सुकेधारा बिस्फोटका घाइतेको परिचय खुल्यो

काठमाडौ : काठमाडौंको सुकेधारामा भएको बम बिस्फोटमा परि गम्भीर घाइते भएका ब्यक्तिको परिचय खुलेको छ । ओम अस्पतालको आइसियुमा उपचार गराईरहेका ती ब्यक्ति रामेछाप मन्थली नगरपालिका वडा नं.४ निवासी रामकुमार श्रेष्ठ रहेका छन् । घटना भएको दिन जेठ १२ गते सुकेधारा स्थित छोटे ठाकुरको सैलुनमा पुग्ने बित्तिकै कुकर बम बिस्फोट हुँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए । बम बिस्फोटकै घाइते अरु २ जना सुरेन्द्र महर्जन र हरि खड्काको पनि ओम अस्पतालमै उपचार भईरहेको छ । उक्त बम विस्फोटमा परि दाङका गोकुल रानामगर, कालिकोटका दिपेन्द्र विक र बाग्लुङका कृष्ण भण्डारीको मृत्यु भएको थियो । शुरुमा घाइतेहरुको पहिचान नखुले पनि तत्काल उपचार गरिहाल्नु पर्ने भएकाले अस्पतालमा घाइतेहरुलाई एक्स, वाई र जेट नाम दिएर उपचार थालिएको थियो । एक्स नाम दिएका पहिचय नखुलेका ति ब्यक्ति रामेछापका रामकुमार हुन् भने वाई र जेट नाम दिइएका ब्यक्ति क्रमश सुरेन्द्र महर्जन र हरि खड्काको पनि ओम अस्पतालमा उपचार भइरहेको छ । बिहिबार मात्र पहिचान खुलेका रामकुमारको उपचारमा संलग्न डाक्टरका अनुसार उनी खत्तरा मुक्त छन् । बमको छर्राले टाउको, छात्ती र खुट्टामा गम्भीर चोट छ । जेठ १२ गतेदेखि नै रामकुमार सम्पर्कमा नआएपछि उनका आफन्त अस्पताल श्रोतको सुचनाका आधारमा ओम अस्पताल पुगेका थिए । रामकुमारसहित सुरेन्द्र र हरिको ओम अस्पतालले अहिलेसम्म निशुल्क उपचार गरिरहेको थियो । भव्यतव्य घटनामामा परेकोले पहिचान नभएपनि खुरुखुरु उपचार गरिरहेको अब उनीहरुको पहिचान खुलेर आफन्त सम्पर्कमा आएपछि सहज हुने ओम अस्पतालका डाइरेक्टर बाबुकाजी कार्कीले बताए ।

 

२०७६ जेठ २३ गते बिहिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :