सुदर्शनको दार्शनिक कृति बजारमा, विप्लवले भने ‘नख्खु कारागारले सुडेनीको काम गर्‍याे’

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन स्थायी समिति सदस्य तथा हाल सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’को ‘विश्वदृष्टिकोणमा रुपान्तरण’ नामक कृति बजारमा आएको छ ।  रातोखबर प्रकाशन गृहले प्रकाशित गरेको उक्त कृतिमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मन्तव्य र नेकपा(क्रान्तिकारी)माओवादीका महासचिव मोहन बैद्य किरणले भुमिका लेखेका छन् ।
राजनैतिक आस्थाकै आधारमा सुदर्शनलाई राजद्रोह, बमविस्फोट, हातहतियार, आगजनी, संगठीतअपराध लगायतका आधा दर्जन बढि झुट्टा मुद्दा लगाएर कम्युनिस्ट सरकारले हाल नख्खु कारागारमा बन्दी बनाएको छ । उनले जेल बसिरहेकै अवधीमा कैयौ महत्वपुर्ण दर्शन सम्बन्धी आलेखहरु तयार पारेका छन् भने कैयौ आलेखहरु जेल बाहीर हुदा नै तयार पारिएका हुन् । उक्त कृर्तिमा मन्तव्य लेख्दै विप्लवले क्रान्तिलाई बुझन बुझाउन र गोलबन्द गर्न  पुस्तकले मद्दत पुग्ने विश्वास ब्यक्त गरेका छन् । सामाजिक दलाल पुँजीवादी सरकारले सुदर्शनलाई बन्दी बनाएर क्रान्तिबाट अलग गर्न खोजेपनि नख्खु कारागारले उक्त पुस्तक जन्माउन सुडेनीको काम गरेको भन्दै महासचिव विप्लवले पुस्तकले विचारधारात्मकरुपले क्रान्तिलाई थप शक्ति दिने विश्वास समेत ब्यक्त गरेका छन् । क्रान्ति सम्भव छ छैन भन्ने कुरा सारमा विश्वदृष्टिकोणसग जोडिएको बिषय भएको भन्दै विप्लवले प्रचण्ड बाबुरामहरुमा पैदा भएको संशोधनवाद आत्मसमर्पणवाद र विसर्जनवादका विरुद्ध आफुहरुले विजय हासिल गर्न सकेको बेलामा उक्त दार्शनिक पुस्तकले दृष्टिकोण निर्माणमा निकै सहयोग पुग्ने विश्वास लिएका छन् । साथै विप्लवले भनेका छन् ‘सुदर्शनले जसरी एकिकृत जनक्रान्तिमा जीवन समर्पित गर्नुभएको छ त्यसरी नै क्रान्तिलाई उर्जा दिने पुस्तक आन्दोलनलाई दिनुभएको छ । हाम्रा युवा पुस्ताले यसबाट प्रशस्त्र ज्ञान प्राप्त गर्न सक्नेछन् ।’
यस्तै लेखक सुर्दशनका दार्शनिक गुरु तथा हाल नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले भनेकाछन् ‘वर्गदुश्मनहरुले सुदर्शनलाई कालकोठरीमा थुनेपनि उहाँमा विद्यमान क्रान्तिप्रतिको निष्ठा, त्याग, रुपान्तरणको सपना र बौद्धिक तथा दार्शनकि उर्जालाई कहिल्यै थुनछेक गर्नसक्ने छैनन् ।’ साथै किरणले जब विश्वदृष्टिकोणको समस्या समाधानका निम्ति कार्यक्रम र कार्यदिशातर्फ जाुनपर्नेबेला आफुहरुबीच एकरुपता पैदा हुननसक्नु दुखदायी विषय भएको बताएका छन् ।
यस्तै कृर्ति रचनाकार सुर्दशनले आफ्ना रचनाहरुमा विश्वदृष्टिकोणको विषय केन्द्रीत भएको र प्रतिक्रान्तिको उपचार, मालेमावादको रक्षा विकास र विश्वदृष्टिकोणको समस्या समाधान ब्यवहारमा जादा कार्यदिशा र कार्यक्रममा अभिब्यक्त हुनुपर्ने भन्दै आफ्नो रचनासंग्रह सामुहिक श्रमको ब्यक्तिगत अभिब्यक्ति भएको बताएका छन् ।

माक्र्सवादी दर्शनशास्त्र तथा सौन्र्दयशास्त्रका अध्येता तथा चिन्तक सुदर्शनमा दार्शनिक, बैचारिक, राजनीतिक, साँस्कृतिक र साहित्यिक क्षेत्रमा रुचि मात्र होइन गहिरो दख्खल समेत रहेको छ । उनै सुदर्शनको उक्त कृति ‘विश्वदृष्टिकोणमा रुपान्तरण’  दर्शन, राजनीतिक अर्थशास्त्र र बैज्ञानिक समाजवाद गरी तीन अध्यायमा विभक्त छ । सुदर्शन लामो समयदेखी दर्शन, विचार र राजनीतिक सौन्र्दयशास्त्र लगायत विभिन्न विधामा कलम चलाउदै आएका छन । यस अघि उनका मौलिक र अनुवाद गरी केही पुस्तक प्रकाशीत भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :