सम्पर्क मञ्चको महिला विभाग गठन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समाजले हीरा गौचनको संयोजकत्वमा महिला भेला आयोजक समाज गठन गरेको छ । असार ३० गते शनिबार काठमाडौँको अनामनगरस्थित कार्यालयमा बसेको बैठकले महिला विभाग निर्माण गर्न १० सदस्यीय आयोजक समिति गठन गरेको जानकारी उक्त मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगरले दिएका छन् । सदस्यहरुमा सिर्जना थापा, बिन्दु आचार्य, नान्नी तामाङ, निउरा तामाङ, सरिता पटुवा, रामकुमारी गुरुङ, अनु गुरुङ, निरा पुरी र राधिका सुवेदी रहेका छन् ।
२०७५ साउन १ गते दिउँसाे १२ : ३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :