सिरहामा जनप्रतिनिधि, जनपरिषद् र दलित मोर्चाको भेलाहरु सम्पन्न


सिरहा : नेपाल कम्युनिस्ट पार्टी सिरहा जिल्लाको मिर्चैया नगरपालिका ९ मा जनप्रतिनिधि सभाको जिल्ला भेला सम्पन्न भएको छ ।

गंगा मुखियाको अध्यक्षतामा जनकपुर व्युरो इन्चार्ज सन्देश पौडेको प्रमुख आतिथ्य र अमर क्षेत्रीको विशेष अतिथिमा सम्पन्न भएको छ भने सञ्चालन गणेशले गर्नु भएको थियो ।

उक्त भेलाबाट करण यादवको नेतृत्वमा २१ सदस्यीय जनप्रतिनिधि सभा र भक्तबहादुर कार्कीको नेतृत्वमा ९ सदस्यीय जनपरिषद् नेपाल (जनसरकार) गठन भएको छ ।

त्यसैगरी सिरहामै दलित मुक्ति मोर्चा नेपालको पनि प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।

सिरहा जिल्लाको मिर्चैया नगरपालिका ७ मा दलित मुक्ति मोर्चा नेपालको प्रथम भेला सम्पन्न भएको छ । राम चन्द्र सदाको नेतृत्वमा १३ सदस्यीय कार्यकारी समिति चयन भएको छ ।

उक्त भेलाको अध्यक्षता राच चन्द्रा सदाले गर्नु भएको थियो । महेन्द्र मण्डलको विशेष अतिथि र जिल्ला इन्चार्ज अमर क्षेत्रीको प्रमुख आतिथ्य रहेको थियो भने गणेश सदाले सञ्चालन गर्नु भएको थियो ।

२०७६ असार १ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :