सागमा सहभागी गराइने खेलाडी छनोट अन्यायपूर्ण

काठमाडौँ : नेपालमा हुन लागेको १३ औँ  दक्षिणएसियाली खेलकुद (साग)का लागि नेपालका खेलाडी छनौट प्रक्रिया अन्यायपुर्ण भएको अखिल नेपाल गणतान्त्रिक खेलकुद महासंघले आपत्ति जनाएको छ । सागमा छनौट गरिने खेलाडीहरु मनोमानी छनौट गर्न लागेपछि महासंघले आपत्ति जनाएको छ । उक्त विषयलाई लिएर नेपाल गणतान्त्रिक महासंघले मंगलबार राष्टिय खेलकुद परिषद र भलिबल संघको ध्यानाकर्षण गराएको छ । 

महासंघका केन्द्रीय महासचिव विनोद चन्दले साग च्याम्पीयन गेमका लागि महिला भविबलतिरका खेलाडी छनौटको तरिका अन्यायपूर्ण भएको भन्दै उक्त निर्णय नसच्चाए संर्घषका कार्यक्रम समेत घोषणा गर्ने बताए । उनले टिमका कप्तान बिनीता बुढाथोकी र उपकप्तान मन्जु गुरुङलगायतको टिमकालाई समावेश नगरि गरिएको खेलाडि छनौट प्रक्रिया निकै अन्यापूर्ण रहेको पनि बताए । 

सम्बन्धित पक्षको ध्यानाकर्षण गराएपछि महासंघका महासचिव चन्दले भने,‘ अरुतिर धेरै विवाद भएको छैन तर महिला भलिबलमा खेलाडि चयन गर्दा नेपाल भलिबल संघले विभिन्न बाहाना बनाएर यस अघि अन्तर्राष्ट्रिय अनुभव भएका सिनियर खेलाडिहरुलाई छनौट नगरेर मनोमानी ढंगले छनौट गरेकोले हामीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौँ ।’

राष्ट्रिय खेलकुद महासंघ राखेपले पाचौँ देखि सातौँ राष्ट्रिय खेलकुदमा सहभागी, भएका, राखेप च्याम्पीयनसिपका पदक विजेता, महासंघले आयोजना गरेको आधिकारीक राष्ट्रिय प्रतियोगिताका पदम विजेता र सिनियर खेलाडिले खेल्ने अवसर पाउने मापदण्ड बनाएको भएपनि भलिबल संघले मनोमानी ढंगले खेलाडि छनौट गर्न लागेको हो ।

२०७६ साउन १६ गते बिहीबार प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :