साहित्यकार रसुवाली कवि गिरफ्तार

 


काठमाडौं : चर्चित माक्र्सवादी युवा कवि, पत्रकार एवम संस्कृतिकर्मी रसुवाली कविलाई सशस्त्र प्रहरीले आज सोमबार दिउँसो बालाजुबाट गिरफ्तार गरेको छ । गिरफ्तार हुनासाथ रसुवाली कविले इरातो खबरलाई दिएको जानकारीअनुसार उनलाई सशस्त्र प्रहरीले बालाजुस्थित कोठाबाटै ११ बजेतिर गिरफ्तार गरेको हो ।

 गिरफ्तार गरेपछि उनलाई प्रहरीले गाडीमा राखेर घुमाइरहेको छ । रसुवाली कवि रसुवाका नेता हुन् । उनी रातो हिमाल, रातो न्युजलगायत पत्रिकाका सम्पादक हुन् ।

 अखिल नेपाल जनसांस्कृतिक महासङ्घले कविको गिरफ्तारीप्रति गम्भीर चासो व्यक्त गर्नुका साथै स्रष्टा र संस्कृतिकर्मीको कलम र विचारबाट तर्सिएर केपी वली सरकारले धरपकड र दमन तीव्र पारेको भन्दै यस्ता हर्कत बन्द गर्न र कविलाई तत्काल रिह ागर्न माग गरेको छ ।

२०७६ बैशाख २ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :