साम्राज्यवाद विरोधी आन्दोलनमा सहभागी हुन युवा संगठनको अपिल

काठमाडौँ : नेकपा निकट युवा संगठन नेपालले भारतीय साम्राज्यवादी नीतिका विरुद्ध  आन्दोलनमा सहभागी हुन सम्पूर्ण देशबासी, राष्ट्रभक्त युवाहरुलाई अपिल गरेको छ । भारतले नेपालीभूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी सुस्ता लगायतका ठाँउमा अतिक्रमण गर्दा पनि सरकार मौन रहेको भन्दै युवा संगठनले साम्राज्यवादी हस्तक्षेपका विरुद्धको आन्दोलनमा एकजुट हुन अपिल गरेको हो । संगठनका केन्द्रीय महासचिव सागरले प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रियताको आन्दोलनमा सहभागीहुन सम्पुर्ण युवाहरुलाई आग्रह गरेका छन् ।
विज्ञप्ति सहित :

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :