‘सिमानामा काँडेतार’ बन्दै

काठमाडौँ : नायक तथा ‘सिमानामा काँडेतार’ का अभियन्ता नवल खड्काले नेपाली भूमिको रक्षाका लागि नेपाल–भारतको सीमामा काँडेतार लगाउनुपर्ने बताएका छन् । भारतले पटकपटक सीमा अतिक्रमण गरिरहे पनि सरकारी तहबाट त्यसको कुनै पहल नभएको भन्दै नायक खड्काले राष्ट्रियता र सार्वभौमिकताको रक्षार्थ सीमामा गएर लड्न सबै तयार हुनुपर्ने बताए ।
काठमाडौँको संवाद डबलीमा आयोजित कार्यक्रममा खड्काले नेपाली सेनालाई ब्यारेकमा होइन सीमामा खटाउनुपर्ने भन्दै भारतले सीमा मिचिरहेको दृश्य नेपाली सेनाले हेरिरहन नहुने धारणा राखे । उनले भने, ‘भारतीय अतिक्रमणविरुद्ध सबै नेपाली एक हुनुपर्छ ।’
यसअघि ‘दसगजा’ र ‘भीमदत्त’ चलचत्रिको माध्यमबाट भारतीय अतिक्रमणविरुद्ध आवाज उठाएका खड्काले अहिले ‘सिमानामा काँडेतार’ निर्माण गरिरहेका छन् ।
भारतीय अतिक्रमणविरुद्ध सडकमा भइरहेका विरोध प्रदर्शनमाथि गरिएको धरपकडको विरोध गर्दै उनले भने, ‘भारतीय अतिक्रमणविरुद्ध सडकमा देखिएका आवाज प्रहरीले दबाउन खोजिरहेको छ । गिरफ्तार र धरपकड गर्नेहरू विखण्डनकारी हुन् ।’

२०७६ मंसिर २ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :