सीएमसीका विद्यार्थीको आन्दोलनप्रति नेकपाको ऐक्यबद्धता

‘कलेजको छात्रावासमा हतियार भेटिएको हल्ला विद्यार्थीलाई फसाउने षड्यन्त्र’


काठमाडौँ : शैक्षिक माफियाविरुद्ध चितवन मेडिकल कलेजका विद्यार्थीले अघि बढाएको आन्दोलनप्रति नेपाल कम्युनिस्ट पार्टीले ऐक्यबद्धता व्यक्त गरेको छ । नेकपा चितवनले आइतबार विज्ञप्ति जारी गरी चितवन मेडिकल कलेज (सीएमसी) को होस्टलको क्यान्टिनमा पेस्तोल फेलापरेको भन्ने समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको र उक्त घटना षड्यन्त्रपूर्ण र आपराधिक रहेको निष्कर्ष पनि निकालेको छ ।

नेकपा चितवनका इन्चार्ज शार्दूल र सेक्रेटरी विजय शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७६ साल मङ्सिर ७ गते चितवन मेडिकल कलेज (सीएमसी) को होस्टलको क्यान्टिनमा पेस्तोल फेलापरेको भन्ने समाचारप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । मेडिकल माफियाहरूले विद्यार्थीबाट तोकेभन्दा बढी शुल्क लिई लुटिरहेको बेला विद्यार्थीहरू माफियाका विरुद्ध आन्दोलन गरिरहेका छन् । विद्यार्थीले गरेको आन्दोलनप्रति पार्टीको समर्थन र ऐक्यबद्धता रहेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीले उठाएको जायज माग पूरा गर्नुको सट्टा प्रहरी प्रशासन र सीएमसी कलेज प्रशासनको मिलोमतोमा क्यान्टिनमा आफैँ पेस्तोल राखी कलेजको छात्रावासमा हतियार भेटिएको हल्ला गरेर विद्यार्थीलाई फसाउन खोज्ने षड्यन्त्रकारी सरकार र यसका मातहतका निकायको बहुलट्ठीपूर्ण हर्कतको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘जनतालाई ठग्ने मेडिकल माफिया र षड्यन्त्रको योजना बनाउने दलाल सामाजिक फासिवादी सरकारको प्रहरी प्रशासनको आपराधिक गतिविधिका विरुद्ध आन्दोलन गर्न सबै जनसमुदायमा अनुरोध गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ मंसिर ८ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :