हरैयाका सुकुम्बासीलाई दलालहरुले उठिबास गरेपछि जनसरकारको चेतावनी (विज्ञप्तिसहि)

कैलाली : थारुवान स्वायत्त प्रदेश अन्तरगत जनपरिषद् (जनसरकार) कैलाली जिल्लाका प्रमुख हर्कबहादुर विकले असार २६ गते एक विज्ञप्ति निकाली कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ हरैया शिविरमा बस्दै आएका सुकुम्बासीलाई सत्तापक्षले अविरल वर्षका कारण जमिन जलमग्न भइरहेको बेला समान्य मानवियतासमेत गुमाएर असार २५ गते निलम पाण्डेय, मिन गुरुङ, लप्टन चौधरी, नरेन्द्र बटला (प्रदेशी) लगायतका दलालहरुले उनिहरुका घर टहरा भत्काउन परिचालन गरेकोप्रति घोर भत्र्सना गरेका छन् ।

जनसरकार प्रमुख हर्कबहादुर विकले विज्ञप्तिमा भनेका छन्, ‘यतिखेर सामाजिक फासिवाद दलाल केपी–पिके सरकार नेपाली जनताको सामु नाङ्गो नाँच देखाइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी र सो पार्टीद्वारा सञ्चालित जनसत्ताले नेपाली जनताको न्याय स्वतन्त्रता र जन अधिकारका विषयलाई लिएर एकीकृत जनक्रान्तिको माध्यमबाट अगाडि बढिरहँदा राष्ट्रले एकखालको राहतको अनुभूति गरेको दिनको घाम झै छलंग छ । जनताका जनप्रिय कामबाट अत्तालिएको सामाजिक फासिवादी दलाल सरकारले हत्या आतंक उत्पात मच्चाई उक्त कार्यको हामी घोर भत्र्सना गर्दछौं ।’
प्रमुख विकले विज्ञप्तिमा भनेका छन्, ‘कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं. ६, हरैयामा रहेको सुकम्बासी शिविर हिजो दश वर्षको जनयुद्धको बेलादेखि हाम्रो पार्टीको नियन्त्रणमा छ र त्यहाँ भूमिहिन किसान र मजदूर जनतालाई बसालिएको छ । जुन विषय राज्यसँग जोडिएको छ ताकि एक जना दलालसँग हाम्रो लडाइँ हैन राज्यले वैज्ञानिक रुपमा भूमिको व्यवस्था गरेपछि मात्र यो समस्या समाधान हुने कुरालाई वेवास्ता गरी यही असार २५ गते निलम पाण्डेय, मिन गुरुङ, लप्टन चौधरी, नरेन्द्र बटला (प्रदेशी) लगायतका दलालहरु हरैया शिविरभित्र प्रवेश गरी शिविरका मानिसहरुलाई गाली बेजती गरी शिविर छोडेर भाग भनि धम्की दिँदै केही घरटहराहरु भत्काइएकोप्रति हाम्रो जिल्ला जनपरिषद् कैलाली घोर भत्र्सना गर्दछ र दलालहरुलाई यथाशिघ्र कारवाहीकोलागि पहल गर्न सम्बन्धित निकायलाई जानकारी गरिन्छ ।’

विज्ञप्तिको अन्यमा विकले भनेका छन्, ‘भिषण वर्षासँगै बाढीको बेलामा घर भत्काएर जनताको उठिबास गर्ने दलालहरुलाई कतै गएपनि छोड्न हुन्न भन्ने जिल्ला जनपरिषद् कैलालीको मत रहेको छ साथै शिविरमा बसेका सबै सुकुम्बासी किसान जनसमुदायलाई ढुक्क भएर बस्न पनि आग्रह गर्न चाहन्छौं र शिविरको समस्या देखेर नेपाल प्रहरीले जुन दया र माया देखाएको छ त्यसप्रति प्रहरी मित्रहरुलाई पनि हार्दिक धन्यावाद दिन चाहन्छौं ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ असार ३० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :