इरान कतारका पक्षमा

iran-MMAP-mdकाठमाडौं/असार २, टर्की सरकारले कतारले सम्भावित खाद्य सङ्कट टार्न सहयोग गर्ने बताइरहेका बेला इरानले कतारमा ठूलो मात्रामा जलमार्गबाट खाद्यान्न, तरकारी र फलफूल पठाएको छ । आइतबार इरानले ५ वटा ठूलाठूला मालवाहक जहाज (कार्गो दोहा पठाएको छ । हरेक कार्गो ९० टन बोकेर दोहा पुगेका छन् । दोहा सरकारको माग र आवश्यकताअनुसार लगातार खाद्यान्न पठाइरहने इरानका अधिकारीहरूले बताएका छन् । इरानको दायर बन्दरगाह कतारको सबैभन्दा नजिकको बन्दरगाह हो । उक्त बन्दरगाहबाट कतारका लागि आवश्यक वस्तु पठाउने इरानको भनाइ गत सोमबार (जेठ) २५) दक्षिणएसियाका माल्दिभ्ससहित ७ वटा राष्ट्रले अमेरिकी गठबन्धनले नाकाबन्दी लगाएको इरानसँग सहकार्य गरेको, अरब एकतामा भाँजो हालेको, अतिवादीहरूलाई सहयोग गरेको आरोप लगाएर सम्बन्धविच्छेद गरेका थिए । कतारका अमिरले साउदी अरबलाई अमेरिकी दलाल भनेपछि साउदी अरब चिढिएको थयो । तर कतारले आफूले त्यसो नभनेको र ह्याकर हरूले बदमासी गरेको बताएको छ । अमेरिकाले भने रुसीहरूले षड्यन्त्र गरेको आरोप लगाउँदै छानबिन गर्ने बताएको छ । त्यसलाई अमेरिकी पछिहटाइ ठानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :