सूचना प्रविधिमा चिनियाँ हस्तक्षेप

 सुचना प्रविधिमा पश्चिमी देशहरु मुलतः अमेरिकाको बर्चस्व रहँदै छ । त्यस मार्फत अमेरिकाले आर्थिक आर्जन, सुचना संकलन (निगरानी, गुप्तचरी) र जनमत निर्माण तीनवटा कार्य एकसाथ गर्दै आएको ठानिन्छ । विश्व शक्तिमा  उदाउनका लागि त्यसको विकल्प दिनुपर्ने वाध्यता छ ।WeChat-v5-update
विश्व शक्तिमा उदाउँदै गएको चीनले सुचना प्रविधि मार्फत पश्चिमतिर गएको अरवौं डलर देशभित्रै रोक्ने, सम्भावित पश्चिमी गुप्तचरी नियन्त्रण गर्ने, पुर्विय संस्कृति र सामाजिक मुल्यको जगेर्ना गर्ने र चीनको पक्षमा जनमत कायम गर्ने उद्देश्यले विद्युतीय प्रविधि तथा सुचना प्रविधिमा समानान्तर सञ्जाल  खडा गर्दै आएको छ ।

चीनमा अहिले फेसवुकको समानान्तर ‘वी च्याट’ लोकप्रीय हुँदै गएको छ । चीनको बढ्दो प्रभावसँगै विश्वभर यो लोकप्रिय बन्दै गएको छ । फेसवुकमा हुने सबैजसो सुविधा यसमा पनि छन् । यो सामाजिक सञ्जाललाई चिनियाँ नागरिकले आर्थिक कारोबारसँग पनि जोडेका 
छन् । बैंकिङ कारोबारदेखि वस्तु र सेवाको खरिद– बिक्रीसम्म यसबाट गरिन्छ । ‘वी च्याट’ अमेरिका,युरोप, अष्ट्रेलिया हुँदै अफ्रिकासम्म लोकप्रिय बन्दै गएको छ । त्यसैगरी चीनमा ‘ट्वीटर’को सट्टा ‘ बिइयो’ र गुगलको स्थानमा ‘पाइतु’ चलाइन्छ ।
सुचना प्रविधिमा चीनले गरेको समानान्तर प्रगतिले सूचना प्रविधिमा पश्चिमी देशहरुको एकाधिकार तोडिँदै गएको छ । जसले विश्वमा अमेरिका र युरोपको प्रभुत्वलाई कमजोर बनाउने आँकलन छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :