सुर्खेतमा सत्तासिन नेकपाबाट २३ जना कार्यकर्ता नेकपामा प्रवेश

 

सुर्खेत : क्रान्तिकारीहरु देशैभरि ध्रुवीकरण तीव्र भइरहेको बेला सुर्खेतमा पूर्व माके र एमालेका २३ जना कार्यकर्ताहरुले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

अहिलेको दलाल संसदीय पुँजीवादी व्यवस्थाबाट कुनै पनि निकास हुदैन भन्दै विद्रोह गरी नेकपामा २३ जना पूर्व माके–एमालेका कार्यकर्ताहरु प्रवेश गरेका छन् ।


नेकपाले भदौ १ गते देखि सुरु गरेको ‘संगठन सुदृढीकरण तथा विस्तार अभियान’ मा उनीहरु प्रवेश गरेका हुन् ।
उक्त कार्यक्रममा १ नं कमान्डका टिम कमाण्डर महेश, टिमको इन्चार्ज यामराज र नरेश लगायतले नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराएका थिए ।

उक्त कार्यक्रममा बोल्दै वक्ताहरुले दलाल सरकारले गर्ने भ्रष्टाचार, अनियमितता कर, असुली, कालाबजारी, बलात्कारी, शोषन दमनको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि जनतालाई नेकपामा गोलबन्द हुन आह्वान गरेका छन् ।

२०७५ भदौ २३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :