कोशी उच्चबाँध हाम्रो लासमाथी बन्नेछ : अनिल विरही

 

                                                                                  फाइल फोटो

         काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पूर्वी कमाण्ड इञ्चार्ज अनिल विरहीले “राष्ट्रघाती कोशी उच्चबाँध पूर्वी नेपालका लाखौं जनता र नेकपाका नेताहरुको लासमाथी मात्र बन्न सक्ने अन्यथा बन्न नसक्ने” बताएका छन् । माघ १५ गते अर्थात मंगलबार धनकुटाको साँगुरीगढी–२, तातोपानीमा ‘सङगठन सुदृढिकरण तथा विस्तार अभियान–२’ अन्तर्गत कोशी ब्यूरोको टोली नं. २ को पाक्षिक समीक्षा तथा प्रशिक्षणमा बोल्दै विहरीले यस्तो बताएका हुन् । समिक्षा कार्यक्रमको प्रमुख अतिथि समेत रहेका विरहीले दलाल पुँजीवादी व्यवस्थाले देशलाई बर्वादीको अँध्यारोतर्फ धकेलीरहेको भन्दै नेता विहरीले नेकपा र वैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य विकल्प (निर्विकल्प) भएको बताए । समिक्षा कार्यक्रममा २ नम्बर अभियान टोलीका प्रमुख रहेका नेकपाका केन्द्रीय सदस्य आधारले कोशी उच्चबाँधको त्रासले जनता भयभीत र विस्थापित हुने खतरामा रहेकोले समयमै प्रतिरोध गर्नुपर्ने धारणा राखेका थिए ।

           नेकपा कोशी व्युरो संयोजक पुस्करको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा चट्टान, गणेश साह, वाटर, विज्ञान, लक्ष्मी, रणकुमार, त्रिलोचन, प्रविन, लोकेन, सुरेस राई, श्रृष्टि, प्रतिमा, दिपक, सुमन, लासाङ, सहदेव, संयोग, प्रहार, होम, अमर खाम्तेल, लुङगा, मिलन, सङ्गित, प्रयास, प्रज्वल र केन्द्रीय सदस्य आधारले आ–आफ्नो कार्यक्षेत्रको प्रगति विवरण प्रस्तुत गरेका थिए । सो कार्यक्रमको सञ्चालन नेकपा कोशी व्युरो सदस्य तथा मोरङ्ग जिल्ला इञ्चार्ज प्रज्वलले गरेका थिए भने स्वागत मन्तव्य कोशी व्युरोका कार्यालय सचिव तथा जबस–मोर्चा इञ्चार्ज आकासले गरेका थिए । अभियानले धनकुटामा नेकपाको व्यापक जनाधार बन्दै गएको प्रेषित समाचारमा जनाइएको छ ।

२०७५ माघ १६ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!