सुकेधारा विस्फोटका घाइते रामकुमार श्रेष्ठ सहिद घोषित (विज्ञप्तिसहित)


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सुकेधारा बम विस्फोटमा गम्भीर घाइते भई ओम अस्पतालमा उपचार गराइरहेका रामेछापको मन्थली नगरपालिका, गैराथोकका रामकुमार श्रेष्ठलाई सहिद घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै श्रेष्ठको सहादतले पार्टीलाई गम्भीर चोट र क्षति पुगेको उल्लेख गरेका छन् । उनले सहिदको बलिदान खेर नजाने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

महासचिव विप्लवले वक्तव्यमा भनेका छन्, ‘केपी सरकारको राज्यआतङ्क र कमरेड तीर्थ घिमिरे हत्याकाण्डविरुद्ध आयोजित नेपाल बन्द कार्यक्रमको पूर्वसन्ध्यामा काठमाडौँको सुकेधारा बम विस्फोटमा गम्भीर घाइते भई अस्पतालमा उपचार गराइरहेका योद्धा कमरेड रामकुमार श्रेष्ठको सहादतले नेपाल कम्युनिस्ट पार्टीलाई गम्भीर चोट र क्षति पु¥याएको छ । हामी सिङ्गो पार्टीका तर्फबाट उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ र उच्च त्याग, शौर्य र साहसका साथ बलिदान गर्नुहुने कमरेड रामकुमार श्रेष्ठलाई सहिद घोषणा गर्दछौँ ।’

महासचिव विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी सहिदहरूको बलिदान खेर जान नदिने साथै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने प्रतिबद्धता प्रकट गर्दछ । साथै राज्यआतङ्क, जनदमन र राष्ट्रघातका विरुद्ध सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरू, देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध भएर सङ्घर्षमा अघि बढ्न विशेष आह्वान पनि गर्दछौँ ।’

स्मरणीय छ, यसअघि जेठ १२ गते काठमाडौँमा भएको विस्फोटमा पार्टी, जनमुक्ति सेना, जवसका कमान्डर महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको सहादत भएको थियो । नेकपाले यसप्रकारको घटना कसरी हुनपुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता व्यक्त गरिसकेको छ । पार्टीले यी सबै घटना हुनुको मुख्य दोषी केपी सरकारको फासिवादी दमन नै रहेको पनि जनाएको छ । उक्त दिन काठमाडौँका विभिन्न स्थानमा भएका विस्फोटका घाइतेहरूको विभिन्न स्थानमा उपचार भइरहेको छ । विज्ञप्तिकाे पूर्णपाठ….

२०७६ असार ३ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :