नेपालमा आज ४,३६४ जना कोरोना सङ्क्रमित थपिए, १२ को मृत्यु

नेपालमा आज ४,३६४ जना कोरोना सङ्क्रमित थपिए, १२ को मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ३६४ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा २ हजार ५४० जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका २ हजार ८५, ललितपुरका ३२० र भक्तपुरका १३५ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १८ हजार ४७३ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १२ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ । पछिल्लो २४ घन्टामा २ हजार ६७५ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या २६ हजार ६८४ रहेको छ । त्यसमा संस्थागत आइसोलेसनमा ११ हजार ७१७ जना र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार ४६० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :