध चर्कियो, अमेरिकी कूटनीतिज्ञहरूले चीन छोडे

अमेरिका र चीनबीच तनाव बढिरहेको सन्दर्भमा अमेरिकी कूटनीतिज्ञहरूले चीनको चङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास छोडेका छन् । अमेरिकामा रहेको चिनियाँ दूतावास बन्द गर्न अमेरिकाले निर्देशन दिएको केही दिनभित्रै चीनमा रहेको अमेरिकी वाणिज्य दूतावास पनि बन्द भएपछि अमेरिकी कूटनीतज्ञहरूले चीन छोडेका हुन् । अमेरिकी कदमको प्रतिक्रियास्वरूप चीनले उक्त वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको समयसीमाभित्रै अमेरिकी कूटनीतिज्ञहरूले […]