स्कुलले शुल्क बृद्धि फिर्ता नगरिए अखिल (क्रान्तिकारी)द्वारा कडा आन्दोलन गर्ने चेतावनी


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को चितवन जिल्ला समितिले चितवन जिल्लामा हिसान नामक संस्थामा आवद्ध निजी स्कुलहरुले कक्षा ११ मा २५ प्रतिशत शुल्क बृद्धि गरेको कुराप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै घोर आपत्ति व्यक्त गरेको छ । अखिल (क्रान्तिकारी) चितवन जिल्ला संयोजक रेम्बोर्जे लामाले आइतबार प्रेस विज्ञप्ति निकाली सत्ताधारी राजनीतिक दलका नेताहरु नै शिक्षाको व्यपार गर्न अहोरात्र खटेका छन् । शिक्षामा भएको माफिया, दलाली र व्यपारीकरणका विरुद्ध आन्दोलन गर्नु सचेत विद्यार्थीहरुको कार्यभार हो । निजी स्कुलहरुले संविधानलाई ठाडो चुनौती दिंदै शुल्क बढाई गरिबका छोराछोरी पढ्न पाउने अधिकारबाट बञ्चित गरिएकोले बृद्धि गरिएको शुल्क फिर्ता गर्न जोरदार माग गर्दै यदि बृद्धि शुल्क फिर्ता नगरिए कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

जिल्ला संयोजक रेम्बोर्जे लामाले विज्ञप्तिमा भनेका छन्, ‘शिक्षा पाउने मानिसको मौलिक अधिकार हो । जनतालाई शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवादिन विश्वका धेरै राष्ट्रले नयाँ नयाँ कार्यक्रम बनाएका छन् । समाजवादी देशमा शिक्षा र स्वास्थ्यको पूर्ण ग्यारेन्टी राज्यले लिने गरेको छ । हाम्रो देशमा सामाजिक दलाल सरकारले आफैले निर्माण गरेको संविधानमा शिक्षा सम्बम्धी लेखिएको प्रावधानको बर्खिलाप गरेको छ । शिक्षामा माफियाकरण, व्यपारीकरण र दलालीकरण बढ्दै गएको छ । जनताको छोराछोरीलाई शिक्षा पाउने कुरा धेरै महंगो भएको छ । सत्ताधारी राजनीतिक दलका नेताहरु नै शिक्षाको व्यपार गर्न अहोरात्र खटेका छन् । शिक्षा क्षेत्रमा दलालहरुको बिगबिगी छ । शिक्षामा भएको माफिया, दलाली र व्यपारीकरणका विरुद्ध आन्दोलन गर्नु सचेत विद्यार्थीहरुको कार्यभार हो । हाम्रो संगठन अखिल (क्रान्तिकारी)ले विगतदेखि नै शिक्षामा भएको विकृति र विसंगतिका विरुद्ध आन्दोलन गर्दै आएको कुरा सबैमा अवगत नै छ ।’

संयोजक लामाले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘चितवन जिल्लामा हिसान नामक संस्थामा आवद्ध निजी स्कुलहरुले केहिदिन अगाडि कक्षा ११ मा २५ प्रतिशत शुल्क बृद्धि गरेको कुराप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । हिसानको यो निर्णयप्रति हाम्रो संगठन घोर आपत्ति व्यक्त गर्दछ । निजी स्कुलहरुले संविधानलाई ठाडो चुनौती दिंदै शुल्क बढाई व्यपार गरिरहेका छन् । गरिबका छोराछोरी पढ्न पाउने अधिकारबाट बञ्चित गरिएका छन् । हाम्रो संगठन बृद्धि गरिएको शुल्क फिर्ता गर्न जोरदार माग गर्दछ । यदि बृद्धि शुल्क फिर्ता नगरिए कडाभन्दा कडा आन्दोलन गर्न संगठन बाध्य हुनेछ ।’ विज्ञप्तिको पूर्णपाठ….

२०७६ असोज ५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :