सिवानी हाइड्रोपावरलाई १० दिनभित्र कर्मचारीको माग पूरा गर्न जनपरिषदको चेतावनी


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी, लिम्बुवान स्वायत्त प्रदेशको जिल्ला जनपरिषद, ताप्लेजुङले सिवानी हाइड्रोपावर कम्पनीले श्रमजिबी कर्मचारीको न्युनतम माग पूरा नगरेकोप्रति आपत्ति जनाएको छ । जिल्ला जनपरिषद, ताप्लेजुङका प्रमुख कमानसिंहले बुधबार प्रेस विज्ञप्ति निकाली कम्पनीमा कार्यरत कर्मचारीबीच स्थानीय, कर्मचारी र सरोकारवालासँग गरेको सम्झौता अनुसार काम गरेको मितिबाट सबै कर्मचारीहरूलाई नियुक्ति दिनुपर्ने, कर्मचारीहरूलाई हालसम्म दिन बाँकी रहेको बक्यौता तलब तत्काल दिनुपर्ने र थेचम्बुको महाबीरे भीरको बाटो निर्माण गर्नुपर्ने मागलाई तत्काल कार्यान्वयन गर्न १० दिनभित्र माग पूरा गरी काम सञ्चालन नगरे जनपरिषदको प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् ।

जनपरिषद प्रमुख कमानसिंहले विज्ञप्तिमा भनेका छन्, ‘नेपालमा यतिखेर बिदेशी शक्ति केन्द्रको आँडमा सञ्चालन भइरहेको दलाल संसदीय ब्यबस्थालाई खारेज गर्दै, नेपाली जनताको आफ्नै सत्ता गाउँ, नगर र जिल्ला जनपरिषद चलिरहेको सर्वदित नै छ । उक्त जनपरिषद जनतामाथि भएका अत्यचार र अन्यायका बिरुद्ध सदैब साथ रहने भएकोले ताप्लेजुङ जिल्ला अन्तरगत पाथिभरा याङवरक गाउँपालिकाभित्र सञ्चाल भइरहेको सिवानी हाइड्रोपावर कम्पनी लिमिटेड र स्थानीय साथै कम्पनीमा कार्यरत कर्मचारीबीच निम्न बुँदा अनुसार भएको सहमति कार्यान्वयन नभएको हुँदा उक्त कम्पनीको लापरबाहीप्रति जिल्ला जनपरिषद तााप्लेजुङ निन्दा साथै भत्र्सना गर्दछ । आन्दोलनरत सरोकारवाला पक्षका सकरात्मक मागप्रति पूर्ण समर्थन जनाउँदै, सम्बन्धित पक्षलाई आजको मितिदेखि १० दिनभित्र माग पूरा गरी काम सञ्चालन गर्न अनुरोध गरिन्छ । अन्यथा, जनपरिषदको प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । उक्त परिस्थितिबाट उत्पन्न हुने क्षतिको जिम्मेवारी स्वयंम कम्पनी हुने कुरासमेत यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ असोज ९ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :