साम्राज्यवादका गम्भीर अन्तरविरोध

आफ्नो भविष्य माथिबाट नै विश्वास उठ्न थालेको छ र “तिनीहरू असङ्ख्य सङ्कटहरूबाट घेरिएका छन् ।” केहीले त झन् खुलेरै भनिरहेका छन् : “हाम्रा सङ्कटहरूको प्रकृति नैतिक हो र यसका जराहरू स्पष्टतः हामीले स्वतः फैलँदै गइरहेको पुँजीवादी प्रणालीमा नै खोजी गर्नुर्पछ ।”
– न्युजविक ६ जुलाई १९७०

यद्यपि साम्राज्यवादका यी गम्भीर अन्तरविरोधहरूका बीच थोरै भए पनि प्रगतिशील तत्व सुस्तसुस्त उठिरहेका छन्, माक्र्सवादलाई स्विकारिरहेका छन् तथा माक्र्सवादी पार्टी र सङ्गठनलाई पुनस्र्थापित गर्दै जनसुमदायहरूलाई सङ्गठित गरिरहेका छन् र साम्राज्यवादी व्यवस्थाका विरुद्ध कडा सङ्घर्ष छेडिरहेका छन् ।

साम्राज्यवादको यो सडनशील प्रकृति जुन साम्राज्यवादको ‘आधारभूत अभिलासविकता’ अर्थात् एकाधिकारबाट उत्पन्न भएको हो । यसले यही व्यक्त गर्दछ– साम्राज्यवाद अन्नतः एउटा कागजी बाघ मात्र हो । यो हेर्दा त खुँखार लाग्दछ तर वास्तवमा यससँग खास कुनै शक्ति हुँदैन । वास्तविक शक्ति त जनसमुदायसँग हुन्छ, साम्राज्यवाद वा प्रतिक्रियावादीहरूसँग होइन । जस्तो कि माओ त्सेतुङले ठिकै बताउनुभएको छ , “एउटा रणनीतिक वा दीर्घकालीन दृष्टिबाट वा यिनको अन्तरवस्तुलाई हेर्दा हामीले निश्चय पनि साम्राज्यवाद र सबै प्रतिक्रियावादीहरूलाई कागजी बाघ बुझ्नु पर्दछ ।”७
साम्राज्यवाद मरणासन्न पुँजीवाद हो
साम्राज्यवादी देशहरूभित्र सर्वहारा वर्ग र
बुर्जुवा वर्गका बीचमा अन्तरविरोध तीव्र हुनु

स्टालिनले भन्नुभएको थियो, “लेनिनले साम्राज्यवादलाई मरणासन्न पुँजीवाद भन्नुभयो । किन ? किनकि साम्राज्यवादमा पुँजीवादका जुन अन्तरविरोध निहित छन् ती उसका निम्ति अन्त्यकारी नै छन् ।१ कारण क्रान्तिको सुरुआत हुनु नै छ ।”८ जब पुँजीवादले एकाधिकारी अवस्था ग्रहण गर्न पुग्दछ तब पनि सर्वहारा वर्ग र बुर्जुवा वर्गका बीचका आधारभूत अन्तरविरोध र समाजको पुँजीवादी प्रकृतिमा कुनै परिवर्तन हुँदैन । यस साम्राज्यवादी अवस्थामा आउँदा एकाधिकारले न केवल सामाजिक उत्पादनलाई पहिलेभन्दा धेरै व्यापक परिमाणमा ल्याइदिएको छ । यसले त उत्पादनका साधनहरूमाथिको निजी स्वामित्वलाई अझै धेरै घनीभूत बनाइदिएको छ जसका कारण पुँजीवादका बढ्दै गएका आधारभूत अन्तरविरोध र साम्राज्यवादका सबै बाहिरी र भित्री अन्तरविरोधहरूलाई पनि तीव्र बनाइरहेका छन् । माओले भन्नुभएको छ, यी दुईवटा वर्गहरू (सर्वहारा र बुर्जुवा) का बीचमा बढ्दो अन्तरविरोध, औपनिवेशिक मालिक र औपनिवेशिकहरूका बीचमा बढ्दो अन्तरविरोध तथा साम्राज्यवादी देशहरूको असमान विकासका कारण उनीहरूका बीचमा पेचिला बन्दै गएका आपसी अन्तरविरोध यही पुँजीवादको एउटा विशिष्ट अवस्था अर्थात् साम्राज्यवादको अवस्थामा लैजाने गर्दछ ।९ साम्राज्यवादी देशहरूमा सबै भित्री र बाहिरी अन्तरविरोधहरू गम्भीर रूपबाट पेचिला हुँदै जानुका कारण नै साम्राज्यवाद मरणासन्न पुँजीवाद बन्न पुग्दछ र सर्वहारा समाजवादी क्रान्तिको पूर्वबेला नजिक आउँछ ।
अत्यधिक एकाधिकारी मुनाफा कमाउने चक्करमा बुर्जुवा वर्ग मजदुरहरूलाई शोषण गर्ने र लुट्ने प्रयासहरूलाई दिन दुई गुना रात चौगुना बढाउँछन् यसप्रकार लाखौँलाख श्रमजीवी जनतालाई भोकमरीको खाडलतर्फ धकेल्दै जान्छन् । एकाधिकारी बुर्जुवा वर्गले तरहतरहका हाड घोट्ने श्रम प्रणालीहरू अपनाउने गरिरहन्छन्, श्रम सघनतालाई बढाइरहन्छन्, कमै अवस्थाहरूलाई अत्यधिक खराब बनाइरहन्छन् तथा मजदुरहरूको शोषणलाई बिनाहिचकिचाहट र बिनारोकटोक बढाउँदै जान्छन् । बुर्जुवा वर्गले वास्तविक ज्याला घटाउने र क्रमशक्तिलाई कमभन्दा कम गराउँदै जाने गर्जबाट सचेत रूपमा मुद्रास्फीतिको पनि सहारा लिने गर्दछ । उदाहरणका रूपमा १९६३–१९७० को अवधिमा मुद्रास्फीतिका कारण अधिकांश पुँजीवादी देशहरूमा मूल्य र जीवनयापनको खर्चमा हरेक वर्ष वृद्धि भई नै रह्यो । त्यस अवधिमा संयुक्त राज्य अमेरिकामा जीवनयापनको खर्च २५.८ प्रतिशतले बढ्न गयो । ब्रिटेनमा यो वृद्धिदर ३५.३ प्रतिशत रह्यो, फ्रान्समा ३०.९ प्रतिशत, पश्चिम जर्मनीमा २०.६ प्रतिशत र जापानमा ४४.४ प्रतिशत । परन्तु ज्याला त्यति धेरै बढेन कि मुद्रास्फीतिअनुसार वृद्धि भएका जीवनयापनको खर्चलाई पूरा गर्न सकियोस्, श्रमजीवी जनताको जीवन त झनै दयनीय हुन गयो । एकाधिकारी पुँजीले सरकारमार्फत अत्यधिक कर लादेर श्रमजीवी जनसमुदायहरूलाई अझै धेरै लुट्यो । १९४० देखि १९७० सम्मको अवधिका क्रममा राजस्वकर १६ गुना बढ्यो अर्थात् जहाँ यो १९४० मा १६.५ अर्ब डलर (राष्ट्रिय आयको २० प्रतिशत) थियो त्यो १९७० मा बढेर २७८ अर्ब डलर (राष्ट्रिय आयको ३५ प्रतिशत) हुन गयो । यसप्रकार यो करको अत्यधिक मारले श्रमजीवी जनसमुदायहरूको घाँटी निमोठिदियो ।

एकाधिकारी पुँजी राज्य संयन्त्रको सहारा लिएर मजदुरहरूलाई अत्यधिक दमन गर्ने हेतुले फासिस्ट तानाशाही पनि लागू गर्दछन् । राजनीतिक प्रतिक्रयावाद वस्तुतः एकाधिकारी पुँजीवादी अर्थव्यवस्थाको नै एउटा स्वाभाविक प्रतिबिम्बन हो । फासिस्ट तानाशाही लागू गर्ने वर्गबाट साम्राज्यवाद प्रतिक्रियावादी सरकारी संयन्त्रलाई भयानक हदसम्म विस्तारित गर्दछ । संयुक्त राज्य अमेरिकाको नै उदाहरण लिऊँ जहाँ हरेक बीसजनामा एकजना प्रतिक्रियावादी राज्य मेसिनरीको कर्मचारी हुने गर्दछ ।

एकाधिकारी वर्गद्वारा गरिने निर्मम आर्थिक शोषण र राजनीतिक दमनले सर्वहारा वर्ग र बुर्जुवा वर्गबीचका अन्तरविरोधलाई झनै तीव्र बनाउने गर्दछ । यद्यपि उत्पीडन जति नै बढ्दै जान्छ त्यसको प्रतिरोध त्यति नै बढ्दै जान्छ । त्यसकारण सर्वहारा वर्ग र श्रमजीवी जनसमुदायहरूका लाखौँ मानिसहरू दैनिक उठिरहेका छन् र यो पुँजीवादी व्यवस्थाका विरुद्ध लगातार क्रान्तिकारी सङ्घर्ष छेडिरहेका छन् ।

द्वितीय विश्वयुद्धपछि नै विशेष रूपमा हालैका वर्षहरूमा सशक्त र जनव्यापी मजदुर आन्दोलन अस्तित्वमा आएका छन् । साम्राज्यवादका विरुद्धको सङ्घर्ष प्रचण्ड हुँदै गएको छ । अमेरिकाको स्पष्टतः कम गरेर प्रस्तुत गरिएका सरकारी तथ्याङ्कहरूका अनुसार पनि १९७० मा अमेरिकी मजदुरहरूले ५,६०० पटक हडतालहरू गरे जसमा ३३ लाख मजदुरहरूले भाग लिए । १९७१ मा ५ लाख टेलिफोन मजदुरहरूका राष्ट्रव्यापी हडतालहरू भए र यसै वर्ष १६ लाख रेलवे मजदुर हरूको सङ्घर्षको नारा थियो ः “(आक्रामक) युद्ध बन्द गर, गरिबी अन्त्य गर, उत्पीडन बन्द गर ।” उनीहरूले आर्थिक सङ्घर्षलाई राजनीतिक सङ्घर्षका साथ धेरैभन्दा धेरै जोड्ने कोसिस गरे । ब्रिटेनको सरकारी तथ्याङ्कअनुसार (ती पनि कम गरेर प्रस्तुत गरिएका छन् १९७० मा ३,८८८ हडतालहरू भए जसमा १६.५ लाख मजदुरहरूले भाग लिए । १९७१ मा ब्रिटेनमा यी हडतालहरूका कारण १३.५ कार्यदिवस नष्ट भए । जापानी मजदुर वर्गका क्रान्तिकारी सङ्घर्ष पनि तीव्र हुँदै गएका छन् । जापान सरकारको तथ्याङ्कअनुसार तथाकथित “श्रम पुँजी विवादहरू” (वस्तुतः मजदुर र पुँजीपति वर्गका बीचका सङ्घर्षहरू) को सङ्ख्या जुन १९५५ मा १,३४५ थिए बढेर १९६९ मा ५,२८३ हुन गए । यो वृद्धिदर २.९ गुणा थियो । यसै अवधिमा त्यसमा भाग लिनेहरूको सङ्ख्या लगभग तीन गुनाले बढ्न गयो, अर्थात् ३७.४८ लाखबाट बढेर १ करोड ४४८३ लाख हुन गयो ।

मजदुर आन्दोलनहरूको यो उछाल साम्राज्यवादका महत्वपूर्ण अङ्गको विद्रोह हो । यसबाट पुँजीवादी आर्थिक र राजनीतिक सङ्कट झनै तीव्र हुँदै गइरहेका छन् जसले एकाधिकारी पुँजीको शासनलाई निरन्तर गम्भीर झट्का दिइरहेको छ । अव साम्राज्यवादको भविष्य अत्यधिक अनिश्चित हुँदै गइरहेको छ ।

साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूका बीचको अन्तरविरोध बढ्दै गइरहेको छ ।

“बारुद र तरबारको जोडमा उपनिवेशहरूमाथि कब्जा गरियो ।”१० उपनिवेशहरू र अर्धउपनिवेशहरूमाथि जबरजस्ती कब्जा गरिसकेपछि साम्राज्यवाद निर्ममतापूर्वक ती क्षेत्रहरूको शोषण र अधिनीकरण गर्दछ । आफ्नो राजनीतिक प्रभुत्व कायम गर्ने गर्जबाट त्यसले आफ्ना कठपुतली राज्यसत्ताहरूलाई समर्थन गर्दछ, सशस्त्र सेनाहरू तैनाथ गर्दछ र सैनिक ब्यारेकहरू स्थापित गर्दछ । आफ्ना आर्थिक शोषणहरूलाई सुगम बनाउनका निम्ति व्यापारिक बन्दरगाहहरू जबरजस्ती खुलाउने गर्दछ, आयातनिर्यात कर र विदेशी व्यापारमाथि नियन्त्रण कायम गर्दछ, …. र वित्तमाथि एकाधिकार जमाउँछ तथा जोरजबर्जस्ती गरेर अन्य देशहरूभित्र खानी उत्खनन गरेर कारखाना चलाउने, जलमार्गहरूमा नौका जहाज गर्ने अधिकार हासिल गर्दछ ।
स्रोत : राजनीतिक अर्थशास्त्रको मूलभूत सिद्धान्त खण्ड १, द साङ्घाई टेक्स्ट बुक अफ द पोलिटिकल इकोनोमी ।

२०७६ साउन १९ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :