रूपन्देही इन्चार्ज पुनसहित नेकपाका कयौँ कार्यकर्ता गिरफ्तार


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका रूपन्देही जिल्ला इन्चार्ज सङ्गम पुनसहित एक दर्जन नेता–कार्यकर्ता गिरफ्तार भएको समाचार छ । इन्चार्ज पुनसहित १ दर्जन कार्यकर्तालाई प्रहरीले रूपन्देहीको बुटवलबाट शुक्रबार गिरफ्तार गरेको बताइएको छ ।

शुक्रबार स्थानीय जनतासँग छलफलमा सहभागी भइरहेको बेला प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको नेकपा स्रोतले जनाएको छ ।