हिमपात र बर्षाले जनजिवन प्रभावित

काठमाडौँ : लगातार दुई दिनको बर्षा र हिमपातले काठमाडौँ लगायत देशैभरी चिसो बढ्नुका साथै जनजिवन प्रभावित भएको छ । आज बिहानैदेखी हिमाली र उच्च पहाडि भेगमा हिमपात भैरहेको छ भने काठमाडौँ लगायत तराई र पश्चिम क्षेत्रमा बर्षा भैरहेको छ । बिहिबारबाट शुरु भएको वर्षा भोली शनिबारसम्म जारी रहने र त्यसपछि सुधार आउने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्युन चापीय बायुका कारण मौसममा परिवर्तन आएको महाशाखाले जनाएको छ । बिहिबार दिनभरी र राती पनि देशैभरी बदली र बर्षा भएको थियो । बर्षा र हिमपातको कारण हिमाली क्षेत्रको यातायात सेवा प्रभावीत भएको छ । भने हवाई सेवा पनि बन्द भएको छ । चिसोका कारण बालबालीका, सुत्केरी, दिर्घरोगी र बुद्धबुद्धाहरु समस्यामा पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :