स्वास्थ्य संस्थामा औषधि अभाव

काठमाडौं : रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारले निःशुल्क उपलब्ध गराएका औषधिको अभाव भएको छ । जिल्लामा समयमा नै औषधि खरिद नहुँदा स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधिहरुको अभाव भएको हो । यसअघि जिल्ला स्वास्थ्य कार्यालय र क्षेत्रीय स्वास्थ्य निर्देशनालयले खरिद गरी स्वास्थ्य संस्थाहरुमा पु¥याउने औषधिहरु यस आर्थिक वर्षबाट स्थानीय तहले नै खरिद गरी स्वास्थ्य संस्था मार्फत वितरण गर्ने नीति बनेको छ । स्थानीय तहलाई मन्त्रालयबाट ढिलो गरी जानकारी आएको कारण कतिपय गापा तथा नपाले स्वास्थ क्षेत्रको बजेटसमेत पारित गरेनन् । रकम विनियोजन गरेका स्थानीय तहले पनि औषधि खरिद गर्ने प्रक्रियामा ढिलाई हँुदा जिल्लाका अधिकांस स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ । स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा उपाचारमा आएका विरामीहरुलाई सामान्य औषधि पनि दिन नसकेको प्राथमिक स्वास्थ्य केन्द्र गेलुका डा. राजेन्द्र भण्डारी बताउँछन् । साधारण रुघाखोकी, ज्वरो तथा घाउचोट लागेका विरामीलाई समेत उपचार गर्ने औषधि स्वास्थ्य संस्थामा नभएको उनले बताए । ‘बिरामीहरु औषधि खोज्छन्, दिन सकिएको छैन, उनीहरुलाई सम्झाएर पठाउनै गाह्रो भएको बताएका छन् ।

२०७४ पुस ४ गते मध्यान्न १२ : ४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :