हिँडडुल गर्नबाट समेत वञ्चित गरेको भन्दै नेकपाद्वारा आक्रोश व्यक्त


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले पार्टीका नेता–कार्यकर्तालाई स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने अधिकारबाट समेत वञ्चित गरी सरकारले व्यापक दमन बढाएको भन्दै आक्रोश व्यक्त गरेको छ । नेकपा दाङका सेक्रेटरी रतनले प्रेस विज्ञप्ति जारी गरी घरायसी काममा हिँडिरिहेका जिल्ला सदस्य निमबहादुर डाँगीलाई बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै बिनासर्त रिहा नगरे सङ्घर्षमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।

सेक्रेटरी रतनको विज्ञप्तिमा भनिएको छ, ‘केपी–पीके गठबन्धनमा रहेको फासिवादी दलाल सरकार यतिवेला नेपाल कम्युनिस्ट पार्टीका विरुद्ध निर्ममतापूर्वक अगाडि बढिराखेको छ । हाम्रा नेता–कार्यकर्ता गिरफ्तार गर्ने, धरपकड गर्ने, झूट्टा मुद्दा लगाउने र व्यक्तिहत्यामा समेत उत्रिएको कुरा कमरेड कुमार पौडेल, कमरेड राजुलगायत कमरेडहरूको निर्ममतापूर्वक गरिएको हत्याले पुष्टि गरिसकेको छ ।’

रतनले अगाडि भनेका छन्, ‘यसै क्रममा हाम्रो पार्टीका दाङ जिल्ला सदस्य कमरेड निमबहादुर डाँगीलाई यही कात्तिक ३० गते घरायसी कामकाजको सिलसिलामा बबई गाउँपालिकाको ट्वाङखोलामा मोटरसाइकलमा हिँडिरहेको अवस्थामा स्वतन्त्र रूपले हिँडडुल गर्न पाउने अधिकारसमेत वञ्चित गर्दै केपी–पीके सरकारको प्रहरी प्रशासनले गिरफ्तार गरी गैरन्यायिक ढङ्गबाट हिरासतमा राखेकाले यस कार्यको घोर भत्र्सना गर्दै निःसर्त रिहाइको माग गर्दछौँ । अन्यथा सङ्घर्षमा उत्रन बाध्य हुनेछौँ । यसबाट निस्कने परिणामको जिम्मेवार स्वयम् केपी–पीके सरकार नै हुनेछ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ मंसिर १ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :