पार्टी प्रवक्ता सुदर्शनका काका नरबहादुरप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली व्यक्त

पार्टी प्रवक्ता सुदर्शनका काका नरबहादुरप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले पार्टी प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ का काका नरबहादुर ओलीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । नरबहादुर ओलीको उपचारका क्रममा ३८ वर्षकै उमेरमा शनिबार निधन भएको हो ।

पार्टी संयोजक कञ्चनले आइतबार शोक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो पार्टीका प्रवक्ता तथा कार्यालय सदस्य कमरेड सुदर्शनका काका पश्चिम रुकुम त्रिवेणी गाउँपालिका निवासी ३८ वर्षीय नरबहादुर ओलीको यही साउन १४ गते उपचारका क्रममा भएको दुःखद् निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ । यस दुःखद् घडीमा सिङ्गो पार्टी आदरणीय काकाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्त गर्दछ ।’

संयोजक कञ्चनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काका नरबहाद्र ओली सदैव नेपाली जनता र राष्ट्रको मुक्तिका पक्षमा रहँदै आउनुका साथै क्रान्तिकारी पार्टीको सदस्य र समर्थक बन्दै आउनुभएको थियो । काकाका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :