हिरासतमा रहेका नेकपाका मध्यपश्चिम कमाण्ड ईन्चार्ज वीरजंङ्ग अस्वस्थ भएपछि अस्पताल भर्ना

 

जिल्ला प्रहरी कार्यलय दाङको हिरासतमा रहेका नेकपा केन्द्रीय सदस्य एवम् मध्यपश्चिम कमान्ड ईन्चार्ज चन्द्र बहादुर चन्द वीरजंङ्गलाई स्वास्थ्यमा समस्या देखिएपछि दाङको गाेर्खा हस्पिटलमा भर्ना गरिएको छ । उहाँलाई स्फरटाईफस राेग लाग्नुका साथै सुगर र ब्लड प्रेसरका कारण स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले बताएको छ । शुक्रबार हस्पिटलमा भर्ना हुनुभएका नेता चन्दलाई लामखुट्टेले टाेकेर लाग्ने राेग स्फरटाईफस लागेकाे र अहिले स्वास्थ्यमा सुधार हुंदै अाएकाे उपचारमा संलग्न डाक्टरले बताएका छन् । उहाँलाई अन्यत्र रिफर गर्नु पर्ने हो वा त्यहीँ उपचार गर्ने भन्ने बिषयमा डाक्टर संग छलफल भईरहेको परिवार स्रोतले बताएको छ । उहाँको प्रहरीकै सुरक्षा घेरामा उपचार भइरहेको छ । परिवारस्रोतका अनुसार प्रहरीले सुरुवातमा भर्ना गर्न अानाकानी गरेकाे खबर बाहिर अाएपछि मानवअधिकारर्मि लगायतले प्रहरी प्रशासनसमक्ष स्वास्थ्यलाई विशेष ख्याल गरिदिन अाग्रह गरेपछि उहाँलाई हस्पिटल भर्ना गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :