वुद्धिजीवी सङ्गठनको बैठक सम्पन्न

 

काठमाडौँ :  नेपाल राष्ट्रिय वुद्धिजीवी सङ्गठनको सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठक सम्पन्न भएको छ । विक्रम थापाको अध्यक्षतामा सम्पन्न बैठकले आगामी पुस १५ मा काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । साथै राष्ट्रिय सम्मेलनको लागि आर्थिक उपसमिति, प्रचारप्रसार उपसमिति, व्यवस्थापन उपसमिति र विधान प्रतिवेदन उपसमिति गठन गरिएको छ । बैठकले पूर्वअध्यक्ष टीका कँडेलको प्रभावकारी नेतृत्वको लागि धन्यवाद दिंदै उनले सुस्वास्थ्य तथा आगामी दिनमा थप सफलताको शुभकामना दिएको थियो । सङ्गठनले देशभरका वुद्धिजीवी, शुभचिन्तक तथा सम्पूर्ण जनसमुदायलाई सातौँ राष्ट्रिय सम्मेलन सफल बनाउन सहयोग गर्न आह्वान गरेको छ ।

२०७५ मङ्सिर १६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :