सागरमाथामा आवधिक समीक्षा र प्रशिक्षण सम्पन्न

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टीद्वारा माघ १ गतेदेखि देशव्यापी सञ्चालित ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ु सगरमाथा ब्युरोमा उदयपुर जिल्लाको चुरे पर्वत शृङ्खला महाभारतको पखेरामा सञ्चालित छ । उक्त अभियान एक महिना भएको सन्दर्भमा आवधिक सिंहावलोकन (समीक्षा) फागुन ५ गते बेलका न.पा. ५, खारखोलामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि तथा पार्टीका पूर्र्वी कमान्ड इन्चार्ज अनिल विरहीले ‘सामाजिक दलाल व्यवस्थाको कारण देश राजनीतिक–आर्थिक सङ्कटमा फस्दै गएको, राष्ट्रिय अस्मितामाथि खेलबाड भएको’ बताएका छन् । उनले सगरमाथामा सञ्चालित अभियानका अभियन्ताहरूलाई देशको राजनीतिक सङ्कटलाई संसदीय व्यवस्थाकै सङ्कटु का रूपमा अथ्र्याउँदै वैज्ञानिक समाजवादी क्रान्तिको विकल्प अनिवार्य भएको जिकिर गरेका थिए । उनले सागरमाथा र कोसी अञ्चलका लाखौँ जनताको उठीबास गराएर, तराईलाई भयानक जोखिममा पारेर दलाल सत्ता टिकाउन दिल्लीको आशीर्वाद प्राप्त गर्न प्रस्तावित कोसी उच्चबाँध बनाउन नदिने घोषणा गरे । अभियानका कमान्डर तथा केन्द्रीय सदस्य अमर झाँक्रीले क्रान्ति विज्ञान हो तर व्यक्तिले मात्र जित्न सकिन्न । जनशक्ति र दृढ मनोबल पनि आवश्यक हुन्छ । त्यसैले क्रान्ति भनेको कला पनि हो । अभियान क्रान्ति गर्ने कला होू भनेका थिए । उक्त कार्यक्रममा पार्टीका अर्का केन्द्रीय सदस्य निर्मलले ूदेशको वस्तुगत आवस्था क्रान्तिका लागि अनुकूल बन्दै गएको कारण आत्मगत तयारी गर्ने अभियान सञ्चालन गरिएकोू बताएका थिए । अभियान असफल पार्न प्रशासनले पटकपटक आफ्ना कार्यकर्ता गिरफ्तार गरेको घटनाप्रति सबैजसो वक्ताहरूले आक्रोश पोखेका थिए । कार्यक्रममा नेता शैलेश, भोजपुर जिल्ला इन्चार्ज ज्ञानु, प्रेम, भोजबहादुर, सुमत, किरण विष्ट, केशव, दीपक (झापा) तिलक लामा (धनुषा), दुर्गा (मोरङ), अखिल (ताप्लेजुङ), अशोक (मोरङ), पूर्ण लामा, डीबी, शङ्कर (नुवाकोट), जितबहादुर, अभिषेक, मीनराज गिरी (कैलाली), नवीन, सुप्रिम, श्याम, प्रशान्तलगायतले आफ्नो कार्यक्षेत्रको प्रगतिविवरण (रिपोर्टिङ) प्रस्तुत गरेका थिए ।

अभियन्ताहरूले ठूलो आर्थिक सङ्कट र सरकारी दमनका बीच दृढ मनोबल र इच्छाशक्तिले अभियान सञ्चालन गरिरहेका छन् । लामो समय जेल बसेका जेलमा हातको घडी बेचेर खर्च टारेका वैद्यसँग विद्रोह गरेर पार्टी निर्माण गर्दा उदयपुरमा संस्थापक (पहिलो पहलकर्ता) समेत रहेका बाबुराम सुवेदीले पार्टीमा आफ्नो अथाह पीडा र समस्या कहिल्यै नराखेको सन्दर्भ प्रशान्तले राखेका थिए । कार्यक्रममा शैलेशले क्रान्तिका ५ आधारलाई ४ सङ्गगठनात्मक इलाकासँग जोड्न अभियान सञ्चालन गरिएको बताएका थिए । कार्यक्रमको अध्यक्षता अभियान टोलीका प्रमुख अमर झाँकी र सञ्चालन सगरमाथा ब्युरोका वरिष्ठ सदस्य तथा कार्यालय सचिवसमेत रहेका शैलेशले गरेका थिए । टोलीले ८ हजार पर्चा, ४ सय रातो खबर साप्ताहिक वितरण गरेको समाचार छ ।

२०७५ फाग्रन ७ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :